एन आर एन स्विजरल्याण्डमा छ्यासमिस नेत्रित्व, निर्वाचन लगत्तै दुई जनाको राजिनामा

अपडेट- समाचारमा असहमती / खण्डन (13 October 2015)

(नेपाल प्लसमा इस्वी सम्बत् अगस्ट १७ तारीख २०१५ सालका दिन् प्रकाशित एन आर एन स्विजरल्याण्डमा छ्यासमिस नेत्रित्व, निर्वाचन लगत्तै दुई जनाको राजिनामा-सिर्सकमा प्रमोद भट्टको बारेमा लेखिएका ब्यक्तिगत कुराहरुसंग मेरो असहमती भएको जानकारी गराउन चाहन्छु। म वहाँसंग नेपालदेखि नै ब्यक्तिगत रुपमा परिचित ब्यक्ति हुँ । वहां पनि पुल्चोकको इंजीनियरिंग इन्स्टिच्युटबाट म भन्दा केहि ब्याच अघि आर्किटेक्चरल ड्राफ्टिंग फ्याकल्टिमा अध्यन गर्नु भएको हो र तत्पश्चात सड़क बिभाग अंतर्गत झोलुंगे पुल बिभागमा ओभरसिएर पदमा केहि बर्ष काम गर्नु भएको हो। वहाँको कार्यदक्षताको कदर गर्दै स्विस नियोगका कन्सल्ट्यान्टहरुको बिशेष अनुरोधमा सरकारी जागीर छोडेर वहांले झोलुंगे पुलका डिजाइन तथा नक्शाहरुको स्टैंडर्डाइजेशन गर्ने प्रोजेक्टमा ५ बर्ष काम गर्नु भयो । सो नक्शाहरु अहिले हेल्भेटासको झोलुङ्गे पुलको प्रोजेक्ट भएको सबै देशमा प्रयोग गरिन्छ।  वाँहा को रिक्त पदमा सन् १९८० मा मैले नियुक्ती पाए पश्चात् वाहाँ को बारेमा हाकिमहरूबाट धेरै प्रशंसा सुन्ने मौका पाएँ। 

सो प्रोजेक्टको समाप्ती पछी वांहालाई स्विट्जर्ल्याण्डमा काम गर्नका लागी स्विस कन्सल्ट्यान्टहरु द्वाऱा नै फेरी निमन्त्रणा पाएर वांहा स्विट्जर्ल्याण्डमा वोर्किंग पर्मिटमा आउनु भएको बास्तबिकता मलाई थाहा भएकोले पत्रिकामा लेखीएको बेहोरा गलत हो ।

वंहा जस्तो भलाद्मी, समाजसेबी र कर्मठ ब्यक्तीको बारेमा प्रकाशित भएको त्यस किसिमको समाचार सरासर झुटो,तथाकतित एबम भ्रामक हो भन्ने मेरो ठहर हो । यस्तो झुटो रुपमा प्रकाशित  समाचार हरुले भट्ट्जीको  ब्यक्तिगत एबम प्रोफेसनल छ्बी मा दाग लागेको मलाई मह्सुस भएको छ र यस प्रती  मलाई दुख लागेको छ । यस कारणले यो समाचार र यो समाचार प्रकाशित गर्ने लगाएतका सबैMedia प्रती म घोर भर्सना प्रकट गर्न चाहन्छु ।

आउदा दिनहरुमा सम्पुर्ण स्ंचार बर्गहरुले संवेदनसिल भएर आफ्नो पत्रकारिताको मान र मर्यादा लाई ख्याल राखी सही समाचार प्रसारण गरिदिनु होला भन्ने अपेक्षा पनि यसै बक्तब्यबाट  गर्द्छु ।

भवदीय,

(संजय मुडभरी, जेनेभा)

————————————————————–

(अपडेट- समाचार उल्लेख भए जस्तो निर्वाचन कमिटीमा नभएर चुनावी प्रक्रिया सकिईसकेपछि मत गणनाकालागि मात्रै आफू मत गणना प्रतिनिधीका रुपमा गएको गुणराज शर्माले स्पष्ठ पारेका छन्)

