म हेरी रहेछु …..

  • रन्जुमार्ग

ranju-acharya-009089

म हेरी रहेछु – त्यो  घामलाई

को बोकी  आउँछ  भनेर

म सोधी रहेछु – ती  रामलाई

कसले उज्यालो  ल्याउँछ   भनेर !

 

रुँदै छिन् आमा, हिउँ जमेर

बग्दै छिन् आमा, आँशु बनेर

म हेरी रहेछु – त्यो जुनलाई

को बोकी  आउँछ  भनेर

म सोधी रहेछु – ती मनलाई

कसले  उज्यालो ल्याउँछ  भनेर !!

 

दुख्दै छिन् आमा ,अचानो भएर

सहदै छिन् आमा , बिष पिएर

म हेरी रहेछु – त्यो तारालाई

को बोकी  आउँछ भनेर

म सोधी रहेछु  जग सारालाई

-कसले उज्यालो  ल्याउँछ   भनेर !!

[ यो रचना तिनै हाम्रा साना बालबालिकाहरुलाई  समर्पित्  छ ,जो आशा र प्रश्न  गरिरहेछन् आजका पुस्ताहरुसंग  ]

 

तपाइँको प्रतिक्रिया