मकवानपुरमा गैडा आतंक नियन्त्रणमा आउन अझै सकेन

  • मणिराज गौतम / हेटौडा

18512_983860691632059_8203205816568222680_n

चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट मकवानपुर छिरेको गैंडाले सोमबार दिनभर मकवानपुरे जिल्लाबासीलाई आतंकित बनाएको छ । एकाविहानै पदमपोखरी हुँदै हेटौंडा–९ लामसुरेहाईटमा देखापरेको एकसिंगे गैंडाको आक्रमणबाट हेटौंडा उपमहानगरपालिका–६ रामनगर पन्द्रबिगाहाकी ६१ बर्षीय हरिमाया दाहालको मृत्यु भएको हो । स्थानीय जंगलमा पत्कर लिन गएका बेला उनलाई गैंडाले आक्रमण गरेको थियो । उनको उपचारका लागि चितवन लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।

10986833_983860801632048_4698098288749572395_n

लामसुरेहाइटबाट कमाने, गौरीटार, चौघडा, शान्तिनगर हुँदै हेटौंडाको मुख्य बजार प्रवेश गरेको गैंडाले ठाउँठाउँमा हानेर अन्य आठ जनालाई घाइते बनाएको छ । घाइते हुनेहरुमा हेटौंडा ६ की २३ वर्षीया कविता चौलागार्इँ, हेटौडा ६ की ५३ बर्षीया कृष्णमाया गौतम, हेटौडा १८ का ८० बर्षीय रुद्रनारायण धिमाल,  सोही ठाउँकी ५० वर्षीया सावित्रा तिमल्सिना,  हेटौंडा ४ का ५१ वर्षीय अर्जुन लामा, हेटौंडा १ की २८ वर्षीया सगुन भण्डारी,  मकवानपुरको गढी ३ का धनबहादुर लुङ्बा,  हेटौंडा १० बस्ने ३४ बर्षीया विष्णु लामा र हेटौंडा १४ बस्ने जिल्ला हुलाक कार्यालयका कर्मचारी पैशाव लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये ८० बर्षीय धिमाललाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ भने बाँकीको हेटौंडा अस्पताल र चुरेहिल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

10553590_983860654965396_1395131878521656291_n

हेटौंडा बजारबाट अत्तालिएर हेटौंडा अस्पताल परिसरमा छिरेको गैंडाले अस्पताल परिसरमा राखिएको अस्पतालको ना २ च ८५६६ नम्बरको एम्बुलेन्समा क्षति पु¥याएको छ । त्यहाँबाट निस्किएर नजिकैको जिल्ला हुलाकमा छिरेर रोकिराखेको ना ११ प ७८०८ नम्बरको मोटरसाइकलमा पनि क्षति पु¥याएको प्रहरीले जानकारी दिएको छ । गैंडाले हेटौंडा—५ शान्तिनगरका ठाकुर चौलागार्इँको एउटा गाई हेटौडा ६ रामनगरका शहदेब गौतमर्को उटा गाई,हटियामा एउटा भैसी पनि मारिदिएको छ ।

11051965_983860771632051_4651713213872675425_n

गैंडा नियन्त्रणमा लिनका लागि नेपाली सेना, प्रहरी, पर्सा वन्यजन्तु आरक्षको टोली खटिएपनि अबेर सम्म पनि सफल हुन सकेन । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षबाट दुई÷दुई वटा हात्तीसहित प्राविधिकको टोली साझ हेटौडा ल्याईएपछि पनि गैडा नियन्त्रण हुन नसकेपछि साझ परेकोले अहिले पदमपोखरी कुखरेनी खोलातर्फ गैडा लागेको प्रहरीले जनाएको छ । प्रहरीले गैडा पुर्ण रुपमा नियन्त्रणमा नआएकोले जिल्लाबाशिलाई जथाभाबि बाहिर ननिस्कन सुचना जायर गरेको छ ।

तपाइँको प्रतिक्रिया