गित
–गिता थापा, ईजरायल
शिक्षित मात्र भनेर हुन्न चेतना नभए ।
कानुनमा मात्र लेखेर हुन्न ब्यवहारमा नल्याए ।
नारी र पुरुषलाई बरा बरि कानुन बनाउ मात्रै भनेर।
हिंसाको अन्त्य कहिले नि हुन्न नारिले नै नारिलाई अत्याचार गरेर।
नारी हो नारी हामी भएर नारीलाई नै हिंसाको शिकार नबनाउ ।
शिक्षाको गह्रुंगो अहंकार बोकेर नारीलाई नारीको दाश नबनाउ ।
शहरबाट गाउ गाउमा शिक्षाको सुनौलो ज्योति जगाउ ।
शिक्षा मात्रै भएर हुन्न चेतनामा मन लगाउ ।
कानुनमा मात्रै लेखेर हुन्न, हामी सबै मिलेर पालना नगरे।
शिक्षा मात्रै लिएर हुन्न,चेतना मनमा भरी चेतन्सिल बन्ने हामीले बानी नगरे।





