पत्रकार महासंघका जिल्ला अध्यक्ष एमाले पार्टीका उमेदवार
पत्रकारले राजनीति गर्न हुन्न । कुनैपनि राजनीतिक पार्टीमा लाग्नुहुन्न । स्वतन्त्र रहनुपर्छ । यो कुरो नेपाल पत्रकार महासंघको आचार संहितामै उल्लेख छ । पार्टीका मनिषालाई कारवाही गर्ने, पार्टी राजनिती गर्नेलाई सदस्यता नदिने कुरोपनि खुबै उठ्छ । तर पालना गर्ने कसले ? अब त झन पत्रकारहरु हाकाहाकी पार्टीकै झन्डा उचालेर मत माग्न थालेका छन् ।
नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष कुशलबाबु बस्नेत हुन् । उनले लामो समयदेखि नेकपा एमालेमा रहेर लामो समयदेखि पार्टीको मोर्चा सम्हाल्दै आएको भन्दै मत मागेका छन् । उनी नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष त हुन् । तर यता नेकपा एमाले उदयपुर जिल्लाको सातौं अधिबेशनमा पोष्टरनै बनाएर मत मागेका छन् ।
आफ्नो तस्विरसहितको पोष्टरमा उनले लेखका छन् ‘नेकपा एमाले उदयपुरको सातौं जिल्ला अधिबेशनमा उदयपुरका लोकप्रिय, ईमान्दार तथा लामो समयदेखि पार्टीको बिभिन्न मोर्चा सम्हाल्दै आउनुभएको क. कुशलबाबु बस्नेतलाई जिल्ला कमिटी सदस्यमा विजय गराऔं ।’






