जर्मनीको भारतीय कन्सुलेट अगाडि गरे नेपालीले नाकाबन्दि बिरुद्द प्रदर्शन
भारतले नेपालमा गरेको अघोषित नाकाबन्दी र भारतले नेपालको आन्तरिक मामिलामा हस्तेक्षेप गरिरहेकोमा त्यसको बिरोध गर्दै जर्मनीको मुय्ख्य शहर फ्र्यान्क्फोर्टस्थित भारतीय कन्सुलेट अघाडि हिजो नेपालीहरुले बिरोध तथा धर्ना दिएका छन् ।
एनआरएन जर्मनीको संयोजनमा जर्मनीमा सक्रिय विभिन्न नेपाली राजनैतिक पार्टिका भात्री संगठनहरु र अन्य सामाजिक संस्थाहरुले उक्त बिरोध तथा धर्ना कार्यक्रम आयोजना गरेका थिए । बिरोध कार्यक्रममा एनआरएनएन जर्मनीका अद्यक्ष नब राज रोस्यारा र नेपाली जन प्रगतिशील मंचका अध्यक्ष सागर पोख्रेलले आफ्नो मन्तब्य राख्दै भारतीय पक्ष समक्ष नेपालको पारवहन अधिकारको सम्मान गर्न र सो सम्बन्धि भारतको द्विपक्षीय तथा बहुपक्षीय कानूनी एवं नैतिक दायित्व स्मरण गर्न आग्रह गरेका थिए ।
भारतीय कन्सुलेटका अधिकारिहरुलाई बुझाइएको बिरोधपत्रमा भनिएको छ “हामी जर्मनीवासी नेपाली तथा नेपालका मित्रहरु नेपाल माथिको भारतीय हस्तक्षेपको घोर निन्दा गर्दै तुरुन्त सम्पुर्ण वस्तुहरुको निर्वाध आवत जावतलाई सुचारु गराउन तथा नेपाल र नेपालीसंग मित्रतापूर्ण सम्बन्ध स्थापित गराउन भारतीय सरकारसँग जोडदार माग गर्दछौं ।” अन्तराष्ट्रिय कलाकार मंच जर्मनीले बिरोध कार्यक्रममा मादल र बासुरीको धुनमा गीत गाएर भारतीय सरकारको अबैधानिक नाकाबन्दीको बिरोध गरेको थियो ।
(तस्विर-नवराज रोस्यारा)






