रेलका डिब्बादेखि सडकसम्म घन्किए पेरिसमा नेपाली गित, नाचे छमछम

new-year-paris-2066-044

 

ढिलै होस  तर छोरै होसभन्ने नेपाली उक्ति छ । छोरीलाई हेलाँ गर्ने यो उखान म रुचाउन्न नै । तर ढिलै होस तर एकदम राम्रो होसभन्ने यसको संकेत भने राम्रो हो । पेरिसमा नेपाली सांस्क्रितिक ग्रिहले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हिजो आयोजना गरेको साँझ ठ्याक्कै त्यस्तै थियो । नयाँ वर्ष मनाउन आयोजना गरेको हिजोको साँझमा मानिसहरुको भिडमभिड लाग्यो । त्यहाँ थुप्रै फ्रान्सेलीहरुपनि भेला भए कार्यक्रममा सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्याय र नेपाली दुतावासका कार्यवाहक राजदूत जिवन प्रकाश श्रेष्ठले सबैलाई नयाँ वर्षको शुभकामना दिएपछि नेपाली न्रित्य र गित शुरु भयो । त्यसपछि नेपाली गित र न्रित्य जम्न थाल्यो । यि नाच्ने बिमल बस्याल हुन् । नेपालमा पनि यिनि कलाकारितानै गर्ने रहेछन् । वाफ रे वाफ यिनको नाच त मान्छेले कुर्सीबाट जर्‍याक र जुरुक उठि उठि हेरे। तालीक पर्रा त कति खाए कति यिनले । गँड्यौला लठारिएझैं शरिर त यिनले पुरै फन्को लगाई लगाई नाच्ने रहेछन् ।

new-year-paris-2066-061

हलमा दर्शकहरुको निकै ठुलो भिड थियो ।

new-year-paris-2066-131

गितार बजाउनेहरु दाजु भाई हुन् । दानिनेतिरका दाजु चाहिँ अभिब्य खाँड र भाई आदित्य । गित गाउने हुन् सुनिल हमाल । यि कार्यक्रममा गित गाउन भनेर जर्मनीदेखि आएका रहेछन् । बाँसुरी बजाउने बाबुराम बराएली । उनले गज्जबले बजाउने रहेछन् बाँसुरी । यि सबैको प्रस्तुति निकै आकर्षक रह्यो । खासगरि युवाहरु त भुतुक्कै भए । ढाकाटोपी ढल्काउने चाहिँ राजेश खतिवडा जसले उद्घोषण गरेका थिए ।

new-year-paris-2066-056

मादल बजाउने रच्छे तामाङ । यि भद्र, सौम्य र नम्र युवा मुसुक्क हाँस्दै मादललाई जुन सुकै ताल र भाकामा नचाउन सिपालु छन् । 

 new-year-paris-2066-049

न्रित्य र गित जम्न थालेपछि अघिल्लो श्रेणीमा बसेका महिलाहरुपनि निकै जोस्सिँदै ताली पिट्दै थिए ।  new-year-paris-2066-137

दाहिनेतिरका बिमल बस्याल र देब्रेतिरका पेरिसको श्रीगणेश रेस्टुरेन्टका सञ्चालक दाई घनश्याम पौडेल । भुइँमा खुटा फिरिरि नचाउँदै कम्मर भाँच्दै यि दुबै बेजोडले नाच्छन्  ।

new-year-paris-2066-147

समूहगत नाचको लागि आग्रह गरेपछि के चाहियो र ! केहि घण्टादेखि खुट्टा उचाल्दै बसेका हरु जुरुक्क जुरुक्क हुँदै नाच्न थाले ।

new-year-paris-2066-110
सारा नेपालीले नाचेको गाएको देखेपछि मान्छ रैथाने मनले ? देब्रेतिरकि यि फ्रान्सेली महिलापनि अरुका हात र खुट्टाका चालढाल हेरेर खुब सिक्दै थिईन । अनि यसरि नाच्ने भनेर सिकाउँदै थिए घनश्याम दाई । दाहिनतिरका चाहिँ नेपाली दुतावासका त्रितिय सचिव सागर फुयाल जो ति महिलाई हौशला थप्दै थिए नाच्नकालागि ।

new-year-paris-2066-065

न्रित्य पोषाकमा वालिका अस्मिता अधिकारी । यिनले पनि नाच देखाईन । उनलाई पोषाक मिलाउँदै थिईन जिवन भाउजु । ति नानीको फोटो खिच्दै थिए बिजेन्द्र पधान । आफु सरहकाको फोटो खिचेको देखेपछि वाल उत्सुकता न हो किन मान्थ्यो ? एक वालिक र वालक पनि आएर उभिए ।

new-year-paris-2066-050
यि हुन् ईसाबेल । नेपाली सांस्क्रितिक ग्रिहको हरेक कार्यक्रममा यिनी निकै सक्रिय छिन् ग्रिहको महासचिवका रुपमा रहेर । सुन्दर मानिसलाई क्या सुहाउने है नेपाली ढाकाको लुगा !

new-year-paris-2066-076
नेपाली खाना साँच्चिकै प्रशंसा गर्न लायकको थियो । फ्रान्सेलीहरुलेपनि खुब जिब्रो फट्कार्दै खाएका थिए ।
new-year-paris-2066-020

टाउको घुमाई घुमाई, कम्मर मर्काई मर्काई खुट्टा बटारिबटारि नाचौं नाचौं लाग्ने गित संगित त्यसै पक्कै मिल्दैन । यो त्यो सबै मिलाउने यिनै हुन् पल्लो छेउबाट जिमी श्रेष्ठ, कविन्द्र कायस्थ, प्रविण सापकोटा र आदित्य खाँड

new-year-paris-2066-151

राती एघार बजे निस्कियौ कार्यक्रम सकेर। हातमा मादल र बाँसुरी अनि गलामा भाका र मनमा उत्साह भएकाहरु एकैचोटि निस्किएपछि के चुपचाप बस्थे । सडकमा पुरै “फूलबुट्टे सारीमा, ओंठमा लाली आँखैमा गाजलु मोहनी बोलीमा” भन्दै शुरु भैहाल्यो गित । रच्छे छँदै थिए मादल तड्काउने । अनि अरु के कम ? पुरा सडक गुञ्जाउँदै रेल स्टेशन सम्मपुगियो । बाटोमा कम्मर मर्काउँदै खुब नाचे साथीहरु । असाध्यै रमाईलो भयो ।

new-year-paris-2066-195
लौ भूमिगत रेलको सुरुङमा छिरेपछि त चुपचाप लाग्लान साथीहरु भन्ने सोचेको थिएँ । के चुप लाग्थे ? पुरा रेलको एक डिब्बा त नेपालीको कब्जामा पर्‍यो । त्यहिँ भित्र ‘माझिदाई पोखरा फेवातालको, लाउ माया साँच्चैको नलाउँ भो ख्याल ख्यालको” गित जम्यो । नाच्न थाले । टाई ढल्काउने यि साथी विकाश हमालले गोडाको चाल फिरिरि घुमाउँदै नाचेको देखेपछि त उनको पछाडिका दुई बिदेशी युवतीहरुपनि हौसिए । अनि उनले हात हल्लाउँदै नाच्न सिकाए । रेलभित्र नाच र गित सुनेर थपडी बजाउने अरुपनि थुप्रै यात्रु थिए ।

(तस्बिर सबै म आफैंले खिचेका हुँ)

तपाइँको प्रतिक्रिया