डा गोबिन्द केसीको टोली भूकम्प क्षेत्रमा
स्वास्थ्य सुधारकालागि आमरण अनशन बस्ने गरेका डा गोबिन्द केसी स्वाइन फ्लुबाट प्रभावित जाजरकोटबासीको उपचारकालागि गए । अहिले त्यताबाट फर्किनासाथै भूकम्पबाट घाइते बनेकाको उपचार गर्न भूकम्प प्रभावित क्षेत्र गएका छन् । भूकम्पले घाइते परेकाको उपचार गर्न उनी सिन्धुपाल्चोकको चुतारा अस्पत्ताल पुगेका छन् । त्यता जानु अघी केसीले शल्यकृया गर्नुपर्ने हाडजोर्नी पीडितको टिचिङ अस्पत्तालमा शल्यकृया गरी सिन्धुपाल्चोक लागेका हुन । त्यता यो पटक उनी एक्लै गएका छैनन् । चौतारा अस्पत्तालमा उनले मुटु रोग विशेषज्ञ डा भगवान कोइराला, डा जगदिश अग्रवाललगायतका विशेषज्ञ टोलीसमेत लागेका छन् । आज सिन्धुपाल्चोक पुगेका उनीहरु भोली नुवाकोट पुग्ने कार्यक्रम छ ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक




