ओलीको नेपाली रेस्टुरेन्टले फेरि जित्यो फ्रान्समा पुरस्कार
नेपालीहरु जहाँ जहाँ फैलिए त्यहाँ अब्बल बनेर निस्किँदै छन् भन्ने उदाहरण रबिन शर्मा ओलीले देखाएका छन् । चितवन भण्डाराका ओली फ्रान्स आएर धेरै संघर्ष गरे । रेस्टुरेन्टहरुमा काम गरे । सिके । दुख सँगै अनुभव लिए । त्यसपछि धेरै जोखिम उठाएर आफ्नै लगानीमा नेपाली र भारतीय खानाको रेस्टुरेन्ट खोले । त्यसलाई उकालो लगाउनपनि उनले केहि वर्ष रात र दिन नभनी खटे । मेहनत गरे के हुँदैन ? ओलीले त्यसलाई साबित गरिदिएका छन् । आज फ्रान्सको एसोन क्षेत्रमा भएको विश्वभरिका बिदेशी खानाका रेस्टुरेन्टहरु मध्येनै पहिलो भएर ओलीको रेस्टुरेन्ट ‘ल जार्दाँ दिमालया’ सर्बोत्क्रिष्ठ ठहरिँदै पुरष्कार जितेको छ । विश्वभरिकै खान बनाउने हजारौं रेस्टुरेन्टहरुलाई उछिन्दै उनको र्स्टुरेन्ट पहिलो ठहरिएको हो ।
क्षेत्रिय स्तरबाट फ्रान्समा आआफ्ना देशका खाना बनाउने रेस्टुरेन्टहरुको खाना, सेवा, पहिरन, स्वागत लगायतका विषयमा जुरीले परिक्षा लिने गर्छ । तिन तहका परिक्षणमा पहिलो रेस्टुरेन्टमा खान आउने ग्राहकबाट गोप्य तरिकाले जाँच लिने गरिन्छ ।
दोस्रो तहको परिक्षणमा पाकबिज्ञहरु, परिक्षणकर्ताहरु रेस्टुरेन्ट संचालकलाई जानकारि नदिईकनै छापामार शैलीमा आएर जाँचबुझ गर्ने, परिक्षण गर्ने गर्छन् ।
(जुरीका निर्णयकर्तासित पुरस्कार लिँदै ओली)
तेस्रोमा त्यस्ता विशेषज्ञहरुले ग्राहकका रुपमा रेस्टुरेन्टमै आएर गोप्य तरिकाले खाना खाएर जान्छन् । यि सबै परिक्षामा सबोत्क्रिष्ठ हुनेले यो पुरस्कार जित्ने गर्छ । यि सबै परिक्षणमा ओलीको रेस्टुरेन्ट सर्बोत्क्रिष्ठ भएको हो । आज जुरीले चेम्बर अफ कमर्शको विशाल हलमा निर्णय सुनाउन जाँदा सयौं मानिसहरु थिए । त्यहाँ मेयर, बिभिन्न पार्टीका उच्च नेता, समाजसेवी, ब्यापारी, कलाकार, पाकबिशेषज्ञहरुको भिड थियो । उनको रेस्टुरेन्ट सर्बोत्क्रिष्ठ भएको नाम घोषणा गरिएपछि उनका मित्रहरु खुशिले उफ्रिएका थिए । अहिले उनलाई बधाई दिने फ्रान्सेली र नेपालीहरुको ओईरो लागेको छ ।
फ्रान्सका प्रधानमन्त्री मेनुअल भाल कुनै बेला उनको रेस्टुरेन्टका सदाबहार ग्राहक थिए । भालपनि रबिनको रेस्टुरेन्ट भएकै ठाउँका हुन् । भाल यो रेस्टुरेन्टका प्रशंसक हुन् । आफ्नो नगरपालिकामा कार्यक्रम हुँदा र आफू उपस्थित हुने कार्यक्रममा रबिन शर्मालाइपनि निम्तो दिने गर्छन् ।
(पुरस्कार जित्ने रेस्टुरेन्ट यहि हो)
यसरि सत्बोत्क्रिष्ठ ठहरिएको रेस्टुरेन्मा खाना खानेहरुको भिड लाग्छ र ग्राहकहरुमा खाना र सेवाको स्तरको विश्वास हुन्छ । उनकै अर्को नेपाली रेस्टुरेन्ट ‘ल समाँ दिमालय’ ले यस अघि यस्तै पुरस्कार दुई पटक जितिसकेको छ । उनको ल जार्दाँ दिमालय नयाँ रेस्टुरेन्ट हो र यसले पहिलो पटक जितेको हो ।
आज पुरस्कार थापेपछि ओलीले भाबुक हुँदै नेपालप्लससित भने ‘सयौं रेस्टुरेन्टमा प्रतिस्पर्धा गरेको । पहिले जितेपनि सधैं के जितिएला र भन्ने लागेको थियो । एक्कासि मेरै रेस्टुरेन्ट फस्ट भनेर जुरीको निर्णय सुन्दा छक्क परें । मेहनत र दुखको फलको कदर जतापनि हुने रैछ । यसमा मेरो रेस्टुरेन्टलाई आफ्नै ठानेर काम गर्ने नेपाली कामदार दाजुभाईकोपनि उत्तिकै हात छ, मेरो मात्रै होइन ।’ उनले आफ्नो मेहनतले फ्रान्समा नेपाली खाना, नेपाली संस्क्रिति र नेपालबारेपनि प्रचार गर्न सहयोग मिलेको बताए ।







