मतदाता नामावलीमै षडयन्त्र, एन आर एन स्विजरल्याण्डका सदस्यहरुको नेपालमै लफडा
आआफ्ना छानिएका, मनले खाएकाहरुलाई भोट हाल्ने, यहि मेसोमा दशैं मनाउने र नेपालको झल्को मेट्ने भनेर गए, धेरै नेपाली स्विजरल्याण्डबाट नेपाल । तर उता पुगेपछि त्यहिँ नेपालीहरुबिच लफडा भएको छ । बादबिवाद परेको छ । एन आर एन स्विजरल्याण्डबाट मतदानमा सामेल हुन चाहेका सबैलाई नसमेटेर एन आर एन स्विजरल्याण्डका नवनियुक्त अध्यक्ष हिराबल गुरुङले आफ्ना पक्षको नाम लेखाउने अर्को पक्षकाको नाम मेटाउने, वा संलग्न नगरेको, आफूले चाहेकालाई मतदान नगर्नेलाई मतदानबाटै बन्चित गर्न नसमेटेर षडयन्त्र गरेको भन्दै काठमाडौंमै बिबाद चर्केको हो । यो बिबादको लर्को तानिँदै स्विजरल्याण्डसम्म फैलिएको छ । यसमा नेपाल जाने टिमको नेत्रित्व एन आर एन स्विसका उपाध्यक्ष सिमा गौतमको रहेको समितिकै ब्यक्तिहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।
एन आर एन विश्व सम्मेलनमा मतदान गर्न भनेर उपस्थितहरुको नामावली हेर्दा नदेखिएपछि स्विस नेपाल डट कमका सञ्चालक निराजन श्रेष्ठले काठमाडौंबाटै हिराबल गुरुङलाई फोन गरेर चुनौति दिएका छन् ‘यो सबै तपाईहरुको षडयन्त्र हो हामीहरुको नाम नसमेट्ने । अब यसको भण्डाफोर गरिन्छ ।
उनले यति भनेपछि हिराबल गुरुङले हत्त न पत्त आफ्नो फेसबूकमा ‘काठमाडौंमा सम्मेलनमा भाग लिन जाने मध्ये कसैकसैको नाम छुटेकोपनि हुन सक्छ, उपाध्यक्ष सिमा गौतमलाई सम्पर्क गर्नुहोला’ भन्दै लेखेका छन् फेसबूकमा ।’ षडयन्त्र गरिसकेपछि यो स्टाटस बच्नका लागि मात्रै रचेको श्रेष्ठको भनाई छ । एन आर एनको आधिकारिक सुझाव र जानकारि फेसबूकमै मात्रै लेखिदिएर पुग्दैन । सबै सदस्य हिराबलका फेसबुके साथी नहुनपनि सक्छन् र सबैले फेसबूक हेर्नै पर्ने भन्नेपनि हुन्न।
स्विसमा रहेका सम्पूर्ण संघ संस्था, समाज लगायत नेपालीहरुलाई एकै थलोमा राखेर अघि बढ्ने आस्वाशन आफूले अध्यक्षमा जितेपछि दिएका थिए, हिराबल गुरुङले । तर एन आर एन विश्व सम्मेलनमै गुरुङले स्वछ मनले समाज सेवा गर्ने नभई गैह्र आवासीय नेपाली संघ स्विजरल्याण्डलाई आफ्नो पकडमा पारि राजनीति गर्न सुरु गरेको देखिन आएको निराजन श्रेष्ठले स्विस नेपाल डटकमा हाकाहाकी उल्लेख गरिदिएका छन् ।
काठमाडौंबाट निराजन श्रेष्ठले टेलिफोनमा दिएको जानकारि अनुसार गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सातौँ विश्व सम्मेलन हिजो अक्टोबर १४ देखि काठमाण्डौंमा चलेको छ । १७ सम्म चल्ने छ । त्यसमा भाग लिन जाने ईच्छुक सदस्यहरूले सेप्टेम्बर १३ भित्र नामावली पठाईसक्नुपर्ने भनि गैर-आवासीय नेपाली संघ स्विजरल्याण्डले आह्वान गरेको थियो । त्यसपछि विश्व सम्मेलनमा भाग लिन ईच्छुक सदस्यहरूको नामावली ३९ पुगेको थियो । तर एन आर एन ए स्विसमा ३१३ जनाले सदस्यता लिएका छन् । त्यस कारण ३० जनाले मात्र सातौँ विश्व सम्मेलनमा भाग लिन ब्यबस्था छ ।
