फ्रान्समापनि सरकार चलाऊने पार्टीको हालत माओवादीको जस्तै
नेपाल र फ्रान्स धेरै कुरामा समान छन् भनेर त्यसै भनिएको होइन । फ्रान्सको राजनीति, भौगोलिक धेरै कुरा मिल्छ नेपालसित । फ्रान्सेली नागरिकका धेरै बानीपनि मिल्छन् नेपालीसित । अहिले त झन राजनीतिक पारापनि समान देखिएको छ । हिजो आईतवार भएको अञ्चल स्तरिय (देपाख्तमँताल) निर्वाचनको दोस्रो चराणमा सरकारको नेत्रित्व गरिरहेको दल समाजवादी पार्टी (सोसलिस्ट पार्टी)को हालत पहिलो संविधानमा मुख्य दल बनेर सरकार हाँकिरहेको हाम्रो एकिक्रित नेकपा माओवादीको जस्तै भएको छ । फर के छ भने उता संविधान सभाको निर्वाचनमा माओवादी बढारियो । यता अञ्चलस्तरिय निर्वाचनमा समाजवादी दल बढारिएको छ । माओवादी बढारिँदा सरकार छोड्नुपर्यो । फ्रान्समा समाजवादी पार्टी बढारिँदा भने तत्काललाई सरकार छोड्नु पर्दैन । किनभने यो केन्द्रिय स्तरको निर्वच्अन होइन । तर भबिषयमा सरकार बाहिर रहने संकेत भने देखाएको छ ।
हिजो आइतवार दोस्रो चराणको निर्वाचन भएको थियो फ्रान्सभारिनै । त्यसमा मुख्य प्रतिपक्षी दलले ४४ दशमलव नौ प्रतिशत मत ल्यायो । मुख्य प्रतिपक्षी दल युएमपीसित अन्य साना तिन दलकोपनि गठबन्दन थियो । सरकार प्रमुख समाजवादी पार्टीले भने २८ दशमलव आठ प्रतिशत मत मात्रै ल्याउन सक्यो । सरकारमा रहेर सबै हतकण्डा प्रयोग गर्दापनि हारेको आरोप प्रतिपक्षीहरुले लगाउनेनै भए । उता अनुदारबादी वा दक्षिणअपन्थी भनिएको दल फँ नास्सियोँनाल (नेशनल फ्रन्ट) ले २४ दशमलव तिन प्रतिशत मत ल्याएर धेरैलाई चकित पारिदिएको छ ।
अती दक्षिणपन्थी दलहरुले एक दशमलव तिन प्रतिशत मत ल्याएका छन् । अघिल्ला निर्वाचनहरुमा भन्दा यस पटक यिनको मतपनि बढेको छ । यसको अर्थ हो, फ्रान्समा अहिलेसम्म शासन गर्दै आएका दलहरु देखेर जनता आत्तिएका छन् । तिनमा युएमपी र सोसलिस्ट पार्टीदेखि बित्रिष्णा जाग्दो छ । यता सरकारमा लामो समयसम्म पालैपालो गएका पार्टीहरुको मत घट्दो छ भने उता नेपालमा चाँहीँ लामो समयसम्म सरकारमा बसेको पार्टी नेपाली कांग्रेस संविधान सभाको दोस्रो निर्वाचनमा पहिलो पार्टी बन्यो ।
सोसलिस्ट पार्टीले हार्नुको करणपनि उता नेपालमा माओवादीले दिएको आश्वासअन पुरा गर्न नसकेको जस्तै छ । जनतालाई गास, बास, कपास, आर्थिक क्रान्ति, भ्रस्टाचार निर्मूल पार्ने जस्ता नारा दिएर गए । पछी आँफैं धनयुद्दमा मुछिए । पारीयोजनामा रमाउन थाले । जनतालाई दिएका बाचा माटामा मिलाए । हो त्यस्तै भएको हो, सोसलिस्ट पार्टीको हालतपनि यता । युवाहरुलाई रोजगार । बेरोजगार भत्ता बढाउने, आर्थिक सबलता गराउने, उध्योग र कलकारखानाहरु जो बिगतमा अनेक समस्याले रुग्न बनेका, बन्द भएका थिए तिनलाई पूनर्स्थापित गर्ने लगायतका आकर्षक नारा राष्ट्रपती फँस्वा ओलँदले दिएका थिए । जनताले पत्याए । मत दिए, जिताए । तर जितेपछि उनले ति एक बचनपनि पुरा गरेनन् । बरु महँगी बढ्यो । बेरोजगारी बढ्यो । आर्थिक मन्दी झन आकाशियो । असुरक्षा त झन बढेको महसुस नागरिकले गरे । सरकारप्रती झनै विश्वास टुट्यो । यही कारणले गर्दा उता नेपालमा माओवादीको हालत जे भयो यता फ्रान्समा सरकार हाँकेको दल सोसलिस्ट पार्टीको हालत उही बनेको छ ।





