गाउँलेबाट गाउँमै सहयोग
मणिराज गौतम / हेटौंडा
हेटौंडा ६ पुतलीबजारका स्थानीयले गाउँमै राहत संकलन गरि भुकम्प पिडित गाउँलेलाई सहयोग गरेका छन् । बंश गोपाल युवा क्लबको पहलमा पुतलीबजारका ९९ धुरीबाट नगद संकलन गरि वितरण गरेको क्लबका अध्यक्ष रामहरी तिमल्सिनाले बताउनुभयो । गाउँबाट संकलित एक लाख २२ हजार ९ सय ४८ रूपैयाँ गाउँका ९ जनालाई वितरण गरिएको थियो ।
क्षतिको वर्गीकरण अनुसार नगद २६ हजार ५ सय देखि ३ हजार ५ सय ५० रूपैयाँ र खाद्यान्न अभाव रहेकालाई खाद्यान्न सहयोग गरेको कार्यक्रम संयोजक दीपक खड्काले बताउनुभयो । विपदमा परेकालाई गाउँबाटै सहयोग जुटाउन सकिन्छ र भाइचारा अभिबृद्धी गर्न सकिन्छ भन्ने उदेश्यले कार्यक्रम गरिएको जनाइएको छ ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक






