बेल्जियममा गोर्खा स्मारक, किन ढाँट्यो दुतावासले ? कति भयो भ्रस्टाचार ?

  • सन्तोष न्यौपाने / बेल्जियम

statue-in the-memory-of-Gorkhas-in-Belgium

बेल्जियमस्थित नेपाली दुताबासले गत बिहिबार पहिलो विश्वयुद्दमा युरोप आएर लड्दा बिरगती पाएका नेपाली सेनाको स्मरणमा बनाएको गोर्खा स्मारकको उद्घाटन गरेको छ । उक्त कार्यक्रम बेलुका ७ देखि ७ ३० बजे राखिएपनि दुतावासले आफना निकट बाहेक अरु नेपालीहरुलाई कुनै सुचना नै प्रवाह गर्न सकेन । अप्रिल २७ का दिन उद्घाटन कार्यक्रम भएतापनि भुकम्पले गर्दा दुतावासले मिति पर सारेको थियो ।

स्मारक निर्माण गर्दा कती खर्च लागेको हो भन्ने बारेमा मेडिया र बेल्जियमका नेपालीहरुले जानकारी माग्दापनि राजदूत राममणि पोखरेलले ‘सबै कुरा उद्घाटनका दिन सार्वजनिक हुन्छ’ भन्दै खर्च बिवरण सुनाउन अस्विकार गर्दै आएका थिए । तर त्यस दिनमा पनि यो विषयमा स्पष्ठ नपारेकोउपस्थितहरु बताउँछन ।

बेल्जियममा रहेका नेपाली समुदायले स्वैच्छिक सहयोगमा रकम संकलन गरेर निर्माण गर्न खोजेका थिए, उक्त स्मारक । तर उक्त स्मारकलाई राजनैतिक पुर्वाग्रहको आधारमा नेपालका राजनैतिक नेताहरुलाई प्रभावमा पारी स्मारक निर्माणको लागि ५५ हजार यूरो  हिना मिना गरेको कुरा पनि अहिले चर्चामा छ । तर दुताबास स्रोत यो कुरा स्विकार गर्न तयार छैन । अनुमानित १० देखि १५ हजार युरोमा निर्माण हुने उक्त स्मारकका लागि नेपाल सरकारले कुन प्रकुयावाट उक्त रकम विनियोजन गरेको छ भन्ने कुरा गुपचुप राखेको दाबी बिगतमा यो योजनामा खटीएका नेपालीहरुको रहेको छ ।

नेपाली दुतावासले निर्माण गरेको स्मारक कमनवेल्थ वार ग्रेभ कमिशनको निर्देशनले भत्काउन वाध्यात्मक स्थिती बनाइदियो । निर्माण कार्य पुरा भई उद्धाटन हुन नपाउँदै उक्त स्मारकको आधार चर्केकाले गुणस्तरहिन सामाग्री प्रयोग गरेको भन्दै कमन वेल्थ वार ग्रेभ कमिसनले  इपरको मापदण्ड भित्र नपरेकोले उक्त स्मारक भत्काई नयाँ बनाउन लगाएको हो । जसका कारण देशको लगानी दोब्बर खर्च भयो । कमिशनले पहिला बनाएको स्मारक चकिर्एको,कच्चा समान प्रयोग गरिएको तथा स्थान परिवर्तन गरेर बनाएको हुँदा भत्काएर नयाँ निर्माण गर्न लगाएको थियो ।

स्मारक निर्माण क्रममा यहाँका नेपाली तथा नेपाली संघस्थाहरुले आफुलेनै रकम उठाएर निर्माण गर्ने योजना बनाएका थिए जसले गर्दा देशको रकम देशमै खर्च गर्न सहयोग पुग्ने थियो । तर त्यो कार्य हुन पाएन ।

सुरुवाती चरण

चार वर्ष अघि सुजाता कोइराला पररास्ट्र मन्त्रि रहँदा बेल्जियममा राजदुत एमाले कोटाबाट आएका प्रमेश कुमार हमाल थिए । सोहि अवसरमा बेल्जियम आएकि कोइरालालाई लिएर यहाँका केहि नेपाली इपर पुगेका थिए । पहिलो र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका नेपालिहरुको सम्झनामा बेल्जियमको ईपरमा स्मारक निर्माण गर्नुपर्छ भन्ने आवाज उठेको थियो । पछि यहि आवाजलाई अरु संघसस्थाहरुले तदारुकताका साथ लिएर हिँडे । यो कार्यमा प्रमुख रुपमा ज्यन्तु सस्क्रितम अभियानका राधाकृष्ण अधिकारी र पूर्ण तिमिल्सिनाको समुह लागि परेको थियो | राजदुत हमाल छँदा यो कार्यले पुर्णता पाउन सकेन । हमालको कार्यकाल पछि एमाओवादि कोटाबाट प्रचण्ड निकट रहेका राममणि पोखरेल राजदुत बनेर बेल्जियम आइपुगे । तर शुरुबाटै उनको दाँतमा ढुंगा लाग्यो । आफ्नै पार्टिका कार्यकर्ताहरुले बेल्जियममा पुर्ण सहयोग गरेनन् । बिवादास्पद भाषण गर्दै गए । त्यसले उनलाई नै पछि पार्ने काम गर्‍यो । माओवादि निकट रहेको जनप्रगतिशिल मंच बेल्जियमका अध्यक्ष सुरेन्द्र भुषालले उपनियोग प्रमुख कुमार खरेललाई धम्काए । खरेलले उनीसित माफि माग्छुसम्म भन्न भ्याएका थिए । राजदुतको पहिलो असफलतानै यहि थियो ।

