फ्रान्समा छैंठौँ एकता समाज रनिङ्ग कप फुटबल प्रतियोगिता
नेपाली एकता समाज फ्रान्सले छैंठौँ एकता समाज रनिङ्ग कप फुटबल प्रतियोगिता आयोजना गर्यो । २० सेप्टेम्वर २०१५ मा नेपाली राजदुतावास पेरीस फ्रान्सका उपनियोग प्रमुख रामबाबु ढकालको प्रमुख आतित्थ्यम सम्पन्न गरेको हो । उक्त प्रतियोगितामा प्रथम तमु समाज ए र दोस्रो एनआर एन ए फ्रान्स भएका थिए । खेलमा सर्वाधिक गोलकर्ता नन्द गुरूंग भए । उत्कृष्ट खेलाडीमा सुप्रित राना र नव उदयीमान खेलाडीमा ईश्वर गुरूंग थिए । ति सबैलाई सम्मान गरिएको थियो । खेलकोअवधीमा खेलाडीहरुकालागि नेपाली खानाको ब्यवस्था गरिएको थियो ।
नेपाली एकता समाजको यस कार्यक्रमलाइ सफल पार्न सहयोग गर्नुहुने हाम्रा समस्त आर्थिक सहयोगी, खाना, पेय पदार्थ लगायत सबै क्षेत्रमा सहयोग गर्नुहुने महानुभाबहरु र उक्त प्रतियोगितामा उपस्थित हुनुभएका सम्पूर्ण अतिथि एबम दर्शक दाजुभाई तथा दिदि बहिनिहरु लगायत सबैलाइ नेपाली एकता समाज परिवारले हृदयदेखि धेरै धेरै धन्यबाद दिन चाहेको जनाएको छ ।