(अपडेट- ग़ैर आवासिया नेपाली संघ राष्ट्रीय समन्वय परिषद Switzerland को चौथो महाधिवेशन सफलता पूर्वक सम्पन्न भई २०१५-२०१७ कार्यकालको लागि नयॉ कार्यसमिती चयन गर्न हालै सम्पन्न भएको निर्वाचन सफल पार्न सघाउनु हुने सम्पूर्णमा निर्वाचन समिती हार्दिक कृतज्ञता ज्ञापन गर्दछ। यस सफलताको श्रेय सर्बप्रथम मतदान स्थलमा उपस्थित भई आफ्नो अमुल्य मत प्रयोग गर्ने सम्पूर्ण मतदाताहरु, उम्मेदवारी दिई समाज सेवामा आफ्नो अमूल्य समय प्रदान गर्न ईच्छुक मनकारी उम्मेदवारहरु, हरेक सूचना द्रूतगतिमा सम्प्रेषण गर्ने बिभिन्न संचार कर्मीहरु, निर्वाचन पर्यवेक्षकज्यू, लगायत निबर्तमान कार्य समितीका साथीहरुमा जान्छ। तपाईंहरुमा रहेको हामी प्रतिको बिश्वासलाई उच्च स्थान राखी कॉधमा आएको जिम्मेवारी पूरा गर्न कटिवद्द थियौं र पूरा गर्यौं पनि। आउन सक्ने नयॉ बिवादका बिषयहरुलाई चिर्दै अत्यन्त छोटो समयमा निर्वाचन सम्पन्न गराउनु पर्ने कार्य ब्यवहारिक रुपमा निकै नै चुनैतीपूर्ण थियो। त्यसैले केहि कमजोरी वा त्रुटी अवश्य भएका होलान्। यसका लागि निर्वाचन समिती क्षमा प्रार्थी छ। निर्वाचन समिती बिजयी उम्मेदवारहरुलाई आगामी कार्यकालको कार्य सफलताको कामना अनि हार्दिक बधाई ज्ञापन गर्दछ। धन्यबाद।

निर्वाचन समिती

11903533_10205159890181446_547445613_n (1)

नेपालको सभासदको निर्वाचनमा जस्तै बिभाजित थिए एन आर एन स्विजरल्याण्डका नेपालीहरु । खासगरि एन आर एन को निर्वाचनका पक्षमा । हिजो भएको निर्वाचनमा निर्वाचन समितिका केहि कमजोरी, निर्वाचन पर्याबेक्षणकालागि आएका अधिकारीको अनुभवहिन प्रस्तुति र एक जना उमेदवारका पक्षमा असन्तुस्टि देखियो । तर खासै ठूलो मतभेद, बेमेल र अस्विकारोक्ति देखिएन । निर्वाचन समितिले गूट बनाउन पाइने छैन भनेर भित्तामा लेखेरै राखेपनि तिन चार गूटका बिचमा भएको निर्वाचन शान्तिपूर्णरुपमै सक्कियो । केहि गूटले हारे । अन्तत छ्यासमिस भएर नयाँ नेत्रित्व छानियो । तर नयाँ नेत्रित्वको नामावली सुनाउँदा सुनाउँदै एन आर एन स्विजरल्याण्डमा सर्वसम्मत बिजयी भएका सदस्य बिजय शर्मा दर्पण र राम परियारले यो नेत्रित्वमा नबस्ने भनेर हलबाट सार्वजनिक गरिदिए ।

मुख्य रुपमा तिन गूट, भित्र कति कति

11874093_10205159889901439_1484875251_n (1)

एन आर एन स्विजरल्याण्डको नयाँ समिति दाबेदार गर्ने मुख्य रुपमा तिन गूट देखिए । तेन्जिङ शेर्पाले सबैभन्दा पहिले घोषणा गरेको टिम छँदै थियो । त्यसपछि हिराबल गुरुङ र बिनय श्रेष्ठकोटिम बन्यो । बाहिर मिलेर जाउँ भनेपनि मिलेर जान कोहि चाहेकै थिएनन् । एक पक्षले अर्को पक्षलाई पद छोडिदिन आग्रह गर्थे । दुबै पक्षले आफू पाउनुपर्ने दाबी गर्थे । मुख्य पद आफूले दिएर अन्य पद दिन तयार रहेको बताउँथे । त्यसपछि अर्को गूट बासेल निवासी सन्तोस राईको देखियो । उनी आफैं एन आर एन उपाध्यक्ष पदका उम्मेदवार थिए । एमालेको भात्रि संगठन प्रवासी नेपाली मञ्च छँदा छँदै अर्को बागी संगठन खोलेका भुमी गुरुङ र सन्तोस राईको अलग गूट बनेको थियो ।

अर्को दुई गूट थियो, जेनेभा शहरमा । दुर्गा तामाङ र राजेन्द्र भण्डारीको । यि दुबैले जेनेभाबासी मिल्नुपर्छ, एक भएर जानुपर्छ भनेपनि अलग गूट बनाएको निर्वाचनकै दिन प्रस्ट भयो । किनभने जेनेभाबाट तेन्जिङ शेर्पाको टोली र दूर्गा तामाङको टोलीले अधिबेशनस्थल  जुरिचसम्म लैजान अलग अलग गाडी लिए । दुबैले लिएका बस आधापनि भरिएका थिएनन् । यहिँबाट सहमतीको नारा बाहिर दिएपनि यात्रा गर्दापनि अलग गूट चाहिने रहेछ भन्ने बुझियो ।

एउटाको मत अर्कैका नाममा

मतदान गर्न जाँदा केहि भोट अरुलेनै हालिदिएको भन्दै बिरोध भएको छ । लोजान निवासी तारा लामा आफ्नो मत दिन जाँदा आफ्नो मत अर्कैले हालिदिएको भन्दै बिरोध गरेकि छन् । ‘म भोट हाल्न गएँ । मेरो नाममा त अर्कैले भोट हालिदिईसकेको रहेछ । मेरो भोट खै भनेर मैले सदस्यता शुल्क रसिद देखाएर झगडा गरेपछि भोट हाल्न दिए । निर्वाचन समितिले सदस्यता रसिद नहेरि भोट हाल्न दिन पाइन्छ ? ल लेख्दिनुस् मेरो कुरा पत्रकारले ।’ यस्ता कति मत दुरुपयोग भए वा भएनन् स्पष्ठ छैन ।

निर्बिरोध सदस्यलाइनै मतदान गर्न लफडा

एन आर एन स्विजरल्याण्डको निर्वाचन सदस्य पदमा भएन । सात जना सदस्य हुनुपर्नेमा सात जनाको मात्रै उमेदवारी पर्‍यो । ति मध्येका बिजय शर्मा दर्पण (बिजय बाबु आचार्य) पनि थिए । तर आफ्नो मतदान गर्न जाँदा उनलाइपनि तिन मिनेटसम्म रोकेर मतदानमा बाधा पारेको दर्पणले बताए । ‘म सदस्यमा जितिसकेको मान्छेलाइ त भोट दिन जाँदा समस्या दिए बाँकीलाई अक्स्तो गरे होलान् ?’ दर्पणले भने ।

निर्वाचन समितिको कमजोरी

11914151_10205159889341425_1878360894_n

निर्वाचन हुनु अगाडिनै यहाँ निर्वाचन समिति बनेको थियो । त्यहाँ पाँच जना सदस्य थिए । संयोजक विष्णु थापा थिए । तर पछि निर्वाचन समितिले मतदाता र एन आर एन स्विजरल्याण्डमा सल्लाह नगरि अन्य दुई जना सदस्य थपे । आफ्ना कमजोरी निर्वाचन समितिले न सच्यायो, न सहि जवाफ दियो । हलमा पनि यसका बारेमा प्रश्न उठेको थियो तर जवाफ दिएनन् ।

अर्को कमजोरी मतदान गर्ने समय भन्दा निकै ढिलो मतदान शुरु भयो । पाँच बजेसम्म अन्तिममतदान गर्ने भनेको समय तोकिएको थियो । त्यो डेढ घण्टा भन्दा बढि बढ्यो । तर त्यो बढाउँदा निर्वाचन समितिले एन आर एन स्विजरल्यण्ड र उमेदवारहरुसित कुनै सल्लाह नगरेको गुनासो गरे । त्यसपछि तोकिएको समयभन्दा ढिलोसम्म मतदान गर्न दिएकै हो, अन्त्यमा अब ३० मिनेट समय थपिदिनुस् भनेर अध्यक्षका प्रत्यासी तेनजिङ शेर्पाले आग्रह गरे निर्वाचन समितिसित । मतदाताहरु मत हाल्न बाँकि रहेकाले यो समय मागेको उनले बताए । तर निर्वाचन समितिले ३० मिनेट थप्न मानेन । ‘निर्वाचन समितिले आफू खुशि समय बढाएकै हो, केहि मतदाता मत हाल्न बाँकी छन् आधा घण्टा थपिदिनुस् भनेर आग्रह गरें तर मानेनन्’ शेर्पाले निर्वाचन समितिको कक्षबाट बाहिरिँदै गर्दा भने । निर्वाचन समितिमा हिराबल गुरुङको पक्षका सदस्य धेरै रहेको, निर्वाचन समितिकै मानिसहरु हिराबल गुरुङको पक्षमा लागेकाले यसरि पेलिएको भन्दै अर्को पक्षले आरोप लगाएका थिए । तर यहि कुरा हलभित्रको औपचारिक कार्यक्रममा भने उमेदवारबाट ब्यक्त भएन ।

राजनिति घुसेन, राजनिति घुस्यो

एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चका अध्यक्ष हुन् संजय मुडभरी । आधिकारिक उनीनै हुन् । तर अर्को बागी संगठनपनि छ स्विजरल्याण्डमा । भुमी गुरुङ अध्यक्ष रहेछन् त्यसका । उनी एन आर एन स्विजरल्याण्डको महासचिव पदमा उठेका थिए । उनका प्रतिद्वन्दी संझना थापाले राजनितिक संगठनमा लागेकाहरुले आधिकारिक रुपमा एन आर एनमा उमेदवारी दिन नपाउने भन्दै निर्वाचन समितिलाई उजुरी गरेको बताईन । त्यसको जवाफ नदिएको भन्दै संझनाले बिरोध गरिन् । ‘एन आर एनमा राजनितिक संगठन नेत्रित्वकर्ता उमेदवार बन्न पाइन्न भन्ने नियम छ । भुमी गुरुङ राजनितिक संगठनको नेत्रित्वकर्ता हुन् । तर किन मैले उजुरी दिँदापनि मलाई निर्वाचन समितिली जवाफ दिएन ? राजनितिक संगठनमा लागेका ब्यक्ति कसरि एन आर एनमा उमेदवार बन्न पाए त ? यो त एन आर एनकै बिधान बिरुद्द भएन र ?’ थापाले हलबाटै निर्वाचन समितिलाई प्रश्न गरिन् ।

11873955_10205159890101444_582883025_n

निर्वाचन समितिका बिष्णु थापाले उठेर उनको बचाउ गर्दै भने ‘उहाँले निर्वाचन् समितिसित आफ्नो राजनितिक संगठनका तर्फबाट राजिनामा दिनु भएको छ ।’ तर उनले राजिनामा कहिले, कसरि  दिएको हो भन्ने प्रस्ट्याएनन् । सहभागिहरुले बरु प्रश्न गरे ‘उमेदवार बनेपछि देखाउनैका लागि राजिनामा दिएँ भनेर बच्न पाइन्छ र ?’

गलत पर्यबेक्षण, एन आर एनकै बिधानको गलत ब्याख्या

एन आर एन जर्मनीका आइसिसि सदस्य दावा ग्याल्जेन शेर्पा एन आर एन स्विजरल्याण्डको निर्वाचन पर्यबेक्षण गर्न आएका थिए । तर उनलाई निर्वाचन परिबेक्षणको ज्ञान भएको देखिएन । भुमी गुरुङका बिरुद्द परेको उजूरीमा उनले जानकारि नभएको बताएर निर्वाचन समितिलाई त्यसको जवाफ दिन लगाए । त्यति मात्रै होइन, एन आर एनमा राजनितिक संघ संगठन र ब्यक्तिहरु हुनुपर्छ, राजनितिक नेत्रित्व र दलहरुको संलग्नता बिनाको एन आर एन प्रभावकारी हुन नसक्ने भनेर उनले एन आर एनको बिधान बिपरितनै भनाइ राखिदिए । निर्वाचन पर्यबेक्षण गर्न आउँदा पर्यबेक्षकले मलाई यस्तो थाह थिएन भनेर जवाफ दिने प्रचलन हुन्न । तिनले निर्वाचन प्रक्रिया र प्रावधानका बारेमा सम्पूर्ण जानकारि लिएर प्रस्तुत हुनुपर्ने आम प्रचलन छ ।

11910707_10205159890021442_622728863_n

निर्वाचन भैरहेका बेला निर्वाचन समितिमा पछि गुणराज शर्मा प्रबेश गरेका थिए । निर्वाचन समितिमा नभएका ब्यक्ति किन घुसे ? भनेर बिरोध केहिले गरेका थिए । तर उनी आफू त्यहाँ एजेन्टका रुपमा प्रबेश गरेको बताए । उनी हिराबल गुरुङ र बिनय श्रेष्ठको प्यानलका तर्फबाट एजेन्टका रुपमा गएका थिए । तर श्याम सापकोटा, धिरज रावत, दिवस कार्की, प्रबिन थापालगायतका ब्यक्ति कसरि प्रबेश गरे भनेर अर्को पक्षलेपनि  प्रश्न उठाएको छ । यो निर्वाचन समितिले जवाफ दिनुपर्नेमा दिएका छैनन् । त्यहाँ निर्वाचन समिति बाहिरका मानिसहरु कति छन् भन्नेपनि खुलाएको छैन निर्वाचन समितिले । त्यसैगरि निर्वाचन समितिले मतदाताको अन्तिम नामावलीपनि सार्वजनिक गरेन । यहाँपनि धाँधली भएको हुन सक्ने भन्दै केहिले प्रश्न उठाएका छन् ।

भगौडाको हुटिङ

नेपाल पत्रकार महासंघका संस्थापक संयोजक ददि सापकोटाका लागि यहाँको पत्रकारिता र पत्रकारलाई लागेका साझा कुरा राख्न अनुमति आयोजकले दिएका थिए । उनले आफ्ना कुरा राख्दै, प्रश्न सोध्दै गर्दा प्रमोद भट्ट हुटिङ गरिरहेका थिए । बक्ताले धेरै बोलेको भए, आपत्तीजक कुरा राखेका भए आयोजकले बिरोध गर्नुपर्ने, आफ्ना भनाई छोट्याउन लगाउनुपर्ने थियो । तर यि नेपाल सरकारका भगौडा हलमा उठेर ‘बाहिरको पत्रकारले ह्याँ आएर बोल्ने ?’ भन्दै हुटिङ गरिरहेका थिए । पत्रकार जहाँ जान्छ त्यहिं देखे भोगेका कुरा लेख्छ भन्ने यि बिजुली अड्डाका पूर्व कर्मचारीलाई हेक्का नभएको देख्दा केहि युवाहरुले अचम्म मानिरहेका थिए ।

नेपाल सरकारको जागिर खाए यि भगौडा प्रमोद भट्टले, नेपाल बिद्दुत प्राधिकरणमा । सरकारले भविष्यमा काम लाग्ने, बिदेशको सिप सिकेर प्रतिफल स्वदेशलाइ हुने देखेर स्विजरल्याण्ड तालिमका लागि पठायो । यता तालिम लिँदा उता तलबपनि पड्काए । तर यता सिप सिकिसकेपछि नेपाल सरकारको वर्षौं देखिको लगानी, सिप र आशालाई तिलान्जली दिएर यि यतै दम्पट भए । परिवार ल्याए । पलायन भए ।  नेपाल सरकारलाई लात हाने । अझ यिनै भगौडा नेपाल र नेपालीका नाममा उपदेश दिन चुक्दैनन् । यिनै प्रमोद भट्टलाई आयोजकले एन आर एन स्विजरल्याण्डको बिधान संशोधन समितिको संयोजक बनाएको थियो । यिनले संस्थागत रुपमा भन्दापनि आफ्नै प्राली कम्पनी जस्तो भाषामा बोलेका थिए ‘बिध्यार्थीका अधिकारका कुरा, मतदानका कुरा मैले मैले राखिदिएको छु त ।’ एन आर एनका तर्फबाट बोलेपनि उनले ‘मैले’ भन्दै आफू सर्वेसर्वा बनेर जवाफ दिएका थिए ।

तर यि भगौडाले हुटिङ गर्दा हलबाट पत्रकारले बोल्न पाउनुपर्ने, सोधेका प्रश्नको जवाफ सरोकारवालाले दिनुपर्ने, हलमा उनलाई हुटिङ गर्ने अधिकार नभएको, कसैबाट परिचालित भएको र हलबाट कुनै सरोकार नभएका ब्यक्तिले हुटिङ गर्न नपाउने भन्दै यिनका बिरुद्द केहि युवाहरु आक्रोशित बनेर भट्टलाई चुप लाग्न भनेका थिए ।

एनआरएन स्विटजरल्याण्डमा २०१५१७ को लागि नयाँ नेतृत्व

अध्यक्ष: हिराबल गुरुङ

उपाध्यक्ष: श्याम घले, सिमा गौतम अर्याल

महासचिब: भुमिराज गुरुङ

आइसीसी: बिनय श्रेष्ठ

सचिब: फणिन्द्र पन्त

कोषाध्यक्ष: शुक्र श्रेष्ठ

युवा संयोजक: अर्जुन बास्ताकोटि

सदस्य हरु (निर्बिरोध)

बिजय शर्मा दर्पण (हलभित्रै राजिनामा दिएका)

प्रेम सापकोटा

राम परियार

प्रदिप कुमार बस्नेत

लाल सुनार

किरण कुमार गुरुङ

ठाकुर प्रसाद अधिकारी

त्यस्तै, नयाँ कार्यसमितिमा अध्यक्षका प्रतिस्पर्धी आङ तेन्जिंग शेर्पालाइ आइसीसी सदस्यमा मनोनित गरिएको छ ।

( तस्विर सौजन्य – निराजन श्रेष्ठ, swissnepal.com)

 

तपाइँको प्रतिक्रिया