नेपालका ट्यांकर चिनतिर

tankers

चिनसित इन्धन संझौता भएपछि पनि भारतीय दबाबमा नेपाल सरकारले चिनबाट इन्धन ल्याउन खुट्टा कमाउँछ की भन्ने धुकचुक थियो । तर आज बिहानै नेपाल आयल निगमका ट्यांकरहरु चिनबाट तेल ल्याउन हिँडेपछि त्यो धुकचुकी मेटिएको छ ।

चीनबाट ति ट्यांकरले एक लाख ३० हजार लिटरभन्दा बढी पेट्रोल ल्याउने छन् ।  तिनले केरुङ नाकाबाट ल्याउने हुन् । नेपाल र चिनबिच इन्धन संझौता भएपछि पहिलो पटक चिनबाट इन्धन ल्याउन लागेकाले होला नेपालका ट्यांकर लिएर नेपाल आयल निगमका निर्देशक दीपक बराल र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि पनि सँगै हिँडेका हुन् ।

चीन सरकारले शनिबार एक सय टन इन्धन लिन १२ ट्यांकर केरुङमा पुर्‍याउनु भनेर बताएको थियो । त्यसै अनुरुप आज नेपाली ट्यांकर केरुङ नाकातिर हिँडेका हुन् । ति ट्यांकर काठमाडौं त्रिशुली बजार देखि रसुवागढी हुँदै केरुङ पुग्ने हुन् । त्यसको एक सय ७२ किलोमिटर छ । ति ट्यांकरले भोली बिहान केरुङ नाका पुगेर तेल भरेर नेपाल आउने छन् । अब चिनबाट इन्धन आ उने भएपछि नेपालको इन्धन बजारमा लामो समयदेखि रहेको भारतको एकाधिकार अन्त्य हुने छ ।

तपाइँको प्रतिक्रिया