गिती कविता : आँखा छोपेर रोउली

  • गीता थापा / इटहरी

gita-thapa-1212121222

भेटेन भनेर मन दु:खाउदै आँखा छोपेर रोउली

सधैंको हतार छ मलाई फुर्सदमा तिमी होउली

++++++++++++++++++++++++++++++

हतारको चटारोले तिम्रो समिप हुन नपाउँदा

भकानिन्छ यो मुटु दिल खोलेर रुन नपाउँदा

++++++++++++++++++++++++++++++

साथको बरदान मागेर भगवानको पाउ छोउली

सधैंको हातर छ मलाई फुर्सदमा तिमी होउली

++++++++++++++++++++++++++++++

म पनि चाहन्छु सधैं-सधैं तिम्रो साथमै हुन

लागेको छ मन तिम्रो काखमा शिर राखेर रुन

तपाइँको प्रतिक्रिया