भूकम्प पिडितलाई सहयोग गर्ने बेल्जियमको मनकारी मोर्चा
राजनीतिक संगठन भएपनि सधैं राजनीतिमै मात्रै सिमित हुँदैनन् राजनीतिक मोर्चा, दलका भात्री संगठनहरु । परवासमा रहेका नेपालीहरुलाई झन मन पोल्छ, मात्रिभूमीमा संकट पर्दा । तिनको झन झन भक्कानिन्छ जन्मथलोका दाजुभाई, दिदीबहिनीहरु बिपतमा पर्दा । तिनका मनहरु छिया पर्छन, उता बास र थात थालो गुमाउँदा आफ्न दाजुभाई रोएको देख्दा । त्यसैले ति पिरोलिन्छन् । हुटहुटीले सताउँछ । कठिन काम गरेर थाकेका बेलापनि ति फेरी मातृभूमीका लागि एकाध घण्टा कम सुतेरपनि खटिन्छन् । साप्ताहिक बिदा त भयोनै, काममा छुट्टी लिएरपनि राहत बटुल्न दगुर्छन् । मनकारीहरुका दैला दैला चाहरेर दुखी नेपालीको अनुहार संझँदै राहत बटुल्छन् । बिनासकारी भूकम्पले यस पटक हजारौ नेपालीको उठिबास लगाउँदा बेल्जियममा रहेको नेपाली जनप्रतिशिल मोर्चाले त्यसै गर्यो । मोर्चाका आफूहरुले त दह्रै सहयोग बटुलेनै । तिनले बेल्जियमबासी मनकारी नेपालीका दैला दैला चहारेरपनि राहत मागे । जम्मा पारेर नेपाल पठाए ।
महाभुकम्पले प्रभावित नेपाली दाजुभाइ तथा दिदीवहीनीहरुलाई सहयोग गर्नका लागि नेपाली जनप्रगतिशील मोर्चा,बेल्जियमको अभियानमा मोर्चाले ७,१२४ युरो (८१५,००० नेपाली रुपियाँ) संकलन गर्यो । उसले गत साल बाढि गएका बेलापनि पीडित क्षेतमै गएर पिडितका हातैमा सहयोग बाँडेको थियो । त्यही कर्म देखेरपनि सायद बेल्जियमका नेपालीले यिनलाई दिए । दुरुपयोग हुन्न भनेर मन फुकाएका होलान, सहयोगमा । उक्त रकम वरावरको राहत सामाग्री भुकम्पले अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, काभ्रे , रामेछाप र नुवाकोट लगायतका जिल्लाका विभिन्न गाउँमा गएर सिधै बितरण गरे ।
बितरण कहाँ, कती र कसरी गरियो भन्ने पारदर्शी पारा पनि मोर्चाले देखाइदिएको छ । सिन्धुपाल्चोक, साँगाचोक ८ र ९ वडा । भीमटारको २६८ घर, माझि वस्तीमा २५० बोरा चामल ३० केजी प्रतिवोराका दरले । प्रतिबोरा १०५० रुपैयांका दरले दुई २,६२,५०० रुपियाँ खर्च भयो । २० थान त्रिपालको हजारका दरले रु २०,००० लाग्यो । वालवालिकाहरुलाई कलम,विस्कुट, खेलौना लगायतका सामाग्रीसहितको ३०० पोकाको रु ३०० का दरले ९०,००० हजार खर्च भयो । रु १२,५०० बराबरको आलु, प्याज, तेल, चिनी, वितरण गरियो ।
त्यस्तै, काभ्रेको, बालकोट, नाल्दुमका २०० घरपरिवारलाई २०० वोरा चामल दिए, प्रती ब्यक्ती ३० केजीका दरले प्रतिवोरा १०५० रुपियाँ भाउमा । २१०,००० रुपियाँ दोलखा,भिमेश्वर न.पा ८ मा १०० घरपरिवारलाई १०० बोरा चामल दिए । त्योपनी ३० केजी प्रति वोराका दरलेनै । यहाँ भने ११०० का दरले प्रतिबोरा चामलको ११०,००० रुपियाँ पर्यो । रामेछाप मन्थलीका विभिन्न वार्डका २०० दलित घर परिवारहरुलाई १०० वोरा चामल प्रती परिवार ३० केजीका दरले । प्रति वोरा ११०० का दरले खरिद गरेर ११०,००० रिपियाँ वरावरको राहत दिए ।
त्यसो त, जनप्रतिशिल मोर्चाले अन्यत्रपनि सहयोग गरेको छ । नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलले संकलन गरेको ५०,००० रुपैयाँ वरावरको चामल नुवाकोटको थानसिंग गाविसका जनता र कुमारी गाबिसका सहिद परिवारहरुलाइ वितरण गरेको थियो ।
