नेपाललाई सहयोग गर्न आइफल टावरकै अगाडि अभियान
बिनासकारी भूकम्पबाट पीडित बनेका नेपालीलाई सहयोग गर्न बिभिन्न मुलुकमा रहेका नेपालीहरु फरक फरक तरिकाले लागेका छन् । विश्वकै आश्चर्यमा पर्ने आइफल टावर अगाडि पेरिस निवासी नेपालीहरुले यही साता सहयोगको अभियान चलाए । पेरिसमा रहेको तमु समाज फ्रान्सले आइफल टावर अगाडि भूकम्प पिडितका लागि भेला आयोजना गर्यो ।
उनीहरुले नेपाली परिकारहरु बनाएर बिक्री गरे । त्यसबाट उठेको रकम नेपालमा भूकम्प पिडितलाई सहयोग गर्न । त्यसैगरि उनीहरुले ‘सोलिडारिटी नेपाल’ लेखिएको टिसर्टपनि बिक्री गरेका छन् । त्यसबाट उठेको रकमपनि भूकम्प पिडितकालागि सहयोग गर्ने छन् ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक








