भूकम्पबाट प्रभावित मकवानपुर क्षेत्रमा माओवादीको पुर्ननिर्माण
- मणिराज गौतम / हेटौडा
महाभूकम्पबाट प्रभावित मकवानपुरको चारवटै निर्वाचन क्षेत्रका गाविसहरुमा रहेका सार्वजनिक संस्थाहरु एवं सर्वसाधरणको जोखिम अवस्थामा रहेका भवन र घरहरु भत्काउने, सफा गर्ने र पुर्ननिर्माण जस्ता कामहरु एकीकृत नेकपा माओवादीले छुट्टाछुट्टै अभियान टोली बनाएर गरिरहेको छ । १ नं निर्वाचन क्षेत्रमा जिल्ला नेता प्रेमबहादुर पुलामी छिन्तुको संयोजकत्वमा दैनिक करिव ४० जनाको टोली खटिरहेको बताइएको छ ।
आजसम्म सो क्षेत्रमा फापरबारीको ज्यामिरेमा रहेको देवकी मावि, फापरवारी–९ को वनदेवी निमावि, फापरबारी बजारको स्वास्थ्यचौकी, खिरपुर–२ को बकिया ठाकुर निमावि, छतिवन–८ को कर्मप्राप्ति मावि, हटियाको राजदेवी मावि लगायतका विद्यालयहरुको जोखिमपूर्ण भवनहरु भत्काउने, सफा गर्ने र अस्थाई रुपमा पढ्न मिल्ने बनाएको संयोजक पुलामीले जानकारी दिनुभयो । छतिवन–६, जुरेलीमा रहेको अशोक परियारको घर समेत पुर्ननिर्माण गरिएको चितवनबाट आएको टोलीको नेतृत्व गर्नुभएका नेता दोर्ण शिवाकोटीले बताउनुभयो । छतिवनको कर्मप्राप्ति माविको पुर्ननिर्माणमा एकीकृत (माओवादी) को ताम्सालिङ राज्य समितिको इन्चार्ज नारायण दाहालको पनि उपस्थिति रहेको थियो ।
त्यसैगरी २ न। निर्वाचन क्षेत्रमा नेता बलराम बलको संयोजकत्वमा अभियानटोली दामन–पालुङ–बज्रबाराही हुदै मार्खु आइपुगेको छ। पालुङमा रहेको जनकल्याण उमावि, बज्रबाराहीमा रहेको गणेश प्रा।वि।, उदय प्रा।वि।लगायतका विद्यालयहरुको जोखिम हटाउने कार्य सम्पन्न भएको नेता बलले बताउनुभएको छ। अहिलेसम्म ५० भन्दा बढी सर्वसाधरणको घर भत्काउने र पुर्ननिर्माण कार्य भएको युवा टोलीका नेता सुमनले जानकारी दिनुभयो ।
चितवनबाट अविनाशको नेतृत्वमा ४५ जना अभियानकर्मीहरु २ नं. क्षेत्रमा परिचालित छन् । त्यसैगरी आजै ३ नं क्षेत्रबाट नेता रमन दाहालको टोली समेत २ न। क्षेत्रमा पुगेको संयोजक बलले बताउनुभयो । मकवानपुरको ३ नं क्षेत्रमा हेटौडा उप–महानगरपालिका–१२ स्थित ब्रम्हदेवी प्रावि, बसामाडी कुवापानीको श्री गणेश प्रावि लगायतका विद्यालयहरुको जोखिम हटाउने कार्य सम्पन्न भएको जिल्ला नेता तथा अभियानको ३ नं क्षेत्रका संयोजक प्रल्लाद लामिछानेले जानकारी दिनुभयो । अहिलेसम्म १२ वटा सर्वसाधरणको घर भत्काउने र पुर्ननिर्माण गर्ने कार्य सम्पन्न भएको छ ।
पुर्ननिर्माण टोली चुरियामाई हुदै पदमपोखरी प्रवेश गरेको संयोजक लामिछानेले बताउनुभयो । त्यसैगरी ४ नं निर्वाचन क्षेत्रमा हाडीखोला–८ को मदन–आश्रित प्रावि, राक्सिराङ–४को राष्ट्रिय प्रा।वि, राक्सिराङ–८ को प्रजा प्रावि लगायतका विद्यालयहरुको जोखिम हटाउने र पुर्ननिर्माण गर्ने कार्य सम्पन्न भएको एनेकपा ९माओवादी०का केन्द्रीय सदस्य तथा अभियानको ४ नं निर्वाचन क्षेत्रका संयोजक सोनाम सिं स्याङ्तान ९विजय०ले जानकारी दिनुभयो । टोलीले एकल महिला, असाहाय व्यक्तिहरु कान्छिमाया गुरुङ, दल बहादुर स्याङ्तान लगायत १ दर्जन घरहरुलाई सफा गरी पुर्ननिर्माण गर्ने काम सकिएको नेता स्याङ्तानले बताउनुभयो । अभियान मकवानपुरको चारवटै निर्वाचन क्षेत्रमा तिव्रगरीमा अघि बढीरहेको समेत उहाँले जानकारी दिनुभयो ।




