नेपाल-फ्रान्स कूटनीतिक संबन्धका छ दशकको संझना

nepal-france-relation-60th-annivarsay-030

आज भन्दा ठ्याक्कै ६० वर्ष अगाडि हिजोकै दिन नेपाल र फ्रान्सबिच कूटनीतिक संबन्ध गाँसिएको थियो । त्यति खेर फ्रान्ससँग कूटनीतिक संबन्ध गाँसिने नेपाल तेस्रो मूलुक थियो । यसैबाट बुझ्न सकिन्छ कि नेपाललाई फ्रान्सले कति महत्व दिएको रहेछ । तर यि ६० वर्षका दिनमा राजा महेन्द्रका पालामा नेपाल-फ्रान्सबिच निकै महत्वपूर्ण काम भए । नेपालको भूकम्पिय अनुसन्धान र अनुगमन, नेपाल वायुसेवा निगम (त्यतिबेला शाही नेपाल वायु सेवा निगम) को बिस्तार र आधुनिकिकरण, मन्दिर तथा चैत्य र गुम्बाहरुको पूनर्निर्माण, स्वास्थ्य क्षेत्रमा लगानी, शिक्षा, खापानी र पर्यटन क्षेत्रमा लगानी लगायत थुप्रै काम भए । तर त्यसपछिका दिनमा नेपालको सरकार यति लाचार र असफल भयो कि त्यो संबन्ध झन बिस्तार हुनुपर्नेमा औपचारितकतामा मात्रै सिमित भयो । लगानी र सहयोगका क्षेत्र त घटे नै । नेपालले फ्रान्सकालागि समयमै राजदूत नियुक्तिसमेत नगरेर लाचार प्रकट गर्‍यो । यो समस्याको हल पेरिसको दुतावासले गर्न सक्ने नभएर राष्ट्रिय स्तरबाटै गर्नु पर्ने काम हुन् । तैपनि नेपाल र फ्रान्सबिच पाँच दशक भन्दा लामो समय देखि चिनेका, देखेका, भोगेका नेपालप्रेमी र नेपालका मित्रहरुलाई बोलाएर दूतावासले त्यस दिनको स्मरण गरायो । नेपालका फ्रान्सेली मित्रहरुले हिजो तिनै दिनको सम्झना मात्रै गरेनन्, कि त्यो संबन्धलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने खाँचोपनि औंल्याए । कार्यक्रममा फ्रान्सको परराष्ट्र मन्त्रालयका अधिकारी, नेपालका लागि फ्रान्सका पूर्व राजदूत, महावाणिज्यदूतहरु, नगरपालिक प्रमुख, केहि पत्रकार र सिमित नेपालीहरुलाइ निमन्त्रणा गरिएको थियो ।

nepal-france-relation-60th-annivarsay-046

संबोधन गर्ने कार्यबाहक कार्यबाहक राजदूत जिवनप्रकाश श्रेष्ठ हुन् । र कार्यक्रम सञ्चालन दूतावासका त्रितिय सचिव सागर फुयालले गरे। श्रेष्ठ पेरिस आएदेखि नेपालको हितकालागि बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन । उनले यो पटक नेपालमा सञ्चार, जलस्रोत, पर्यटन र जडिबुटी लगायतका बिभिन्न क्षेत्रमा फ्रान्सलाई लगानि गर्न आव्हानपनि गरे

nepal-france-relation-60th-annivarsay-066

फ्रान्सको परराष्ट्र मन्त्रालय (यहाँ बैदेशिक मन्त्रालय भन्ने गर्छन्) का उच्च अधिकारी। उनले नेपाल-फ्रान्सबिचको ऐतिहासिक संबन्धको स्मरण मात्रै गरेनन् कि यो संबन्धलाइ नयाँ ढंगले अगाडि बढाउनुपर्ने खाँचोपनि औंल्याए ।

nepal-france-relation-60th-annivarsay-084 

यिनै हुन् फ्रान्सकालागि नेपालका प्रथम राजदूत फँसिस द न ईयल। १९५० मा फ्रान्सेली आरोही दलका प्रमुख मोरिस हेर्जोकले नेपालको अन्नपूर्ण जेठो हिमाल आरोहण गरे ।तर त्यसको सबै चाँजोपाँजो  यिनैले मिलाएका थिए । त्यतिबेला नेपालमा राणा प्रधानमन्त्री मोहन शमशेर थिए ।

nepal-france-relation-60th-annivarsay-145

नेपालका लागि फ्रान्सको पूर्व वाणिज्यदुत रिचार्ड बोमो (देब्रे) । यिनी राजा महेन्द्र र वीरेन्द्रका निकट थिए । दाहिनेतिरकि सुन्दर महिला नेपाली दुतावासकि कर्मचारी हुन् । 

