बेल्जियमका नेपाली राजदूत अख्तियारको फन्दामा

belgium-ambassador-ram-mani-pokhrel-1178679

  • शेरबहादुर छन्त्याल / बेल्जियम

बेनेलक्सका लागि नेपाली राजदूतावासका राजदूत राममणी पोख्रेल अख्तियारको फन्दामा परेका छन् । अख्तियारले राजदूतलाई अनुसन्धानको क्रममा राखेको छ । आर्थिक अनियमिताको उजुरीको आधारमा राजदूत राममणि पोखरेललाई छानबिनको लागि सम्बन्धित विभागमा पत्राचार गरिसकेको छ । छानबिनको लागि अडिटरको समूह आएर पनि फर्किसकेको दुताबास निकट स्रोतले जनाएको छ ।

बिगत केहि समय अगाडी बेल्जियमको इप्परमा दुताबासले एकतर्फी रुपमा गोर्खाली नेपाली सेनाको स्मरणमा स्मारक निर्माण गरेको थियो । उक्त स्मारक बेल्जियममा बसोबास गर्ने नेपालीहरुको योजनालाई दूतावासले कुल्चेर जबरजस्ती निर्माण गर्दा भत्काएर पुन: निर्माण गर्नुपरेको थियो । त्यस बारेको समाचार यहाँ क्लिक गरेर पढ्नुस् । त्यसका कारण देशको लगानी दोब्बर खर्च भएको स्पष्ट देखिन्छ । नेपाली राजदूतले निर्माण गरेको स्मारक मापदण्ड विपरित निर्माण गरिएकोले कनवेल्थ वारग्रेभ कमिशनले भत्काउनै पर्ने वाध्यात्मक स्थिती बनाईदिएको थियो । कमिशनले पहिला बनाएको स्मारक चर्किएको, कच्चा समान प्रयोग गरिएको र स्थान परिवर्तन गरेर बनाएको हुँदा भत्काएर नयाँ निर्माण गर्न लगाएको हो ।

IPER-MAIN

(फाईल फोटो)

राजदूतले निर्माण गरेको इपरस्थित स्मारकको कुनै हिसाब किताब बेल्जियम र बाह्य संचारमाध्यममा सार्वजनिक गरेको छैन । बेल्जियममै बस्ने नेपालीहरुले राजदुतले अनियमितता गरेको आशंकामा छानबिनको लागि अख्तियारमा उजुरी हालेको दूतावास निकट स्रोतले नै बताएको छ । अब अख्तियारको फन्दामा राजदूत छुट्न नसके उनीमाथि अदालती कारबाही हुने स्रोतले बताएको छ ।

इप्पर स्मारक निर्माण संगै गौतम बुद्धको मूर्ति ल्याउने क्रममापनि उनि विवादास्पद रहेका छन । दूतावास मुर्ति बारेमा कुनैपनि आर्थिक तथा अन्य बिषयमा जानकारी दिन चाहँदैन । स्मारकसँगै मूर्ति प्रकरणमा पनि राजदूत मुछिन सक्ने उनका निकट बताउँछन ।

त्यस्तै, यही डिसेम्बरमा कपिलवस्तु दिवस अभियानले ब्रसेल्समा गर्न लागेको कार्यक्रमममा पनि दूतावासबाट केहि रकम निकासा भएको स्रोत बताउँछ | स्मारकको बरेमा अख्तियारले गर्न लागेको छानबिनसँगै बुद्ध मूर्ति प्रकरण र सम्मेलनको आर्थिक अनियमितताबाट उम्कन नसके राजदूतको अस्त्तित्व पनि समाप्त हुने निश्चित छ ।

तपाइँको प्रतिक्रिया