अधिकार खोज्ने जिम्मेवारी चाहिँ नलिने ?

kalpana-didiनेपाल जान गोडा उचालिसकेकि रैछन् दिदी कल्पना घिमिरे (तस्बिरमा) । सामान र पुन्टा पोका कस्ने हतारोमा थिईन । फोन गरिन । नेपालप्लसमा एउटा लेख लेखेको थिएँ खोइ त महिला ? जहाँपनि पुरुषकै वर्चस्व ? शिर्षकमा । त्यसमा महिलाहरुलाई नेत्रित्व तहमा राखिनुपर्छ भन्ने आशय थियो । लेखमा ब्यक्त बिचारहरुलाई आफ्ना तर्क र युक्तिले खण्डन गर्न नसकेपछि केहि ब्यक्ति खास गरि एउटा परिवार नांगो रुपमा प्रस्तुत भयो संसारै पल्टाउँला झैं गरेर। ज्वालामुखिले गाँजौंला झैं पालैपालो फोन गरेर उहि दोहोर्‍याउने । त्यसमा परेका आमा, दिदी, बहिनी, बुहारी, छोरी जस्ता शब्द किन लेखेको भन्दै । ति शब्दमाथि उनीहरुले कपीराईट लगाएझैं किन लेखेको भनेर गर्जिँदै थिएँ । ईट्टाको जवाफ पथ्थरले दिन नसकिने त थिएन नै, तरपनि आफैं बुझकि हुन सके राम्रो । लेख्नै परे फेरि कुनै बेला दन्काउँला भनेर बसें । अनि यिनै दिदीलाई मूल्यांकन गर्न लगाउनुपर्‍यो भन्ने सोचेर सोधें । उनले निस्पक्ष ढंगले पढ्दा कहिँ कतै त्यस्तो पारिवारिकरुपमा संकेत गरेको देखिँदैन भनिन् । बरु ‘भाई लेखनका क्षेत्रमा लागेको, केहि गरेर देखाउँछु भन्ने उद्देश्य भएको मान्छेले त्यस्ता साना तिना कुरामा वास्ता नगरि ति सबैलाई चिरेर अगाडि बढ्नुपर्छ’ भन्दै ढाडस दिईन ।

 

फ्रान्सेली भाषा साहित्यमा नाम कमाएकि । फ्रान्सेली सरकारबाट पदक पाएकि । स्तम्भ लेखनमा जमिसकेकि दिदी । उनीबाट सिक्नुपर्ने धेरै छन् । र उनले साँच्चै गतिलो सुझाव दिन्छिन् पनि । त्यसैले, कस्तो र कुन शैलीमा राम्रो होला लेख्न भनेरपनि सोधें । गलत कुराहरुमाथि प्रहार गर्दा मेरुदण्डमै प्रहार गर्नुपर्छ । सिधा, खरो र स्पष्ठ लेख्ने तपाईको शैली ठिक छ भनिन् उनले । हिँहिँ गर्दै टाउको कन्याएर यतापनि छुन्न्, उतापनि चित्त दुखाउँदिन भन्ने सोचेर लेख्यो भने त्यसले नत प्रभाव पार्छ । न पाठकले नै रुचाउँछन् । न त त्यस्तो लेखाईले उँभो नै लगाउँछ । त्यसैले आफुले देखेका गलत कुरालाई वाण हानेझैं ताकेर लेख्नुपर्छ भन्ने सुझाव दिइन दिदीले ।

 