समग्रमा जन प्रगतिशिल मोर्चाले गरेको राहत संकलन अभियानबाट प्रत्यक्ष रुपमा करिब ८०० घरपरिवार लाभान्वित भएको मोर्चाले बताएको छ । भुकम्पले अतिप्रभावित क्षेत्रमा नेकपा माओवादीका महासचिव विप्लव आफैं गएर राहत वितरण गर्ने,भुकम्प पिडितका लागि टहरा निर्माण गर्ने काममा सिंगो पार्टीलाई परिचालन गरेका थिए । उनी आफ्ना कार्यकर्तासित लाम लागेर अहोरात्र खटेकाले मोर्चाले संकलन गरेको उक्त रकम वरावरको राहत नेकपा माओवादीको व्यवस्थापनमा वितरण गराउने निर्णय जनप्रतिशिल मोर्चा बेल्जियमले गरेको मोर्चाका अध्यक्ष प्रेम पाठकले बताए । ‘हाम्रो अनुरोधलाई स्वीकार्दै उक्त राहत नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’आफैले विभिन्न ठाउँका भुकम्प पिडितहरुलाई वितरण गरेका हुन् । यस राहत वितरण अभियानमा लाग्ने प्रसासनिक तथा ढुवानी खर्च पार्टीको संयोजनमा स्थानीय पार्टीसमितिले व्यहोरेको थियो ।” राहत बितरण गर्दा लागेको खर्च समेत बिप्लव माओवादीकै पार्टीले ब्यहोरेको जानकारी दिँदै पाठकले बताए ।
मोर्चाले यस अभियानमा सहयोग गर्नेलाई भुलेको छैन । मोर्चाको बिज्ञप्तीमा भनिएको छ “प्रवासमा रहेका नेपालीहरुले यो दुखद घडिमा गरेको यो सहयोगलाई नेकपा माओवादी, त्यहाँका भुकुम्प पिडितका साथै जिल्लाका स्थानीय राजनीतिक पार्टी र बिभिन्न सरकारी, गैरसरकारी निकायका अधिकारीहरुले उच्च मुल्यांकन गरेका छन् ।” अन्त्यमा धन्यवाद दिँदै भनिएको छ “उक्त अभियानमा सहयोग गर्नुहुने नेकपा माओवादी, विभिन्न व्यक्तित्वहरु, उक्त अभियालाई प्रचार प्रसार गरेर सहयोग गरिदिनुहुने पत्रकार मित्रहरु र निम्न सहयोगीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।” यो सहयोग कसकसले गरेको थियो त ? मोर्चाले नाम र रकम समेत सार्वजनिक गरिदिएको छ ।
- Sushila Parajuli / Bishnu Bhujel 1000 Euro
- Sher B. Chhantyal 600 Euro
- Mukuna Rai 500 Euro
- Kul Magar 500 Euro
- Prem Pathak 400 Euro
- Dil Ale / Sita Ale 350 Euro
- Mekh Tamu 305 Euro
- Badan Yonghang 300 Euro
9 . Arbin Ghale 205 Euro
- Bishnu Sharma 200 Euro
- Rakendra Ghimire 150 Euro
- Ram B. Gurung / Chij K. Gurung 150 Euro
- Pupusha Kirati 101 Euro
- Jagannath Bhattrai 101 Euro
- Ash B. Gurung 100 Euro
- Sirjana Gurung (Germany) 100 Euro
- Som Thanet 100 Euro
- Diwas Thapa 100 Euro
- Purna Regmi 100 Euro
- Ramesh / Indira Karki 100 Euro
- Mani Rai 50 Euro
- Tika Chhantyal 50 Euro
- Khadga Gurung 50 Euro
- Sita KC 50 Euro
- Rupesh Blon 50 Euro
- Mingmar Lama 50 Euro
- Sirjana Mahato 25 Euro
- Pradeep Thanet 25 Euro
- Sudeep Thanet 25 Euro
- Om Tharu 25 Euro
- Hom Chhantyal 20 Euro
- Gaurav Chhantyal 20 Euro
- Ishwar Pathak 20 Euro
- Pratika Pathak 20 Euro
- Grisma Pathak 20 Euro
- Aaditya Pathak 20 Euro
- Ang Babu Shrepa 20 Euro
- Mukti Gurung 20 Euro
- Bishnu Thanet 15 Euro
- Maya /Ishowari Thanet 20 Euro
- Karls Veilsel (Turkey) 220 Euro
- Prakasha Lal/ Shantilal Mali (India) 202 Euro
- Marko Min (Belgium) 80 Euro
- Sarif (Kashmir) 50 Euro
45.Tom Dyck (Belgium) 50 Euro
- Yeves (Lunch Box, Belgium) 50 Euro
- Caroline (Belgium) 40 Euro
- Koen Dyck (Belgium) 20 Euro
- Roy Arfts (Belgium) 20 Euro
- Nadia (Caffe Athene, Belgium) 20 Euro
- Tenver Kazi 20 Euro
- Said Belarbi 15 Euro
- Sofie Come (Belgium)10 Euro
- Van L. Danny (Belgium) 10 Euro
- Karna BK – 100
- Diane Bruggeman -200
————————————————–
Total Amount : 7124 euro










