बोक्सी भन्दै दिसा पिसाब खुवाउनेलाई कारवाही नगर्ने ?

हाम्रा नेता भनाउँदाहरुले भाषणमा जातभातको अन्त्य उहिल्यै भनेका हुन् । धर्म निरपेक्षता भनेर सहि धस्काएर के भयो ? संबिधानको खोस्टोमा सारा जनता समान भनेर लेख्दैमा पो भयो के ? त्यो मान्यता हाम्रो शामान्तवादी हिन्दू संस्क्रिति र संस्कारबाट अझै हटेको छैन । संबिधानका खोस्टामा फ्यास्स लेखिदिँदैमा मानिसको मन र मस्तिस्कबाट हट्दैन । त्यसलाई उल्लंघन गर्नेलाई समाजमा कडा कारवाहि गर्नुपर्छ । अनि गर्नुपर्छ बिस्तार शैक्षिक र जन चेतना फैलाउने कार्यक्रम । सरकारको जहाँ पायो त्यहाँ सहि मात्रै धस्काउने त्यहि लाचारीपनका कारण समाजमा बोक्सीको अरोपमा दिसा पिसाब खुवाउने र यातना दिने घ्रिणित र मानवता बिरोधी काम भैरहेका छन् । यस्तै घटना भएको थियो ललितपुर जिल्लाको प्युटार गाबिस, ७ थाङसिङ टोलमा । त्यहाँकि ४५ वर्षिय कल्ली कुमारी विकलाई गत चैत्र ७ गते कुटपिट गरेर दिसापिसाब खुवाइएको थियो । त्यो खुवाउनेपनि बढि भञ्ज्याङ प्राथमिक स्कूलकि प्रधानाध्यापिका विमला थापा । सारा जगतले उनीमाथि कर्वाहि गर्नुपर्ने माग गर्‍यो । तर उनीमाथि अहिलेसम्म कारवाहि भएको छैन । उनले उजूरि गरिन त्यो दानव प्रधानाध्यापिकालाई पक्रेर कारवाही गर्न । तर नेपालका प्रहरीले त्यस्ता जन्तुलाई देख्दैनन् । नेपालको प्रशासनको आँखा फुटेको छ । विवेक गुमेको छ । उसलाई संबिधानमा समान लेखिदिए पुगेको छ जनताले त्यसको अनुभव गर्नु परेको छैन ।

 

सरकारले आग्रह, अनुनय, छलफल, कानुनको पालना र नागरिक प्रतिको दायित्व बिर्सेपछि हुन्छ के ? भवन जलाउने । बाटाका रेलिङ भाँच्ने । गाडी फुटाउने, आगो, धुवाँ र ज्वाला दन्काएर देश ठप्प पार्ने । लातोका भुत बातोसे नहि मान्ती हैभने जस्तो अशान्ति नमच्चाएसम्म सरकारले सुन्दैन पिडितका बेदना । त्यहि भएर होला ति अत्याचारीलाई कारवाहि गर्नु पर्‍यो भन्दै दलित महिला संघ जुर्मुराएको छ । आज संघले आज ति दोषीलाई करवाहि गर्नु पर्ने र त्यसो नगरे सम्पूर्ण दलित महिला लगायतका संघ संस्था कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ । संघले आज जारी गरेको प्रेस बिज्ञप्ती हेर्नुस जस्ताको तस्तै ।

 

                   प्रेसविज्ञप्ति

                                                 मिति २०६६/०१/०७

ललितपुर जिल्लाको प्युटार गाउँ विकास समिति वडा नम्बर , थाङसिङटोलकी ४५ वर्षी कल्लीकुमारी विकलाई बोक्सीको आरोपमा गएको चैत गते कुटपिट गरी दिसासमेत खुवाइएको सर्वविदितै घटना हो एउटी दलित महिलालाई गढीभञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापिका विमला लामाले कुटपट गरी दिसा खुवाउँदा सिंगो समाजले समर्थन गर्‍यो नै, समाजमा न्याय दिन बसेको प्रहरी प्रशासनले समेत अहिलेसम्म दोषीलाई पक्राउ नगरेर घटनाप्रति आफ्नो गैरजिम्मेवारीपना देखाएको गएको चैत १० गते कल्लीकुमारी विकले स्थानीय आस्राङमा रहेको इलाका प्रहरी कार्यालयमा न्यायका लागि उजुरी दिएको भए पनि अहिलेसम्म घटनाका अभियुक्तहरुलाई प्रशासनले पक्राउ गर्न सकेको छैन  