प्रथम विश्वयुद्धमा लड्दा बेल्जियमको इपरमा नेपालीहरुले विरगति प्राप्त गरेका थिए । रोजगारीको शिलशिलामा तत्कालिन ब्रिटिस इन्डियाको सेनाका विभिन्न रेजिमेन्ट तथा बटालियनहरुमा संलग्न भएर नेपाली गोर्खालीहरु इपर आएका थिए । बिशेषत पहिलो गोर्खा राईफल, चौथो गोर्खा राइफल, वर्मा मिलिटरी पुलिस र आसाम राईफल इपर आएर युद्ध लडेको दस्तावेजले देखाएको छ । उनिहरुको सम्झनामा बेल्जियमबासी नेपाली समुदायले स्मारक निर्माणको लागि स्पष्ट योजना सहित दावी गर्दै आएका थिए । यसमा महत्वपुर्ण भुमिका तमु समाजले खेलेको थियो । पछि एन आर एन बेल्ज्यिम पनि समावेश भयो । धेरै छलफल भए । तर स्मारक बनाउनेमा दुतावास र संस्थाहरुले  सहि निर्णय लिन सकेनन् र दिन पनि सकेनन । तर त्यसलाई लत्याएर आफ्नो ढंगबाट एकतर्फी रुपमा बेल्जियमस्थित नेपाली दुतावासले स्मारक बनायो । 

सकारात्मक पक्ष 

हुनत राजदुत पोखरेल बेलाजियममा प्रवेश गरे देखिनै उनको गलत कार्यशैलीको कारणले निरन्तर आलोचनाको पात्र बनेका छन् । नेपाली समुदाय र दुतावासबिच टकराव देखा परेपछि विगतमा इपर प्रशासनले नेपाली समुदायको प्रस्ताव अनुसार मिलिजुली निर्माण गर्न दुबै तर्फकालाई पत्राचार गरेको यहाँ स्थित संघसस्थाहरु बताउँछन । तर दुतावासले सामाजिक विग्रहको कारण एकतर्फी रुपमा स्मारक निर्माण गर्‍यो । सधै कलहमै सिमित रहेको स्मारक निर्माणले पूर्णता पाएको छ । अब स्मारककै लागि भनेर सस्था सस्थाबिच टुटफुट र विवाद सदाको लागि दुताबासले अन्त्य गरिदिएको छ । यसमा चाहीँ बेल्जियममा भएका अधिकांशको सकारात्मक तर्क देखिन्छ । तर दुताबासको कार्यशैली र प्रक्रियामा पूर्णत धेरैले मानिरहेका छैनन् । यो शैलीको बिरोध गरेको देखिन्छ । 

अविश्वसनीय तर्क 

स्मारक बनाइएको इपर नगरका प्रमुखले नेपाली समूदायले बनाएको स्मारक निर्माण समितिसित गत वर्ष भेटघाट गरेर जानकारी लिएका थिए । उनीहरुका अनुसार उक्त स्मारक निर्माणमा इपर प्रशासनको तर्फवाट निर्माणको लागि कुनै भौतिक तथा आथिर्क सहयोग नहुने कुरा स्पष्ट पारेका थिए । तरपनि दुतावासले दोहोरो निर्माण खर्चको आलोचनावाट आफुलाई जोगाउन उक्त स्मारक निर्माण कार्यमा कमनवेल्थ ग्रेभ कमिशन इपरले आथिर्क रुपमा सहयोग गरेको सफेद झुट बोलेको स्रोत बताउँछ । कमिशनले उक्त क्षेत्रको संरक्षणको मात्र काम गर्दछ । यसै बिषयमा पटक पटक राजदुत राममणि पोख्रेलसंग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् । उता प्रथम सचिव लक्ष्मण खनालका अनुसार स्मारकको लागि चाहिने मुर्ति नेपाल सरकारले पठाएको थियो भने स्मारक निर्माणको भौतिक खर्च सबै इपर नगरपालिका र कमनवेल्थ ग्रेभ कमिशनले गरेको छ । यसमा नेपाल सरकारको कुनै पनि लगानी परेको छैन ।

तपाइँको प्रतिक्रिया