विश्व सम्मेलनमा भाग लिन ईच्छुक सदस्यहरूको नामावली ३९ पुगेपनि सम्पूर्ण नामावली गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सातौँ विश्व सम्मेलनको निर्वाचनलाइ पठाई जो जो उपस्थित हुन्छन उनीहरुले भाग लिन पाउने ब्यबस्था बनाउनुपर्ने एन आर एन ए स्विसको कार्यसमितिले गर्नुपर्ने थियो । तर त्यसो नगरी अध्यक्ष हिराबल गुरुङले आफुलाई मन पर्ने, सहयोग गर्ने र आफ्नो पकडका व्यक्तिहरुको नामावली मात्र पठाएको देखिएको छ । कार्य समितिमा छलफल नगर्नुलेपनि गुरुङ, उनका पक्षका अन्य र काठमाडौं जानेको नेत्रित्व गर्ने उपाध्यक्ष सिमा गौतममाथि आरोप लगाएर पन्छिन खोजेको देखिन्छ । यसबारे सिमा गौतमको प्रतिक्रिया आएको छैन ।
यसपछि सामाजिक सञ्जालमा कसले के भन्यो हेर्नुस्
- सरोजराज घिमिरे
What do you expect from them ? I never argued when dog shits in the street !
- श्याम घले (एन आर एन स्विसका उपाध्यक्ष)
म ब्यक्तिगत रुपमा धेरै क्षमाप्राथि छु यस्ता महत्वपूर्ण कार्यप्रति हुन गएको महाभुल प्रति । म आफैंलाइ थाहा नहुँदा । तर यस कार्यको सम्पुर्ण जिम्मा हालको एन आर एन ए स्विसको महासचिब र अध्यक्षज्यूले लिनु भएको र अहिले हुँदै गरेको नेपाल सम्मेलनको स्विस नेत्रित्व उपाध्यक्ष सिमा गौतमजिले गर्नु भएको हुँदा यसको आधिकारिक सम्पूर्ण कार्यको जिम्मा उहाँहरु त्न जनाले नै लिनुपर्ने छ।
- प्रेम प्रसाद सापकोटा (एन आर एन स्विसका कार्यकारी सदस्य)
एन आर एनको विश्वसम्मेलनमा स्विसबाट कसकसलाइ पठाउने भन्ने बारेमा हाम्रो पहिलो बैठकमा छलफल र निर्णय भएको थिएन । नाम लिस्ट पठाउन अध्यक्ष र महासचिवले पठाउनु भएको हो अथवा कोही विशेष ब्यक्तीहरूको सुझावमा पठाउनु भएको हो जवाफदेही उहाँहरू नै हो ।
- बिजय शर्मा दर्पण(एन आर एन स्विसका कार्यकारी सदस्य)
निबर्तमान एन आर एन स्विजरल्याण्डका अध्यक्ष धर्म गुरुङको नाम मतदान लिस्टबाट कसरि हट्यो त ?
मेरो ३ विचार
१, वर्तमान कार्यसमितिको लापरबाही भन्यो भने अधिकांस सदस्यहरुलाई यो कुरा नै थाहा छैन । यसैले नामावली कार्यसमितिको बैठक बसेर बनाईएको होइन । कुनै कोठे बैठक हुन सक्छ ।
२,वर्तमान अध्यक्षले एकलौटी चलाउन खोजेका भन्ने कुरा पनि आउन सक्छ ।
३, युरोप सह संयोजकको लागि उम्मेदवारी दिएका जर्मनका दावा शेर्पा निकट मानिने गुरुङ लाई चलखेल गरेर आफ्नैले हटाएको पनि हुन सक्छ ।
- संजय मुडभरी (एन आर एन स्विजरल्याण्डका संस्थापक अध्यक्ष)
Incompetence can not be explained ! The responsible people will have to beg pardon in public!




