प्रसंग : बेल्जियम साहित्य सम्मेलनको

  • महेन्द्र पौडेल

journalist-mahendra-poudel-11212एक देशका नागरिक र अर्को देशका नागरिकद्वारा सम्मिलित विविध भाषा र संस्कृतिका विषयमा गरिने सम्मेलन नै अन्र्तराष्ट्रिय सम्मेलन हो । उक्त सम्मेलनमा विभिन्न देशका स्थानीय राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्रष्टाहरुले आ– आफ्ना कृति रचनाहरुका साथै साहित्यिक मान्यता र गतिविधिहरुलाई विकसित गरिने अभिप्रायले गरिने सम्मेलनलाई अन्र्तराष्ट्रिय सम्मेलन भनिन्छ । जहाँ देश विदेशका विभिन्न भाषाका स्रष्टाहरुले आफ्ना रचनाहरु वाचन गर्दछन् ।

गत अप्रिल ११ मा गरिएको अन्र्तराष्ट्रिय मैथिली कवि सम्मेलन होस वा गतसाल अप्रिलमै प्रथम अन्र्तराष्ट्रिय लिम्बु सम्मेलन होस् । मैथिली कवि सम्मेलनमा नेपाल तथा भारतका कविहरुको उपस्थिति थियो भने लिम्बूहरुको सम्मेलनमा लिम्बूहरुको भाषा संस्कृतिमा अध्ययन राख्ने विज्ञहरुको उपस्थिति थियो । त्यसैले त्यस सम्मेलनलाई ‘अन्तर्राष्ट्रिय’ भनियो ।

प्रसङ्ग भर्खरै बेल्जियममा गरिएको अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसासको भनिएको ‘क्षेत्रीय अन्र्तराष्ट्रिय साहित्य’ सम्मेलनको हो । उनीहरुले दुरुपयोग गरेको ‘अन्र्तराष्ट्रिय’ शब्दको हो । जसको निमन्त्रणा स्वीकारी नेपालबाट साहित्यकारहरु प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्त, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, साहित्यिक पत्रिकाका सम्पादक श्रीओम श्रेष्ठ रोदन र प्राध्यापक एल.वी क्षेत्रीजस्ता हस्तिहरुको उपस्थिति हुन पुग्यो ।

कार्यक्रम जस्तोसुकै भएपनि जबसम्म देशका महान साहित्यकारहरुको कृति अन्र्तराष्ट्रियस्तरका साहित्यकारहरु सामु वाचित वा उल्था परिचय हुँदैन तवसम्म त्यो कार्यक्रमको अर्थ रहँदैन ‘अन्र्तराष्ट्रिय सम्मेलन’ भनिसकेपछि । यसको मतलव यो होइन कि नेपाली साहित्य अन्र्तराष्ट्रियस्तरका छैनन् । छन् तर त्यसका लागि सही व्यक्ति र व्यक्तित्वको हातमा संस्था पुग्यो भने नेपाली साहित्यकारहरुको कृति अन्र्तराष्ट्रियस्तरमा पुराउन डायस्पोराका साहित्यकारहरुको उल्लेख्य योगदान रहन्छ ।

तर सही व्यक्ति संस्थामा भएनन् भने केवल सीमित व्यक्तिमा कृतिको चर्चा गरेर फर्कनु सिवाए केही हुँदैन । अहिले नेपालदेखि आउनुभएका हाम्रा साहित्यकारहरु सायद यही अवस्थामा होलान् ।

बुझ्नुपर्ने कुरा विदेशमा च्याऊ झैं दर्जनौं संस्थाहरु जन्मेका छन् । एकै संस्थामा एकै परिवारका दुइ वा तीन चारगरी ‘भाइटल पोष्टमा ’ रहन्छन् । प्रत्येक कार्यक्रममा दुलाहा हुने प्रवृत्ति हावी छ । पदका लागि जे पनि मरिमेट्ने प्रवृत्ति छ । त्यस्ता संस्थाहरुका निमन्त्रणामा आउँदा, निमन्त्रणा पाउँदा साहित्यकारहरुले त्यस संस्थाको पृष्ठभूमी, सम्बन्धित व्यक्तिको व्यक्तित्व वुझेर खोजेर आउनु आवश्यक रहन्छ ।

प्राध्यापकजस्ता व्यक्तिहरु जसले अन्र्तराष्ट्रिय भाषामा आफ्ना कृतिहरुको व्याख्या र चर्चा गर्न सक्छन् । तर बेल्जियममा केही नेपालीबीच कृतिको चर्चा गरेपनि नेपालदेखि युरोपसम्म आउँदाका यात्राका अनुभूति मात्र उपलव्धि रहन पुग्नु साहित्यकारहरुको अपमान मात्र होइन । बिडम्बना हो । यो बिडम्बना केही व्यक्तिका कारण उत्पन्न हुनपुग्दछ । जसलाई बुझ्न जरुरी छ । त्यस्ता व्यक्तिहरुको कृतिलाई कसरी अन्तर्राष्ट्रिय स्तरमा परिचय र स्थापित गराउन ध्येय कार्यक्रमको हुनुपर्दथ्यो दुर्भाग्य त्यो नहुनै नै कार्यक्रमको स्तरता स्वतः मुल्याकन हुनजान्छ ।

आजभोली किताव प्रकासित गरेर साहित्यकार बनिदैंन । किताव रहरले मात्र लेखिदैंन, किताव समाजको आवश्यकताले लेखिन्छ र जन्मन्छ । किताव समाजको दर्पण पनि हो ।

कार्यक्रम गर्दाखेरी स्थानीय भाषाका साहित्यमा राम्रो ज्ञान भएका व्यक्तिहरु युरोपमा नभएका होइनन् । उनीहरुसँग सरसल्लाह सुझाव लिएर ढिलो गरी कार्यक्रम गर्नुपर्दथ्यो । व्यस्तताका बाबजुद तीन कृति लेखेका फ्रान्सका ददि सापकोटा एक उदाहरण हुन् । उनलाई फ्रेन्स भाषा र फ्रान्सेलीहरुसँग राम्रो सम्बन्ध छ । उनका कृतिहरु फ्रेन्चभाषामा अनुवाद हुँदैछन् । यस्तैगरी जर्मन बेलायत र पोर्चुगलमा पनि छन् । तिनीहरुको खोजविन गर्न सक्नुपर्दथ्यो । अन्र्तराष्ट्रिय भनिसकेपछि त्यस कार्यक्रमको जानकारी इन्टरनेटमा हुनुपर्दथ्यो ।

युरोपभरीका साहित्यकारहरुको जमघट हुनुपर्दथ्यो  । बेलायत, जर्मन, स्वीट्जरल्याण्डका साहित्यकारहरुको जमघट हुनुपर्दथ्यो भलै हाम्रा महान स्रस्टाहरुले सोचेहोलान हामी युरोपका साहित्यकारहरुसँग हिमचिम बढाउने छौ । छलफल गर्नेछौं  । कृतिको चर्चा गर्नेछौं । भयो के भने केटौले कार्यक्रममा महान हस्तिहरुको उपस्थिति भइदियो ।

11921899_943608579015330_1724778016_n

त्यसैगरी नेपाललाई माया गर्ने विदेशीहरु मध्ये बेल्जियमका फ्रान्क भरमिच जसले नेपाल र नेपालीलाई माया गर्दछन् । उनीहरुसँग राय सल्लाह सुझाव लिएर कार्यक्रम गर्नुपर्दथ्यो । उनै फ्रान्कको सहयोगले आनी छोइङ्ग डोल्माको कृति ‘फुलको आँखामा फुलै संसार’ फ्रेन्चलगायत अन्य भाषामा अनुवादित भएको छ ।

केही वर्ष अगाडि बेल्जियमको सेन्त्रुदिनमा रहने राजेन्द्र रसाइलीद्वारा बेल्जियमका स्थानीय कवि र बेल्जियमवस्ने नेपाली साहित्यनुरागीहरुको जमघट गराएका थिए । यस्ता व्यक्तिहरुसँग सल्लाहगरी कार्यक्रम गरेको भए बेस हुने थियो ।

सीमित व्यक्ति र गलत व्यक्तिका हातमा संस्था मात्र नभएर देशकै बागडोर हुनपुग्यो भने त्यसदेशका नागरिकले दुःख पाउँछन् । त्यसैगरी साहित्यिक संस्थाहरुमा पनि सीमित र गलत व्यक्तिहरु हावी भएभने साहित्यले मौका पनि पाउँदैन साहित्यकारहरुको कृतिको मुल्यांकन पनि हुँदैन ।  त्यसैले अब यस्ता कार्यक्रमहरु गर्दा ‘अन्र्तराष्ट्रिय’ शब्दको हेक्का राखेर उचित चयनगरी प्रयोग गरौं ।

र अन्त्यमा युरोपमा के भइदियो भने साहित्यकार एकथरी छन् भने साहित्य अर्कैले लेखिरहेका छन् । त्यसैगरी पत्रकार एकथरी छन् भने पत्रकारिता अर्कैले गरिरहेका छन् ।

(लेखक पोर्चुगलमा बस्छन् )।

तपाइँको प्रतिक्रिया