नेपालप्लसको समाचार प्रमाणित, नेपाली ठग्ने मानव तस्करहरु पोर्चुगलमा पक्राउ
(नेपालीहरुलाई गकाएर ल्याएर ठग्नेहरु यिपनि हुन् । यिनको ठगीका बारेमा पटक पटक समाचार निस्किएको थियो।)
पोर्चुगलमा क्रिषीमा काम लाउने भन्दै पोर्चुगाली नागरिकले धेरै नेपाली ठगे । धेरैको बिचल्लीपनि भयो । सुब्रत रिमाल भन्ने एक जना नेपालीलाई त यो कम्पनीका मालिकले कुटपिट गरेका थिए । उनलाई यातना दिएपछि उनको दुबै म्रिगौलाले काम गर्न छोडेको थियो । (उनको बारेमा यस अघि प्रकाशित समाचार यहाँ क्लिक गरेर पढ्नुस्) त्यहाँ बसेर क्रिषीमा काम लाउने भन्दै मानव तस्करी गर्ने आल्मेरिम कंपनीको ठगी र तस्करीका बारेमा नेपालप्लसले यस अघि पटक पटक समाचार बनाउँदै आएको थियो । अहिले यो कंपनीका मानिसहरुलाई मानव तस्करी गरेको आरोपमा त्यहाँको आतंककारी गतिबिधी बिरुद्द काम गर्ने प्रहरी र अपराध अनुसन्धानमा संलग्न प्रहरीले पक्राउ गरि जेल चलान गरेको छ । ढिलै भएपनि नेपालप्लसको समाचार प्रमाणित भएको छ ।
(यो मानव तस्करीको आरोपमा पक्राउ गरिएको बारे पोर्चुगलको पत्रिकामा निस्किएको समाचार)
पोर्चुगलका फेर्नान्डेज, जेम्स, र रोनी भन्ने दलालहरूले क्रिषी फर्म नयाँ नयाँ खोल्ने र त्यसैका नाममा नेपाल गएर नेपालीहरु ओसार्ने गरेका थिए । क्रिषीमा काम सजिलो हुन्छ, छ महिनामा युरोपको आवाशिय भिसा मिल्छ भन्दै फकाएर ल्याउने र यहाँ ल्याएपछि दुई वर्षसम्मपनि कागजी प्रक्रिया नपुर्याइदिने, तोकेको तलब नदिने, थुनेर राख्ने, स्वास्थ्य बिमा नगरिदिने, बिरामी परेमा खर्चको लोभले निकाला गरिदिने र त्यहाँ तोकेको रकमपनि नदिने गर्दै आएका थिए । पोर्चुगलका अर्का दलाल रिकार्डो फिलिप द ओलिभियरा हुन् । रिकार्डोले चाहिँ इन्स फोर्मोस्ट कम्पनीबाट नेपाली, पाकिस्तानी, बंगाली, भारतिय र एशियाका अन्य मुलुकका नागरिक ओसार्ने गरेका थिए । दलाल रिकार्डो फिलिप द ओलिभियराको फर्मोस्ट भन्ने कंपनी छ । यसमा रिकार्डो भन्ने बढि सक्रिय थिए नेपाली ओसार्नमा । उनले यहि कंपनीका नामबाट मान्छे ओसार्ने गरेका हुन् । उनकी पत्नी इन्स चारुवा द ओलिभियरालेपनि रीकार्डोलाई साथ दिँदै आएकी छन् । इन्स ओलिभियरा यो फर्मोस्ट कंपनीमा ब्यवस्थापक (मेनेजर) छिन् । यि भने कारवाहीमा परेका छैनन् । तर प्रहरीले यिनको पनि छानबिन गरिरहेको नेपालीहरुले बताएका छन् । नेपाल गएर नेपालीसित दलाली गर्ने, फकाउने र ओसार्ने काम गर्ने चाहिँ इजरायली मूलका रोनीले गर्दै आएका थिए । पोर्चुगाली पत्रपत्रिकाले यिनको नाम उल्लेख गरेको छैन । तर स्रोतका अनुसार यि मानव तस्करहरु हाल पक्राउ परेका हुन् ।
त्यसो त यिनको ठगीका बारेमा र यिनले ठगेका कम्पनीका बारेमा नेपालीहरु जानकार नभएका होइनन् । पोर्चुगल आएर यिनीहरुको फर्म मा काम गर्ने नेपालीहरुले भने मुख खोल्न डराउँथे । यिनको अत्याचार भोग्नेहरू धेरै छन् । तर कागज बिग्रिएला, कुटपिट गर्लान र ज्यान जोखिममा पर्ला भन्ने दरले मुख खोल्नै डराउँथे । उता नेपालबाट आ उनेले भने मेसो पाउँदैनथे । किनभने यिनको ठगीको बारेमा पत्रपरिकामा सार्वजनिक हुनासाथ वा बदनाम भएपछि यिनले अर्को नाममा नयाँ कम्पनी खोल्ने गरेका थिए ।
यि ठगहरुले हजारौं नेपालीहरु ल्याइसकेका छन् । ति मध्ये अब करिब पाँच सय नेपालीहरु अलपत्र हुने र तिनको आवाशिय भिसापनि अनिश्चित हुने भएको छ । किनभने यि दलालहरुले नेपाल लगायत एशियाका अन्य मुलुकबाट कामदारहरु भित्र्याउँदा मेडिकल सर्टिफिकेट (स्वास्थ्य प्रमाण पत्र) पनि नक्कली बनाएका रहेछन् । यि सबै प्रमाणका आधारमा तिनलाई पक्राउ गरिएको हो ।
यि तस्करहरुसित मिलेर त्यहाँका केहि ब्यापारी र आफूलाई उच्च श्रेणीको स्थापित हुँ भन्ने नेपालीहरुपनि संलग्न रहेको नेपालीहरु बताउँछन् । तर पोर्गुगाली प्रहरीले भने तिनलाई पक्राउ गरेको छैन । तिसित संवद्द नेपालीहरुको खोजबिन र अनुसन्धान भने गरिरहेको नेपालीहरुले बताए ।






