कुन देशका नेपालीले उचाल्लान् यो कप ?

grenoble-Geneva-24-june-2015 014

यही जुनको २७ र २८ मा स्विजरल्याण्डमा युरोप स्तरिय एन आर एन ए युरो कप टुर्नामेन्ट हुँदै छ । यसमा ११ देशका १६ टिमले भाग लिएका छन । तर चासो भने सबैलाई ‘यो कप कसले हात पार्ला?’ यही भैरहेको छ । त्यो चासो र जिज्ञासा कपसित मात्रै संवन्धित त पक्कै होइन । युरोप स्तरिय कप हुनाले कुन देशका नेपाली युरोपका फूटबल खेलमा पहिलो होला ? आफ्नो देश च्याम्पिएन भएको भन्दै शिर उठाएर फर्किन पाइएला ? यो हो । यो कप युरो टुर्नामेन्टमा पहिलो हुने टिमले उचाल्ने छ । दोस्रो, तेस्रो देश, सर्बोत्तम खेलाडी, रेफ्रीसम्मलाई पुरस्कारको ब्यवस्था आयोजकले गरेका छन् । 

अहिलेसम्म यो कपका लागी सारा तयारी झन्डै झन्डै पुरा भएको छ । खेलाडीहरुको विमादेखि तिनलाई राख्ने स्थल, खाना खाने ब्यवस्था, खेल मैदान, यातायात र कार्यक्रमको अन्तिम रुपरेखा तयार भैसकेको छ । एन आर एनका पूर्व केन्द्रिय अध्यक्ष जिवा लामिछाने देखी हालका उपाध्यक्ष भवन भट्टसम्म जापानदेखि आउने निधो भएको छ । खेलाडीहरु त भए नै । युरोपका नेपालीहरुबिच यतिखेर यही बिषयले पहिलो चर्चा पाएको छ । त्यसैले यो खेल हेर्न र यो मेसोमा विश्वकै सुन्दर देश मध्येको एक स्वीजरल्याण्डपनि हेर्न नेपालीहरु लालायित देखिन्छन् । त्यसैले धेरै देशबाट अन्य नेपालीहरु खेलाडीहरुसँगै स्विजरल्याण्ड आउने तयारीमा छन् ।

यो खेलको अवशर पारेर बिभिन्न देशमा बसेर थुप्रै ज्ञान, सिप र ब्यवशायिक अनुभव लिएका, सफल ब्यक्तित्वहरुपनि आउने हुनाले तिनको ज्ञान र सिपको अनुभव लिनपनि नेपालीहरु आउन लागेका छन । त्यति मात्रै होइन, यो खेलमा स्विजरल्याण्डमा रहेका नेपालप्रेमी स्विसहरुको चासो र चाखपनि देखिएको छ । दुई दिनसम्म हुने यो खेलले युरोपका नेपालीहरुबिच परिचय गराउने छ । भाईचारा संवन्ध बढाउने छ ।

नेपालमा भएको विनासकारी भूकम्पले पुर्‍याएको क्षतीपछि अब नेपालीहरुले बिदेशमा कस्तो भूमिका खेल्नुपर्छ ? कसरी नेपालीहरु एकजुट भएर मात्रिभूमीको सेवा गर्नु पर्छ ? कस्तो जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने विषयमापनि छलफल र बिचार विमर्श हुने छ ।

तपाइँको प्रतिक्रिया