फ्रान्सको नतमापनि नेपालकालागि र्‍याली

nante

फ्रान्सको नत शहरमापनि नेपालकालागि सहयोग र समर्थन जुटाउन र्‍याली निकालिएको छ । नत निवासी कल्पना घिमिरे लगायतका केही नेपाली र नेपालप्रेमी फ्रान्सेलीहरु मिलेर हिजो र्‍याली निकालेका हुन । र्‍यालीमा नेपाललाई सहयोग गरौं भन्ने प्लेकार्ड र नेपाली झन्डा बोकेर त्यहाँको प्लेस रोयल भन्ने ठाउँमा जम्मा भएर र्‍याली निकालेका हुन् । ठूलो पानी परेपनि करिब पाँच दर्जन मनकारीहरु भेला भएर नेपालकालागि समर्थन गर्न आव्हान गरेका हुन् ।

11046344_10206588227526002_4134283995523545193_n

11182136_10206588222445875_6194121550363182418_n

11218526_10206588220765833_4937429618778039137_n

11038861_10206588230566078_1078894806891047327_n

11150535_10206588236846235_4675978320589563747_n

सहयोगकालागि त्यहाँ सहयोग जुटाउने काम थालिसकेको घिमिरेले फेसबूक मार्फत जानकारी गराएकी छन् । न्त शहर फ्रान्सको राजाधानीबाट ३४२ किमी टाढा पर्छ । फोटोहरु- कल्पना घिमिरेको फेसबुकबाट लिएको हो ।

तपाइँको प्रतिक्रिया