बोलाइ रहेछन् …..

  • रन्जु मार्ग

ranju-acharya-009089आऊ तिमि आऊ, मान्छे बचाउँन आऊ

दिने केही नभए पनि, मन हँसाउन आऊ !

 

पर्खि बसेका छौ हामी,सबै गुमाएर नि,

हेरी बसेका छौ हामी, घाम अस्ताएर नि,

आऊ तिमी आऊ, आँसु मिसाउन आऊ

दिने केही नभए पनि, बोली बिसाउन आऊ !

 

आँखै अगाडि भत्कियो, हाम्रो सुखी संसार,

घर -बस्ती उजाडियो, दुख भयो हजार,

आऊ तिमी आऊ, टुकी बालेर आऊ

दिने केही नभए पनि, ज्योति लिएर आऊ !!

तपाइँको प्रतिक्रिया