पत्रकार धम्काउने कँडेल बिरुद्द एकजुट भए युरोपका पत्रकार

11866390_10153555645843836_6376133204024883180_n

बेल्जियममा बसेर सक्रिय पत्रकारिता गर्छन् सन्तोस न्यौपाने । यि बिरुद्द धेरै पटक धाकधम्की र उनको सक्रियतालाई दुरुत्साहित गर्ने दुस्प्रयास धेरै पटक भएको छ । पछिल्लो पटक झन एक जिम्मेवार ब्यक्तिले त्यस्तो धम्की दिए । एन आर एन बेल्जियमको सचिव पदका उमेदवार रमेश कँडेलले । चुनावी प्रचारमा उनको नारा मध्ये दुई वटा यस्ता छन् –

सूचना तथा संचार क्षेत्रमा ज्ञान र अनुभव, लगनशिलता, मित्रता एवैं मिहिनेत । यस्तो नारा दिने ब्यक्तिलेनै पत्रकारलाई धम्काउने काम भयो । तर पत्रकारहरुले त्यसको भर्त्सना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा न्यपानेको सामाजिक मान मर्दन गरेका थिए, पागलको संज्ञा दिएर । एन आर एन बेल्जियमको निर्वाचन निकट हुँदैगर्दा उनले त्यहाँका उमेदवार को कस्ता, नारा के छन् लगायतका विषयमा कलम चलाउँदै आएका थिए । त्यहि विषयहरुमा चित्त नबुझेर रमेश कँडेलले उनलाई अप्रत्यक्ष धम्की दिएका हुन् । यसको नेपाल पत्रकार महासंघ युरोप शाखाले बिरोध गरेको छ । महासंघले सार्वजनिक गरेको बिज्ञप्तीमा भनिएको छ ‘पत्रकार न्यौपानेले समाचार र बिचार ब्यक्त गरेकै भरमा फेसबुकमा प्रत्यक्ष अप्रत्यक्ष धम्की दिने कार्य कानुन बिपरित त छँदै छ र एउटा पत्रकारले सत्य कुरा लेख्न र बिचार ब्यक्त गर्न पाउने अधिकारको समेत ख्याल नगरिकन निज कँडेलद्वारा फेसबुकमा तथानाम लेख्ने तथा पत्रकार न्यौपानेप्रति लक्षित गर्दै ‘कलम चलाउनेले कलम चलाउँछ र कलम नचलाउनेले तरबर चलाउँछ’ भनेर प्रत्यक्ष धम्की दिने कार्यको यस महा संघ घोर भर्त्सना गर्दछ ।

आफूले सचिव पदमा जितेमा सूचना तथा संचार क्षेत्रमा ज्ञान र अनुभव बाँड्ने, फैलाउने उनको नारा छ । तर बेल्जियममा बसेर सक्रिय पत्रकारिता गरिरहेकै पत्रकारमाथि भने यसरि मान मर्दन गर्नेले कसरि त्यो फैलाउला ? शंका उठ्छ । संचार क्षेत्रमा कसरि योगदान गर्लान संचारकर्मीमाथिनै तरबार चलाउने धम्की दिनेले ? बेल्जियम जस्तो मानवअधिकार र लोकतान्त्रिक देशमा बसेर समाचार मन नपरेको भए, गलत समाचार वा लेख सार्वजनिक गरेको भए किन प्रतिक्रिया सभ्य र शालिन भाषामा दिन, कानुनी बाटो लिन सकेनन् ? महासंघकै भाषामा ‘अन्तर्राष्ट्रिय रुपमै कानुनको खिलाप’मा जाने ब्यक्तिले एन आर एन बेल्जियमको सचिव पदमा पुगे भने के गर्लान् ? कति सन्तोस न्यौपानेहरुले धम्की खानुपर्ने हो ? वा उनी सचेलान् ? मनन् गर्लान् ? यस्तो पदमा पुग्नेले त कानुन, न्यायिक प्रावधान र प्रजातान्त्रिक शैली बरु अरुलाई सिकाउनुपर्ने होइन र ? धम्की दिने ब्यक्तिनै जिम्मेवार पदमा पुगे भने के हुन्छ ?

महासंघले भनेको छ -पत्रकारमाथि दूर्ब्यवहर गर्नु, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धम्की दिनु अन्तर् राष्ट्रियरुपमा गम्भिर अपराधका रुपमा लिईन्छ । समाजमा नेत्रित्व गर्छु, अगाडि बढाउँछु भनेर एन आर एन बेल्जियमको सचिव जस्तो जिम्मेवार पदमा दाबी गरेका रमेश कँडेलले कसरि यस्तो अन्तर्राष्ट्रिय रुपमा कानुनको खिलाप हुने काम गरे ?

ढिलै भएपनि युरोपका पत्रकारहरु फेरि एकजुट भएर यसको बिरोध गरेका छन् । उनीहरुले आफ्नो पेशा र मेडियाको महत्व, गरिमा बिरुद्द तरबार चलाउँछु भन्नेको बिरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया