भारतीय नाकाबन्दि बिरुद्द बेलायतस्थित भारतीय हाई कमिशन कार्यलयमापनि प्रदर्शन

  • रोशन मेवाहाङ्ग / बेलायत

unnamed (1)

भारतले नेपालबिरुद्द गरेको  नाकाबन्दि बिरुद्द बेलायतस्थित भारतीय हाई कमिशन कार्यलयमापनि प्रदर्शन गरिएको छ । एन आर एन बेलायतको अगुवाईमा हिजो ज्ञपनपत्र दिँदा प्रदर्शनसमेत गरिएको हो । भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै हाई कमिशन कार्यलयमा ध्यानाकर्शणपत्रपनि बुझाएको छ । 

नेपाली समय अनुसार हिजो बुधबार विहान एनआरएन बेलायतका अध्यक्ष मुछेन्द्र गुरुङको नेतृत्वमा गएको टोलिले बेलायतका लागि भारतीय राजदूत रञ्जन मथाईलाई ध्यानाकर्शणपत्र बुझाएका हुन् । अल्डवीस्थित भारतीय हाई कमिशनको कार्यालय पुगेर एनआरएन बेलायतका प्रतिनिधिहरुले अघोषित नकाबन्दी तत्काल खुलाउन आग्रहसमेत गरेका थिए ।

unnamed (2)

ज्ञापन पत्रमा नाकावन्दीपछि नेपालमा जनजीवन अस्तव्यस्त भएको जनाउदै पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत अत्यावश्यक बस्तुको आपुर्ति सुचारु गर्न भारतसँग माग गरिएको छ । नाकाबन्दीले नेपाल र भारतबीचको कुटनीतिक सम्बन्धलाई नै असर पर्ने उल्लेख गर्दै पत्रमा ‘कुनै राजनीतिक समस्या भए दुई सार्वभौम मुलकले कुटनीतिक माध्यमबाट’ समाधान गर्नु सुझाब दिईएको छ ।

unnamed

भारतको नाकाबन्दीको कारण नेपालका सर्बसाधारणहरुको जीवन कष्टकर बनेको, औषधी, इन्धनलगायत अत्यावश्यक समानहरुको अभावले समस्या उत्पन्न भएको उल्लेख गर्दै पत्रमा दुबै देशका जनताको जीवन यापन अप्ठ्यारोमा परेको बताईएको छ । अधिकांश नेपालीले ठूलो चाडको रुपमा मनाउने दशै र तिहार नजिकिँदै गरेको बेला जारी बन्दले नेपालको आर्थिक गतिविधिसमेत प्रभावित भएको पत्रमा उल्लेख गरिएको छ ।

‘हामीलाई लाग्छ, नाकाबन्दी छिमेकीमाथि कुटनीतिक दबाब सिर्जना गर्ने उचति विधि होइन,’ पत्रमा भनिएको छ, ‘कुनै पनि राजनीतिक असहमति वा विरोध राजनीतिक सम्झौता तथा संविधान संसोधनबाट गर्न सकिन्छ ।’

आफूलाई प्रजातान्त्रिक मुलुक भन्न रुचाउने भारतले नाकाबन्दी खोलेर आफ्नो भनाइ सार्थक तुल्याउने विश्वास समेत ज्ञापनमा उल्लेख गरेको छ ।

लामो समयदेखि नेपाल भारत कुटनीतिक सम्बन्ध प्रगाढ रहेको स्मरण गराउदै पत्रमा अन्तराष्ट्रिय कानुन र सन्धी पालना गरेर भारतले अघोषित नाकावन्दी फिर्ता लिने अपेक्षा गरिएको छ । पत्रमा भारतलाई प्रजातान्त्रिक मूल्य मान्यताको पालना गर्न पनि आग्रह गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया