गगन थापाको नाममापनि भूकम्प पिडित र द्वन्दग्रस्त वालवालिकाको रकम हिनामिना, नेतालाई युरोप भ्रमण
बिदेशमा द्वन्द पिडित वालवालिकाको लागि भनेर उठाएको रकम नेतालाई त खर्च गरियो नै । बिरामी खर्च, संस्थाको ऋण तिर्ने, नेताको भाषण कार्यक्रम गर्दा खर्चपनि गरियो । यस अघि नेपालप्लसले एक स्रोतबाट पत्ता लगाएको थियो र त्यहि स्रोतका आधारमा समाचार लेखेको थियो । तर अहिले नेपाली जनसम्पर्क समिति बेल्जियमको कार्य समितिकै सदस्यले लिखितरुपमा सार्वजनिक गरेको लेखित प्रमाण फेला पारेको छ ।
नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपालमा आर्थिक रुपमा विपन्न रहेका द्वन्द्व प्रभावित वालवालिकाहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्धेश्य अनुरुप कोष स्थपना गर्ने भन्दै गत अगस्ट ११ मा बारबाक्यु आयोजना गरेको थियो । सिन्धुपाल्चोक जिल्लामा बाढीले बिचल्ली पारेका वालवालिका तथा अन्य बिपन्न वालवालिकाहरुलाई सहयोग गर्ने भन्दै नेपाली जनसंपर्क समितिका अध्यक्ष सन्तोस जोसी आफैंले बेल्जियमका नेपालीहरुलाई त्यस कार्यक्रममा सहभागि हुन २ अगस्ट २०१४ मा लिखित आव्हान गरेका थिए ।
(हेर्नुहोस सन्तोस जोसीले त्यहाँका अन्य संघ संस्थाका अध्यक्षहरुलाई आव्हान गरेर लेखेको पत्र)
११ अगष्टको वारविक्यु कार्यक्रम गरि करिव ७ लाख रुपयाँ जम्मा गरेको नेपाली जनसंपर्क समितिका कोषाध्यक्ष दिनेश भण्डारीले सार्वजनिक गरे । करिब १० लाख रुपयाँ जम्मा गर्ने लक्ष्य रहेकोपनि बताए । उनले सिन्धुपाल्चोकको जुरेका पहिरो पीडितहरुलाई सहयोग गर्ने भन्दै बेल्जियमका नेपालीको मन जित्ने कोसिस गरे ।
बारबाक्युबाटनै ५८१२ युरो आम्दानी भयो । भूकम्प पिडितका लागि भनेर फेरि ५९७५ उठाए । कोषाध्यक्षका अनुसार अन्य नेपालीहरुबाट अर्को ८७५ युरो उठ्यो । यसरि १२ हजार छ सय ६२ युरो जम्मा पारे । यो रकम लक्ष्य भन्दा बढि हो । उनीहरुले जम्मा १० हजार युरो उठाएर कोष बनाउने घोषणा गरेका थिए ।
द्वन्द पिडित र भूकम्प पिडितका लगि भनेर उठाएको रकम भने पहिलो शिर्षकमै ऋन तिर्न खर्च गरे । दिनेश भण्डारीले सार्वजनिक गरेको सूचीको पहिलो शिर्षकमै अघिल्लो समितिको ऋण २५० युरो तिरेको, बुझबुझारथ भन्दै अर्को दुई सय ५० युरो लेखिएको छ । त्यो भन्दा अझ आपत्तीजनक र मनपरी त के छ भने शेरबहादुर देउवालाइ बेल्जियम बोलाएर कार्यक्रम गर्नपनि त्यहि रकम दुरुपयोग गरेका रहेछन् । द्वन्दपिडित वालवालिकाको नाममा उठाएको एक हजार छ सय ६५ युरो शेरबहादुर देउवाको कार्यक्रममा खर्च गरेको कोषाध्यलेनै सार्वजनिक गरिदिएका छन् । (हेर्नुस् राजेन्द्र भण्डारीले सार्वजनिक गरेको सूची) ।
गुरु टेकराजलाई टिकट भन्दै पाँच सय युरो खर्च गरेर अर्को दुरुपयोग गरेका छन् । महामन्त्री मार्फत बिरामीलाई एक सय ९५ युरो दिएकोपनि उल्लेख छ । बाढी पिडितका नाममा पैसा उठाएपनि बाढी पिडितलाई भने जम्मा पाँच सय युरो सहयोग दिएको उल्लेख छ । दिनेश भण्डारीले सन् २०१३ बाट २७ जुलाई २०१५ सम्म आएको रकम भन्दै सार्वजनिक गरेको सूचीमै यो आर्थिक हिनामिना छर्लङ्ग देखिन्छ ।
त्यसैगरि उनीहरुले आन्तर्पेन स्तादलाई बिल तिरेको भन्दै दुई सय ३५ युरो लेखेका छन् । तर खर्च भने स्तादकालागि हो खुलाईेको छैन । अझ लाजै मर्दो पक्ष त उनीहरुले नेपाली जनसंपर्क समितिको नाममा बैठक बस्दापनि नेपालका पिडित वालवालिकाको नाममा उठाएको रकम खर्च गर्दा रहेछन् । खाजा र जाँडपानीको ब्यवस्थापनि त्यसैबाट गरिने रहेछ । स्वच्छ, स्पष्ठ बक्ता र केहि गर्छ भनेर धेरैले आश गरेका युवा नेता गगन थापाको नाममापनि खर्च गरेछन् । गगन थापा र धनराज गुरुङलाई बेल्जियम बोलाएर राजनितिक कार्यक्रम गर्दापनि एक हजार छ सय १२ युरो खर्च गरिएछ । त्योपनि त्यहि द्वन्द पिडित वालवालिकाको नाममा उठाएको रकम दुरुपयोग गरिएको रहेछ । त्यति मात्रै हो र ? गंगाको वेभ र बैंक खर्च भन्दै पाँच सय युरो लेखिएको छ । त्यो बैंक खर्च केका लागि हो, कसको वेभ हो ? खुलाईएको छैन । को गंगा हो त्योपनि स्पष्ठ छैन ।
साईकल यात्रीलाई सहयोग गर्नपनि भूकम्प पिडित र द्वन्द पिडित वालवालिकाकै नाम बेचेका छन् । त्यहि कोषबाट साईकल यात्रीलाई एक सय युरो दिईएको रहेछ । क्रियाशिल सदस्यतामा नपुगेको ६४ युरोपनि त्यहि कोषको रकमबाट तिरिएको छ ।
भूकम्प पिडित र द्वन्द पिडितका नाममा १२ हजार छ सय ६२ युरो आम्दानी गरेर भूकम्प पिडितलाई भने जम्मा पाँच हजार चार सय ३३ युरो मात्रै खर्च गरेका छन् । भूकम्प पिडितका नाममा गरिएको त्यहि खर्चपनि कहाँ के कसरि गरिएको हो खुलाईएको छैन । त्यसमध्येपनि अन्य शिर्षकको रकम जोडिएको छ । बाँकी रकम नेताको भ्रमण लगायत बैठक बस्ने, अन्यत्र चन्दा दिने गरेर सकिएको छ । द्वन्द पिडितका नाममा उठाएको रकम मध्ये करिब सात हजार दुरुपयोग गरिएको कोषाध्यक्षले सार्वजनिक गरेको सूचीलेनै स्पष्ठ पार्छ । यत्रो रकम उठाएर नेपाली जनसंपर्क समितिसित बाँकी भने जम्मा दुई सय १५ युरो रहेको देखाइएको छ ।