 

nepal-france-relation-60th-annivarsay-224

दाहिनेबाट पहिलोमा चितवनको सौराहामा वालवालिकाका लागि सहयोग कार्यक्रम सञ्चालन गर्ने एक फ्रान्सेली महिला र दोस्रो फ्रान्सको नोरमदी क्षेत्रकालागि महावाणिज्यदूत डा डिडिए बेर्ना ।

nepal-france-relation-60th-annivarsay-122

क्या सुहाउने है ढाका टोपी ? पेरिसका नेपाली ब्यापारी बिनोद ओझा र नेपालीसँग बिवाहित एक फ्रान्सेली महिला

nepal-france-relation-60th-annivarsay-212

 देब्रेबाट दूतावासका त्रितिय सचिव फुयाल पत्नी, दूतावासकि कर्मचारी र हरियो सारीमा राजदूत पत्नी निता श्रेष्ठ । कार्यक्रममा ससेको भूमिकामा उपस्थित भएर सक्रिय हुन्छन् यि । 

nepal-france-relation-60th-annivarsay-114

 

देब्रेतिर मुसुक्क हाँस्ने जँ पियर मेर्सिए भन्ने हुन् । उनी नेपाल ए भु (नेपाल र तपाई) भन्ने एसोसिएनका अध्यक्ष हुन् । यो संस्थाले सोलुखुम्बु जिल्लामा तिन स्कूल निर्माण गरेर आफ्नै लगानीमा सञ्चालन, स्थानिय शेर्पाहरुलाई सौर्य उर्जा लगयत सहयोग गर्दै आएको छ   

 

nepal-france-relation-60th-annivarsay-176

लोरेन नेपाल भन्ने संस्थाका प्रमुख । नेपालको सोलुखुम्बु जिल्लामा यो संस्थालेपनि तिन वटा स्कूल आफ्नै खर्चमा चलाईरहेको रहेछ । त्यसबाहेक, स्वास्थ्य, महिला र अन्य क्षेत्रमा सहयोग गर्ने रहेछन् । त्यसकालागि वर्षमा एक हप्ता नेपाल सप्ताह चलाउने रहेछन् फ्रान्समा । त्यो कार्यक्रमबाट नेपालकालागि सहयोग जम्मा पार्ने रहेछन् । उनी आफुले गरेका कामका बारेमा सबैलाई साझेदारि गर्दै थिए ।

nepal-france-relation-60th-annivarsay-171

 नेपाल र फ्रान्सबिचको संबन्धको संयोग खानामापनि गज्जबले पर्‍यो । नेपाली खाना सेकुवा, मम र फ्रान्सेली खाना दुबै थियो

nepal-france-relation-60th-annivarsay-209

 

नेपाल ए भु (नेपाल र तपाई) का मुख्य सञ्चालक यिनै हुन् । तिनका गतिबिधि बारी जानकारि लिँदै नेपालका प्रथम फ्रान्सेली राजदूत फँसिस द नोईयल ।

nepal-france-relation-60th-annivarsay-128

औपचारिक कार्यक्रम सकिएपछिको जमघट हो यो । यस्ता कार्यक्रमले नेपालकालागि काम गर्ने धेरैलाई निकट र चिनापर्चि गराउने रहेछ

यसैसँग सबन्धित तलका ब्रिस्तित समाचारपनि हेर्नुस

 

बाहुनी र थाक्सेनीको मित जस्तो नेपाल-फ्रान्सको ६० वर्षे गाँठो

 

यस्तो पो रैछ ६० वर्ष अघिको नेपाल ?

तपाइँको प्रतिक्रिया