गाउँभरिका मानिस भकाभक बेहोस, अज्ञात रोगले गाउँनै त्रसित

  • मणिराज गौतम हेटौडा

11096876_985127328172062_1774161163_o

मकवानपुरको बुढिचौर गाविसमा अज्ञात रोगका कारण १८ जना बिरामी परेको छन । एक्कसी स्थानियहरु बेहोस हुन थालेपछि त्यहाँ स्थानियमा त्रास फैलिएको हो । मंगलबार गाँउमा एक जनाको मृत्यु भएको र त्यहाँ उपस्थित भएकाहरुमा वाकवाकी लाग्ने, वान्तहुने, रिँगटा लाग्ने र बहोस हुने लक्षण देखियो । बिरामीको छेउमा भएको अरु व्यक्तिहरुमा पनि त्यस्तै लक्षण देखेर अरुपनि बिरामी हुने भएपछि स्थानियमा त्रास फैलिएको छ ।

सुरुमा हिरामाया रुम्बालाई उक्त रोगको लक्षण देखिएको र त्यसपछि उक्त रोगका कारण अन्य १७ जना बिरामी भएका थिए । बिरामी भएका १८ जना मध्येमा १४ जनाको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ भने बुढिचौर १ निबासी प्रेमबहादुर मोक्तन, बुढिचौर १ कै सीतामा योन्जन, बुढिचौर १ कै बुद्धिमाया मोक्तान, र बुढिचौर १ कै पार्वती तितुङको स्थास्थ्य चौकी बुढिचौरमा उपचार भईरहेको छ ।

अन्य बिरामीहरु बुढीचौर २ का १६ वर्षीय बिन्दु योन्जन, बुढीचौर १ का १७ वर्षीय युनिस योन्जन, बुढीचौर १ का १८ वर्षीय कल्याण गोले, बुढीचौर १ का २१ वर्षीय दिपमाया लुङबा, बुढीचौर १ का २० वर्षीय लक्ष्मी लुङबा, बुढीचौर १ का ४० वर्षीय रत्नमाया बोम्जन, बुढीचौर १ का १३ वर्षीय अञ्जली योन्जन, बुढीचौर १ का ३२ वर्षीय हरिमाया स्याङतान, बुढीचौर १ का ११ वर्षीय राजेन्द्र स्याङतान, बुढीचौर १ का ३१ वर्षीय हिरामाया रुम्बा, बुढीचौर १ का १४ वर्षीय निराजन योन्जन, बुढीचौर १ का १७ वर्षीय रितु भोम्जन र बुढीचौर १ का १८ वर्षीय रोजिना भोम्जनको हेटौंडा अस्पतालमा उपचार भईरहेको स्थानिय बेदनाथ न्यौपानेले जनाकारी दिएका छन ।

बिहान अस्पताल ल्याउँदा बेहोस रहेको सम्पुर्णको अबस्थामा अहिले सुधार आएको बिरामी सबैको अहिले उपचार भई रहेको छ । डक्टरले सुरुमा खानामा बिषदी परेको कारणले यस्तो भएको भनिएको भएता पनि हेटौंडा अस्पतालमा परिक्षण पछी डक्टरहरुले उक्त रोग मास हिस्टेरिय भएको जनाएको छ । उक्त रोगबाट अझै स्थानियहरु त्रसित रहेका छन् ।

स्थानियका अनुसार बिरामीको संख्या अझै बढ्ने क्रममा रहेको छ गाँउमा त्यस्तो बिरामी अरु पनि हुने क्रम जारी रहेको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरबाट स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेर उपचार तथा रोगको पहिचान गर्ने कार्य भईरहेको छ ।

तपाइँको प्रतिक्रिया