 

दलित महिला संघलगायत दलित समुदायको अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले सामूहिक रुपमा घटनामा संलग्न दोषीहरुलाई पक्राउ गर्नुपर्ने पीडितलाई उचित क्षतिपूर्तीसहित पुनर्स्थापना गरिनुपर्ने विषयमा यसअघि नै सरकारको ध्यानाकर्षण गराइसकेका छौं घटनाको बारेमा छानबिन गर्नका लागि व्यवस्थापिका संसद्, महिला बालबालिका तथा समाज कल्याण समितिले चैत १९ गते सभासद् विनोद पहाडीको संयोजकत्वमा १९ सदस्यीय छानबिन उपसमिति समेत गठन गरिसकेको उपसमितिले अहिलेसम्म प्रधानमन्त्रीलगायत व्यवस्थापिका संसद्का सभामुख, उपसभामुखलाई घटनाको बारेमा ध्यानाकर्षण गराइसकेको जनाएको छानबिन उपसमितिले शिक्षामन्त्री, महिला अधिकारकर्मी, दलित समुदायको अधिकारका लागि काम गर्दै आइरहेका सरकारी तथा गैरसरकारी संघसंस्था, कानुन व्यवसायी पत्रकारहरुसँग छलफल गरिसकेको राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग राष्ट्रिय महिला आयोगले पनि संयुक्त रुपमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुखसँग स्पष्टीकरण लिइसकेको जनाएका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री राहत कोषबाट २५ हजार रुपियाँ राहत स्वरुप उपलब्ध गराउने आश्वासन दिनुभएको

 

बोक्सीको आरोपमा यातना दिने मलमूत्रसमेत खुवाउने यस किसिमका  मानवताविरोधी, घृणित निन्दनीय घटनाहरु हाम्रो समाजमा बारम्बार भइरहेका छन् त्यसमा पनि दलित समुदायका महिलाहरु बढी पीडित हुनुपरेको घटनाका दोषीहरुलाई अहिलेसम्म कारबाही नहुनुले दण्डहीनताले थप प्रश्रय पाउँदै गएको दलित महिला संघको ठहर त्यस्तै विभिन्न मानवअधिकारकर्मीहरुको पनि यसप्रति चासो नदेखाएका हुन् कि भन्ने हामीलाई लागेको अहिले माइती नेपालमा रहनुभएकी पीडित कल्लीकुमारी विकले घर फर्किने वातावरण बनाइदिन आग्रह गर्नुभएको यस्तो अवस्थामा घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी तुरुन्त कडाभन्दा कडा कारबाही गरी पीडितलाई क्षतिपूर्तीसहित सुरक्षित एवम् सम्मान गाउँ फर्किने वातावरण तयार गर्न सरकारसँग दलित महिला संघ जोडदार माग गर्दछ

 

पीडितलाई न्याय दिलाउनका लागि सक्रिय पहल गरिदिन सम्पूर्ण नागरिक समाज, मानवअधिकारकर्मी, कानुन व्यवसायी, राजनीतिक दल, सभासद्, सञ्चारकर्मीलगायतलाई दलित महिला संघ पुनः आहृवान गर्दछ दोषीलाई छिटोभन्दा छिटो कारबाही नगरिए दलित महिला संघलगायतका संघसंस्थाहरु सशक्त संघर्षमा उत्रिनेसमेत यसै पत्रकार सम्मेलनमार्फत दलित महिला संघ जानकारी गराउन चाहन्छ

 

दुर्गा सोब

अध्यक्ष

दलित महिला संघ (FEDO)

कुपण्डोल, ललितपुर

तपाइँको प्रतिक्रिया