शिक्षक नियुक्तिमा दलहरुको राजनिति : विध्यार्थीको पढाई अन्योलमा
- गणेश पोखरेल
दिनहुँजसो विध्यार्थी किताबका पाना पल्टाउँदै कक्षा कोठामा शिक्षकको बाटो हेरेर बसिरहन्छन् । साथिसँगको रमाइलो सँगै ४५ मिनेट बित्छ । तर शिक्षक भने आउँदैनन् ।
रुपन्देहिको सालझण्डी १ फच्कापुर स्थीत सालझण्डी माध्यमिक विध्यालयका विध्यार्थीहरुको अवस्था हो यो । गत साउन देखि करिब ४५ दिनसम्मपनि निमाबि तहको निजि स्रोतमा गणित शिक्षक नहुँदा बिद्यार्थीहरुको भबिष्यमाथि नै खेलवाड भएको छ । विध्यालयको सह–प्रधानाध्यापक नियुक्ति तथा शिक्षक छनोट समिती सदस्यका बिषयमा कांग्रेस र एमाले को विवाद हुँदा समस्या देखिएको हो ।
करिब ७ महिना अघि शिक्षक गोबिन्द पौड्यालले राजिनामा दिएपछि उनको ठाउँमा विध्यालयका प्राचार्य खडानन्द घिमिरेका छोरा शिव सागर घिमिरेको छनोट प्रकृया यथार्थ नभएको भन्दै चौतर्फी आलोचना भएपछि बिद्यालय ब्यबथापन समितीले शिब सागर घिमिरेलाई ६ महिनाको लागि मात्र नियुक्ति दिएको थियो । त्यस अनुसार सो समय यही असार मसान्तमा सकियो। त्यस लगत्तै हाल सो बिषयको शिक्षक नियुक्ति गर्न नसक्दा बिद्यार्थीहरु समस्यामा परेका हुन् ।
गणित शिक्षक नै नहुँदा आफुहरुको अध्यनमा ठुलो असर परेको बिद्यार्थिहरु बताउँछन् । ‘भूकम्प गएर १ महिना स्कूल नै गएनौ । अहिले बिद्यालयमा शिक्षक नै हुनुहुन्न । अब हामि गणित जस्तो बिषय शिक्षकको मार्गदर्शन बिना कसरी पढ्न सक्छौ ?’ उनिहरुले भने ‘बिद्यालयमा राजनैतिक प्रभावले हाम्रो भविष्य माथि नै खेलवाड भएको छ ।’ बिद्यार्थीहरुको गुनासो छ । शिक्षक चाहियो भन्दै पटक पटक निबेदन पेश गर्दा समेत आश्वाशन मात्र दिएकाले अब पनि ढिलाइ गरे आफुहरु आन्दोलनका कार्यक्रम तय गर्न बाध्य उनिहरुले बताए ।
बिद्यालयका प्राचार्य खडानन्द घिमिरेका छोरा शिबले यहि असार पछि शिक्षण गर्न छाडेपछि साउन ६ गते बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष हिरालाल पौडेलको संयोजकत्वमा शिक्षक छनोट समिती गठन गरि शिक्षकको आवश्यकता भन्दै ७ दिनको समय राखेर बिज्ञापन निकालियको थियो । सोही अनुसार गोबिन्द भुषाल, शिव सागर घिमिरे र प्रभा पौडेलले निबेदन दिएका थिए ।
शिक्षक छनौट परिक्षाको समयमा राजनैतिक चलखेल भएको भन्दै साउन २३ गते परिक्षा सञ्चालन हुने समयमा परिक्षाका उम्मेदवारहरु गोबिन्द भुषाल र प्रभा पौडेलको हस्ताक्षरमा परिक्षा रोकी पाउ भनि निबेदन पेश गरेपछि हालसम्म परिक्षा सञ्चालन हुन सकेको छैन । जसका कारण शिक्षक छनौट प्रक्रिया अन्योल मै परेको छ ।
फेरी समस्याको निकास दिन भन्दै वडा अध्यक्ष लोकमणी भटराइको संयोजकत्वमा वडा स्तरीय सर्बदलिय क्रियाशिल राजनितीक दल बिद्यालय ब्यवस्थापन समिती, अभिभावक सघं तथा बिभिन्न सघंसस्था गरि ३४ जनाको उपस्थीतीमा बैठक बसि प्रमुख तिन दलका सदस्यहरु नेपाली कांग्रेसका हरिहर थापा, नेकपा एमालेका लोकनारयण थापा तथा नेकपा माओवादीका ज्ञान बा सोमरे र बिषय बिशेषज्ञमा सघं संगठनबाट दुबैको प्रतिनिधी हुने गरी एक एक जना रहने गरी शिक्षक छनोट समिती गठन गर्ने निर्णय गरे । जुन शिक्षा नियममावली बिपरित रहेको छ । यसरी समस्या समाधानका लागि नियम बिपरित शिक्षक छनोट समिती गठन गरेपनि आजका दिनसम्म शिक्षक छनोट गर्नुको साटो पाटिगत भाग बन्डामा लागेको देखिन्छ ।
उता पूर्ब बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष तथा नेकपा एमाले सालझण्डी गाउँ कमिटी इन्चार्ज लोकनारायण थापाले बिद्यालयमा राजनितीक प्रभाब नहुनुपर्नेमा समय परिबेशले प्रभाब परेको स्वीकारेका छन् । बिद्यालयमा एकलौटी तरिकाले पेलेर लैजान खोज्दा यो अबस्था आएको र बिगतको समयमा बिद्यालयमा प्रधानाध्यापक काजमा खटिएको बेला सह प्रध्यानाध्यापक पनि नियुक्त नगरेकाले समस्या खेप्नुपरेको भन्दै शिक्षकको बरिष्टताको आधारमा शिक्षक तारा राना लाई सहप्रधानाध्यापकमा नियुक्ती गरे शिक्षक छनोट पक्रिया चाडै समाधान हुन अध्यक्ष थापाले बताए ।
नेपाली काग्रेसका सालझण्डी गाउ कमिटी इन्चार्ज ईन्द्रबहादुर जि।सीले बिद्यालयमा अनाबश्यक राजनिती गर्न नहुने भन्दै आफु शिक्षा निमावली अनुसार शिक्षक छनोट हुनु पर्छ भन्नेमा रहेको बताए । उहाँहरुले एक किसीमको शंको गरेको तर यथार्थ नभएको भन्दै यसमा अब अनेक बिषय थप गरि समस्या बल्झाउनुभन्दा बिद्यालयमा सहायक प्रध्यानाध्यापक पछि छनोट गरेपनि हुने तर अहिलेको लागि शिक्षक छनोट गर्न सहज बातारण बनाउनुपर्ने बताए ।
यता बिद्यालयका प्राचार्य खडानन्द घिमिरेले आफुले शुरुबाटै शिक्षक छनोटका लागि निरन्तर पहल गरेको तर शिक्षाको पबित्र स्थलमा राजनैतिक कुरा हाबि गराइ कानुन बिपरितको प्रकृया पैदा भएपछि आफै समस्यामा परेको बताए । बिद्यालय ब्यबस्थापन समितिले नियम बिपरित शिक्षक छनोट प्रकृया अगाडी बढाईरहेकोमा चिन्ता ब्यक्त गरे । ‘सह–प्रध्यानाध्यापक नियुक्ति गर्ने बिषय राजनिती दलको दवामा नहुने’ उनले औंल्याए । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हिरालाल पौडेले स्थानिय स्तरमा सबैलाई समेटेर लैजान खोज्दा अनाबश्यक रुपमा राजनिती भएको स्विकारेका छन । ‘बिद्यालय ब्यबस्थापन समिति भन्दापनि बाहीरबाट बढी हस्तक्षेप भयो’ उनले भने । ‘जिम्मेवार राजनिती दलका नेताहरुबाटनै शिक्षक नियुक्ति प्रकृयालाई लेन देनको बिषय बनाईयो ।’ उनको कथन थियो ।
आफु बिद्यालयको यस्तो गतिबिधिमा औपचारीक जानकारी नपाई बेखवर रहेको बताउँदै जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले यदि बिद्यालयमा राजनिति प्रभाव भएको हो भने त्यो अतिनै अशोभनिय भएको र नियम संगतरुपमा शिक्षक छनोट कार्यलाई अगाडी बढाउन पर्ने बताए । निजी स्रोतमा शिक्षक छनोटको जिम्मा बिद्यालय ब्यबस्थापन समितिललाई रहेकोले आफुले बिद्यालय निरिक्षक तथा स्रोत ब्यक्तीलाई पठाएर सहजता ल्याउने बताए ।





