भूकम्प पिडितका नाममा बोलेको सहयोग नदिने कोको परे बेल्जियममा ?
- सन्तोष न्यौपाने/ बेल्जियम
पासापुच बेल्जियम र जनसम्पर्क समिति बेल्जियमले भूकम्प पिडित सहयोगार्थ एन आर एन बेल्जियमलाई दिनुपर्ने रकम अझै दिएका छैनन । भूकम्प गएको तेस्रो दिन एन आर एन बेल्जियमले राखेको आपतकालीन बैठकमा दुवै सस्थाले सबै रकम तत्काल नेपालमा सहयोग स्वरूप एन आर एन बेल्जियमलाइ दिने भनेर बोलेका थिए ।
पासापुच बेल्जियममा रहेका नेवारहरुको हकहितको लागि खोलिएको सस्था हो भने जनसम्पर्क समिति नेपाली कांग्रेशको भात्री संगठन हो । आपतकालीन बैठकमा पासपुचमा रहेका तथा एन आर एन ए युरोपका संयोजक समेत रहेका अर्जुन कुमार श्रेष्ठ र चिज कुमार श्रेस्ठले पासापुच बेल्जियममा रहेको सबै रकम एन आर एन बेल्जियमलाइ प्रदान गर्ने भनेर सार्वजनिक रुपमा भनेका थिए । तर अहिलेसम्म उक्त रकम एन आर ऐनको खातामा जम्मा गरिएको छैन । बरु पासापुचले बिभिन्न ठाउँहरुमा सांगीतिक कार्यक्रम गरिराखेको छ ।
पासापुचले आफैले १० देखि १२ हजार यूरो रकम संकलन गरिसकेको छ । तर एन आर एन बेल्जियमलाई आफुले बोलेको रकम अहिले सम्म दिएको छैन । त्यतिखेर तत्काल सहयोग गर्ने भनेर रकम बोलेको एन आर एन बेल्जियमले जनाएको छ ।
त्यस्तै, आफ्नै रेस्टुरेन्ट ब्यबसाय गरिरहेका पासापुचका चिज कुमार श्रेस्ठले एकदिनको कमाई र आफ्नो रेस्टुरेन्टमा काम गर्ने सात जना कामदारको एकदिनको तलब एन आर एन मार्फत् तत्काल दिने घोषणा गरेक थिए । उनले त्यो रकमपनि अहिले सम्म नदिएको एन आर एन बेल्जियमले जनाएको छ । यो आफैमा लज्जास्पद बनेको छ ।
उता आपतकालीन बैठकमा १० हजार यूरो दिने घोषणा गरेका नेपाली जन सम्पर्क समिति यूरोपका महामन्त्री समेत रहेका गंगाधर गौतमले उक्त रकम दिएका छैनन् । नेपाली जनसम्पर्क समितिले उक्त रकम दिने भनेपनि अहिले सम्म नदिएको हो ।
‘ पासापुचका चिजकुमार श्रेष्ठ र एन आर एन ए युरोपका संयोजकसमेत् रहेका अर्जुन कुमार श्रेष्ठले उतिखेरै सस्थाको कोषमा भएको रकम सबै एन आर एनलाइ प्रदान गर्छौं भने । अहिलेसम्म हामीलाई हात परेको छैन । ‘ एन आर एन बेल्जियमका अद्क्ष्य प्रेम गुरुङले दुख मनाउ गर्दै भने ‘१० हजार दिन्छु भन्ने गंगाधर गौतमले जन सम्पर्क समिति मार्फत अझै दिएका छैनन् ।’ गुरुङका अनुसार जनप्रगतिशिल मञ्च बेल्जियमका चित्र सुबेदीलेपनि आफ्नो सस्थाबाट केहि सहयोग गर्ने बताएका थिए । तर अझै सम्म उनबाटपनि एन आर एनलाई सहयोग हात परेको छैन । तमु समाज बेल्जियमले पनि सहयोगको बचन त दियो । तर सहयोग भने एक सुको दिएको छैन ।
केहि सस्थाले रकम नदिएपनि एन आर एन बेल्जियमले भूकम्प पिडितहरुको लागि अहिलेसम्म ५७ हजार ५ सय यूरो नेपाल पठाइसकेको छ । पहिलो लटमा १० हजार युरो, दोस्रोमा २० हजार युरो र तेस्रोमा २७ हजार ५ सय यूरो गरेर उक्त रकम पठाइसकेको छ ।
बेल्जियममा बिगतमा पनि महायज्ञ संचालन गरेर लाखौ रकम उधारो बोलिएको थियो जसका कारण न त अहिले सम्म नेपाल हाउस बन्न सकेको छ न उक्त रकम संकलन हुन् सकेको छ । तरपनि भूकम्प पिडितहरुको लागि बोलेको रकम संस्थागत रुपमै उधारो हुनु भनेको सस्थाको छबि माथि शंका उठ्नु हो ।





