पुस्तक ननिस्कँदै मेडियामा चर्चा शुरु

45678945

     

 (आज नयाँ पत्रिका दैनिकको मुख्य समाचारमा छापिएको तस्बिर हो यो)

साथीहरु मेरो पुस्तकको अन्तिम तयारि स्वरुप सम्पादन र ऐतिहासिक तथ्य, तथ्यांक र फोटोहरु खोज्ने र छान्ने काम भइरहेको छ । पुस्तक प्रकाशन हुन अझै कम्तिमा दुई महिना लाग्छ नेपाली संस्करण । फ्रान्सेली संस्करण त झन निकै समय लाग्ला । तर खुशिको कुरा पुस्तकको चर्चा भने मेडियामा शुरु भैसक्यो । दोस्रो पुस्तक लेख्न थाल्दा मलाई एउटा डर थियो-मेरो पहिलो पुस्तक पन्छी जगत जत्तिकै लोकप्रिय भैदिएन भने म लेखनको क्षेत्रमा असफल हुन्छु कि भन्ने । तर अहिले पुस्तक सकिनै लाग्दा खुशि लागेको छ । साहस बढेको छ । झन् पुस्तक निस्कनु अघिनै मेडियाले चासो दिएपछि पुस्तक सफल हुन्छ भन्नेमा अलि निर्धक्क भइनेरहेछ । आज नयाँ पत्रिका दैनिकमा मेरै पुस्तकको सामाग्रिका आधारमा प्रमुख समाचार छापिएको छ हो मैले सगरमाथामा हेलिकोप्टर टेकाएकै हुँशिर्षकमा । त्यो मुख्य समाचार पेरिसबाट ददिराम सापकोटा र काठमाडौंबाट उमेश चौहानको नाममा छ

 

ery3456

(यो तस्बिरपनि आजकै नयाँ पत्रिका दैनिकको मध्य प्रिष्ठमा छापिएको छ जसमा मेरो प्रकाशोन्मुख पुस्तकको एक अंश साभार गरिएको छ)

मुख्य समाचार सँगै मध्य प्रिष्ठमा फेरि ‘सगरमाथा शिखरमा हेलिकोप्टर’ शिर्षकमा पुस्तकको एक अंश राखिएको छ । त्यसमा हेलिकोप्टर लगेर सगरमाथा शिखरमा अड्याउने पाइलट डिडिए देल्सालको अनुभव छ जुन मैले लिएको प्रत्यक्ष अन्तर्वार्ताको अंश हो । अचम्म के छ भने फ्रान्सेली पाईलोट डिडिए देल्सालले सगरमाथामा लगेर हेलिकोप्टर अड्याएकै होइन भनिरहेका छन् नेपाली लाचार अधिकारीहरुले । तर नयाँ पत्रिकामा सगरमाथाकोको शिखरलाई हेलिकोप्टरको स्केटले चुमिरहेको फोटो समेत छ । त्यसो फोटोलाईपनि होइन भन्न सक्लान नेपाली अधिकारीहरुले ? वास्तबिकता के भने ग्रिह, नागरिक उड्डयन र नेपाली दुतावासबाट पाएको पत्र र स्विक्रितिको प्रमाण समेत म सित सुरक्षित छ । पुस्तकमा ति सबै प्रमाण सहित आएपछि के भन्लान ति लाचारहरुले ?

 

मलाई खुशि लागेको के भने पुस्तक प्रकाशित हुनु अघिनै यसरि राष्ट्रिय दैनिकमा मेरो पुस्तकको सामाग्रि मुख्य समाचार बन्नाले पुस्तकको लोकप्रियता, चाख र चासो पक्कै बढाउने छ । कान्तिपुर पछि सबैभन्दा बढि लोकप्रिय मानिने नयाँ पत्रिका दैनिकको मुख्य समाचार बन्नु मेरो पुस्तकको सफलताको संकेत पनि हो भन्ने मलाई लाग्छ ।

 

नयाँ पत्रिकाको मुख्य समाचार र पुस्तकको अंश तल क्लिक गरेर हेर्नुस-

हो मैले सगरमाथामा हेलिकोप्टर टेकाएकै हुँ‘  

‘सगरमाथा शिखरमा हेलिकोप्टर’

यहि विषयसँग संबन्धित भिडियो ब्लग र अघिल्ला रिपोर्ट पनि हेर्नुस-

सगरमाथाको टुप्पैमा हेलिकोप्टर अवतरण

सगरमाथामा हेलिकोप्टर, यि प्रमाणले के भन्छन् ?

तपाइँको प्रतिक्रिया