उल्टो साईकल यात्री राहत बाँड्दै भूकम्प पिडित क्षेत्रमा

11301406_844249235629717_1614901891_n

ओखलढुंगा जेठ १८ ओखलढुंगा जिल्ला को हर्कपुर गाबिस घले गाउँ, मानेगाउ, जरायटार, भदौरे र हर्कपुरका पाच वटा वार्डका उत्पीडित दलित समुदायका गरिब माहा-भुकम्प पिडितलाइ बिश्व उल्टो साइकल यात्री बिरेश प्रतिस्ठान ले राहत वितरण गरेको छ । 

ओखलढुंगा जिल्लामा खाद्य सामग्री अभाबमा रहेका दलित समुदाय का पचासी घरधुरी लाइ बिश्व उल्टो साइकल यात्री बिरेश प्रतिस्ठान ले राहत वितरण गरेको कार्यबाहक अधक्क्ष दुर्गा रोक्का ले बताए । १२७५ के.जी चामल,तेल,१७० लिटर,चिउरा १७० के.जी,साबुन १७० पिस,सर्फ ८५ प्याकेट,नुन-१०० के.जी.,स्याबिंन,१७० के.जी.दाल,१७० के.जी.तथा पिक्षडित् वर्ग का केटाकेटी हरुका लागि ८५ दर्जन कलम,कापी वितरण गरिएको ओखलढुंगा का प्रतिनिधि बिरेश प्रतिस्ठानका सदस्य सल्लाहकार प्राचार्य कुल प्रसाद खतिवडा ले जानकारी गराउनु भएको छ ।

11304418_844249188963055_1195598500_n (2)

भुकम्प पिडित हरुका निम्ति राहत संग्कलन कार्य का लागि अमेरिका मा कोअर्डिनेट गर्नु हुने बिश्व उल्टो साइकल यात्री बिरेश प्रतिस्ठान का सदस्य सल्लाहकारहरु हलिउड निर्देसक दिल श्रेष्ठ र समाजसेवी इज्रायल मा बस्नु हुने सिर्जना मोक्त्तान पहलमा सहयोग उपलब्ध भएको हो ।  बिश्व उल्टो साइकल यात्री बिरेश प्रतिस्ठान बाट धादिंग जिल्लाको कटुन्जे गाबिस १ र २ का भुकम्प पिडित परिवारका निम्ति त्रिपाल,६० थान चामल ७५० के.जी आयोनुन १५ बोरा चाउचाउ १३५० प्याकेट ,चिउरा २०० के.जी चप्पल १२० जोर सहयोग गरेको छ भने उदयपुर जिल्ला का निम्ति १५ थान त्रिपाल राहत वितरण गरिएको सम्रक्षक बिरेश दाहाल ले जानकारी गराए । बिश्वका ५८ देश मा उल्टो साइकल चलाई नेपाली रास्ट्रिय झन्डा बोकी बुद्ध र सगरमाथा को देश नेपाल को गरिमा लाइ उच्च पारि केहि महिना अगाडी अमेरिका बाट नेपाल फर्किएका बिरेश दाहाल हाल बिरेश प्रतिस्ठान मार्फत सामाजिक कार्यमा लागि परेका छन् ।

केहि महिना अगाडी कार्यालय खोलि संचालन मा आएको प्रतिस्ठान ले बागमती सरसफाई अभियान लगायत राष्ट्रिय मुद्दा मा बहस गर्दै आएको छ l देश मा संबिधान निर्माण नभएर यात्रा गर्दा विभिन्न बिदेशी हरुको एउटा प्रस्नको खोजीमा नेपाल फर्किएका दाहाल संबिधान निर्माण हुन्न नसकेकोमा दुखित छन् ।  बिश्वमा शान्तिको सम्बाहक बनि यात्रा गर्दै नेपालको चर्चा परिचर्चा गर्दा बिदेशीले ‘तिम्रै देश मा संबिधान छैन,शान्ति छैन,सुरक्क्षा छैन, हामी लाइ होइन यो सन्देश यहाको देशका नेता लाइ बताउनु,नेपालीहरुमा बताउनु,जब शान्ति हुन्छ,सुरक्क्षाको महसुस हुन्छ हामी नेपाल घुम्न आउछौ’ भन्ने जबाफले आफु स्तब्ध भएको बिरेश ले बताए ।

तपाइँको प्रतिक्रिया