भूकम्प पीडितकालागि गरे लामिछानेले गरे २५ लाख घोषणा
पैसा हुने यो संसारमा धेरै छन । मन हुने त झन कती कती । नेपालीनैपनि खरबपति निकै छन । तर बिपतमा परेका बेला खै ति मध्ये धेरै कतै देखिँदैनन । त्यसैले न पैसा भएरनै हुन्छ । न मन मात्रै । पैसा र मन दुबै हुनुपर्छ । गैह्र आवाशिय नेपाली संघका पूर्व अध्यक्ष जिवा लामिछानेले भूकम्पले बिपत्तीमा परेका नेपालीहरुको लागि २५ लाख दिने घोषणा गरेका छन् । उनले नेपालप्लससित बिहान घोषणा गरे “नेपालमा भएको विनाशकारी महाभुकम्पमा परेकाहरुको राहतका लागि २५ लाख सहयोगको घोषण गर्छु !”
बिदेशमा अनेक दु:ख कष्ट झेलेर बसिरहेका, ब्यवसाय र धन्दा गरिरहेका नेपालीहरु स्वदेशको बिपत्तीमा चुप लागेर बस्न कहाँ सक्छन ? ‘आफ्न नेपाली दाजुभाई र दिदीबहिनीहरु, साना केटाकेटी नानीहरु रोएको देख्दा हाम्रो मनपनि थामिन्न । यो बिपतमा सक्ने नेपालीले सहयोग गर्नुपर्छ, साथ दिनुपर्छ ।” लामिछानेले भनेका छन ।
बिपतको यो घडीमा साथ दिन विश्वभरिका नेपालीहरुलाई आव्हान गर्दै लामिछानेले भनेका छन “विपदको यो घडीमा सबैले यथासक्य सहयोग गरौँ ! हामी सबैको स-सानो सहयोग एकत्रित गर्दा त्यसले पिडितहरुलाई ठुलो राहत हुनसक्छ ! देश रोइरहंदा बिदेशमा बस्ने नेपालीहरुको मन पनि रोइरहेको छ ! हाम्रा बिमतिहरुलाई थातीं राख्दै सहयोगका लागि सबै एकजुट होऔ ! बिदेशमा बस्ने नेपालीहरुलाई जन्मभुमीको सेवा गर्ने / मातृभूमिको ऋण चुक्ता गर्ने यो अवसर पनि हो !”
बिदेशमा बस्ने नेपाली सक्षमा भए भने मात्रिभूमीको सेवा गर्छन् । साथ र सहयोग दिन्छन । हाँस्दा सँगै हाँस्छन र रोए सँगै रुन्छन । ति सक्षमा भए नेपालएेकालागिपनी सधैंं कामा लाग्छ भन्ने उदाहरणअपनी हो यो । लामिछानेले नेपालमा कृयापुत्री बनाउने, देवघाटमा ब्रिद्दब्रिद्दा आश्रम बनाउने, आपतमा परेका नेपालीलाई सहयोग गर्ने, स्कूल र अन्य सामाजिक काम सहयोग गर्दै आएका छन् ।