गफ गर्दै जाँदा नेपाल प्लसमा कुनै पाठकले मलाई बहुलाहा, सन्की भनेर लेख्दापनि किन जस्ताको तस्तै राखिदिएको ? किन सम्पादन नगरेको ? अथवा किन असान्दर्भिक प्रतिक्रियालाई जस्ताको तस्तै छाडिदिएको भनेर सोधिन उनले। यसमा मेरो बुझाई अलि फरक थियो । त्यो गाली गरेर लेख्ने पनि त आखिर मेरै पाठक हो । उ मलाई गाली त गर्छ नै तर पनि त मैले लेखेको पढ्न आईरहेको छ । उसले खत्तम भनेपनि केहि न केहि त पाएको छ मेरो लेखाईमा र त पढिरहको छ । ‘त्यसैले उसलाई म सम्मान गर्छु दिदी मेरो एक अद्रिष्य पाठकका हैसियतले’भनें। उसले भनु पर्ने, गाली गर्नुपर्ने त पोखिसक्यो । लेखिसक्यो । अब के लेख्छ उ ? उसले मेटाउँछ भन्ने सोचेको पनि मैले राखिदिएपछि उसका दिल हाँस्छन् र म देखि खुसि हुन्छ। उसैले पुरा हुन्छ भन्ने आशा नगरेको इच्छा मैले पुरा गरिदिएपछि । यसो भनेको सुन्दा त उनी मुर्छै परेर हाँसिन् ।

 

उ कुनै सायद रेस्टुरेन्ट मा काम गर्छ । दिनभरि उ सोच्दो हो-आज काम सकि घर फर्किन्छु । कम्प्युटर खोल्छु र यो ददि सापकोटालाई भक्कु गाली गरेर इमेल लेख्छु । त्यस्तो प्रतिक्रिया उसले राखिदिने त कुरै छैन । मेटाईहाल्छ । तैपनि एकछिन लेखेर भएपनि सन्तुष्टि त मेटाउँ । त्यहि सम्झेर यो मुलाले मेटाउने त हो भन्दै झन मुर्मुरिएर लेख्दो हो ।

 

उ लेख लेख्न जान्दैन । कनीकुथी त्यहि प्रतिक्रिया लेखेको होला । त्यहिपनि कति पटक मेट्दै लेख्दै गरेको हुँदो हो । उसले आशै नगरेको त्यो प्रतिक्रिया राखिदिएँ भने उसको दिल कति खुशि होला ? उसले सायद आफैंलाई धिक्कार्छ होला गाली गरेकोमा । उसले लेख्न त बहुला र सन्की लेख्छ र पनि म बहुला र सन्की होइन भन्नेमा उ आफैं विश्वस्त छ । नत्र बहुलाले लेखेको कोहि पढ्ना आउँछ ? अनि सोच्दै नसोचेको उसको आकांक्षा पुरा भएकोमा उ दंग परेर म सित अनुग्रहि हुन्छ। आखिर उसले बहुलाहा, सन्काहा भनेपनि म हुने होइन । मैले यसो भनें । मलाई गाली गर्ने उसको अन्तिम इच्छ मैलेनै किन पुरा नगरिदिने ? दिदीलाइ असाध्यै घत लागेछ । मरिमरि हासिन् । भाई बाहिरबाट हेर्दा एकदम गम्भिर, कम बोल्ने, आफ्नै पाराको चाहिने कुरामा मात्रै ध्यान दिने खालको देखिन्छौ तर होइन रहेछ। ओहो, भित्र भित्र त आफ्नो काम, आफ्नो क्रियाकलाप र आफ्ना देखाई भोगाईमा औधी रमाईरहेको, हँसिरहेको पो हुने रहेछौ भनिन् । बेठिकै चाहिँ होइन जस्तो लाग्दा लाग्दैपनि ए हो र दिदी भनेर टारें ।

 

प्रसंगवस नेपाल र फ्रान्सका वालवालिका र किशोर किशोरीको कुरो उठ्यो । नेपालका बच्चा ब्यवहारिक रुपमै बढि सुझबुझ हुने । बय्वहारिक ब्यवहारिक रुपमा बढि सहनशिल, समस्याहरुलाई बढि सहज ढंगले लिने, पचाउन सक्ने हुन्छन् भन्ने तर्क रह्यो । आफ्नो देश, परिवार र समाजप्रति बढि बुझेका हुने । बढि लगाव देखिने । तर यहाँका फ्रान्सेली किशोर किशोरीहरु जहिलेपनि आफ्नै अधिकारका कुरा गर्छन् । स्कूलमा राज्यले के कति अधिकार दिन्छ । विदामा कति सहुलियत दिन्छ । नगरपालिकाबाट अक्ति सुबिधा पाइन्छ । के के सुबिधा के कसरि लिन पाइन्छ । उनीहरु त्यसको खुबै सोधखोज गर्छन् । हरेक ठाउँमा उनीहरु अधिकार र आफ्नै सुबिधाको प्रश्न उठाउँछन्। तर उनीहरु आफुले राज्यलाई के दिने हो ? आफुले राज्यबाट लिएपछि राज्यलाई दिनु पर्छ कि पर्दैन भन्ने उठाउँदैनन्। त्यसको चासो गर्दैनन् । लिने कुरा त खुब चर्केर गर्छन् तर आफुले दिने बारे चाहि चुप्प बस्छन् । राज्य सँग लिने कुरा त गर्छन् तर दिने कुरा गर्दैनन्। उनीहरु आफुले बहन गर्नुपरेन् जिम्मेवारी के हो राज्य र समाजप्रति भन्ने चाहिँ कम नै चिन्तन गर्छन् ।

 

तर किन हो नेपालका वालवालिका, किशोर किशोरीहरु राज्यप्रति बढि चिन्तनशिल र जिम्मेवार देखिन्छन्। उनीहरु राज्य र राष्ट्रियताको कुरा बढिनै उठाउँछन् । निकै पढेर डाक्टर बनौंला अनि समजाको सेवा गरौंला भनेको सुनिन्छ । राम्रो ईन्जिनियर भएँ भने राम्रा राम्रा पुल पुलेसा बनाएर गाउँको विकास गर्छु भन्छन् । पैसा धेरै कमाउन पाए समाजको सेवा गर्थें; भनेको सुनिन्छ । तर यता फ्रान्सका किशोर किशोरीहरु ले भने बिभिन्न नयाँ देशहरु घुम्थें । राम्रो घर बनाउँथे समुद्रको किनारैमा । हिमाल देखिने ठाउँमा यस्तै भनेको सुनिन्छ । ब्यक्तिगत सुख सुबिधा, निजि काम र जिवनकै कुरा बढि उठाउँछन्। हुन त यो मुलुक धेरि बिकसित भैसकेकाले खासै गर्नु पर्ने धेरै छैन भन्ने लागेर पो हो कि यहाँकालाई ?

 

यहाँ बसेर नेपालका लागि अन्य के के क्षेत्रमा काम गर्न सकिएला ? नेपाली भाषा, साहित्य र पुस्तकहरुलाई फ्रान्सेली भाषा र साहित्यमा कसरि घुसाउन सकिएला, बिस्तार गराउन सकिएला आदि धेरै विषयमा गफगाफ भए । अनि मेरो आफ्नै प्रकाशोन्मुख पुस्तकका बारेमा पनि उनले चासो राखिन । सकेको सहयोग गर्ने बचन पाएँ । गफको बिट मार्ने बेलामा दिदी यति धेरै रमाइला कुरा भए यसलाई नेपालप्लसको एक दिनको सामाग्रि बनाउँछु है भनेको त दिदीले ‘हेर आफुले भाई भनेर स्वतन्त्र तरिकाले कति स्वच्छन्दले कुरा गर्‍यो। पछिको बारेमा केहि नसोचि । अनि यो पत्रकारले त के लेखौं भनेर सोच्ने रैछन्’ । दिदीले एक दनक गतिलै दिईन । मैले पनि उनलाई खुशि पार्ने गरि बुजो त लगाउनै पर्‍यो। ‘हामीले देखेका, भोगेका र छलफल गरेका हरेक काम, कुरा र प्रसंगलाई सार्वजनिक हितमा समेत प्रयोग गर्न सकिन्छ भने त झन् उपयोगि भएन र दिदी ?

तपाइँको प्रतिक्रिया