फ्रान्समापनि नेता देखेर जनता वाक्कदिक्क
नेपाली नेता देखेर हामी वाक्क दिक्क भएका छौं । थोरै नेता छन अधिकांश नेपालीले आशा गरेका । ओहो बिकासइत देशका नेता कती आशाल । जनता र देशकालागी कती राम्रो कामा गर्ने भन्छौं । तर बिकासइत देशका नेता देखेरपनी जनता वाक्क भएका रहेछन । कम्तिमा फ्रान्सका जनता यहाँका नेता र पार्टी देखेर वाक्क भएका छन । यहाँँका नेता र पार्टीको भरोसा र विश्वास फ्रान्सेली जनतामा टुट्दै गएको देखिन्छ । त्यो जनाटकओ मतदानलेनै देखाउँछ ।
फ्रान्समा गत आईतवार पहिलो चरणको अञ्चलस्तरिय (Elections départementales) निर्वाचन भयो । जम्मा ४५ प्रतिशत मत खस्यो । त्यसले अहिलेका नेता, पार्टीमा ठ्याक्कै नेपालमा जस्तो बित्रिस्णा फ्रान्सेलीकोपनि देखिएको छ । अझ नेपालीमा भन्दापनि बढि बित्रिस्णा । किनभने गत संविधान सभाको निर्वाचनअंा नेपालमा झन्डै ७० प्रतिशत मत खसेको थियो । त्यस अघिको निर्वाचनमापनि उस्तै थियो । तर गत आईतवार फ्रान्समा भएको निर्वाचनमा जम्मा ४५ प्रतिशत जनताले मतदानमा भाग लिए ।
सरकार चलाइरहेको दल सोसलिस्ट पार्टीले जम्मा २१ दशमलव ८५ प्रतिशत मत ल्यायो । उसले यो मतदानमा अन्य दुई साना दलसित गठबन्धन गरेको थियो । मुख्य प्रतिपक्षी दल युएमपी पार्टीले २८ दशमलव ७५ प्रतिशत मत ल्याएर हौशिएको छ । उसले ल्याएको मत एकदम धेरै नभएपनि सरकारको नेत्रित्व गरिरहेको दलले भन्दा बढि ल्याउनु पक्कैपनि उसकलागि ठुलो सफलता हो । युएमपीलेपनि अन्य दुई तिन साना दलसित गठबन्धन गरेको थियो । स्रकार संचालक दललाई हराउन उसले अती दक्षिणपन्थी दल फोँ नास्सियोंनाल भन्ने दलसितसमेत गठबन्दन गरेको थियो । फों नास्सियोँनाल यस्तो दल हो जसले युरोपेली परिषदबाट फ्रान्स बाहिरिनुपर्ने, युरो मुद्रा हटाएर पुरनै मुद्रा फ्रेन्च फ्र्यांङ्क ल्याउनुपर्ने र बिदेशीहरुलाई लखेट्नुपर्ने कडा निती अपनाउँदै आएको छ । बाँकी मत कम्युनिस्ट पार्टी, ब्लक फँ द गोस भनिने लगायतका आधा दर्जन पार्टीले ल्याएका छन ।
त्यो परिणाम पहिलो चरणको मतदानको हो । दोस्रो चराणको मतदान आज भएको छ । यसको परिणाम आउन बाँकीनै छ । तर पहिलो चराणको मतदनले के देखाएको छ भने उदार र प्रजातान्त्रिक, समाजवादी भनिने दलहरुको विश्वास जनताप्रती घट्दो छ । किनभने एक्ला एक्लै वा अन्य दलसित गठबन्दन नगरि उठ्ने गरेका ति दलहरुले झिना मसिना दलहरुसित गठबन्दन गरे । एक्लैले २५ प्रतिशत मतपनि ल्याउन सकेनन् । तर उता अतिवादी वा अती दक्षिणपन्थी भनिएको फोँ नास्सियोंनालले भने बितेका वर्षहरुमा भन्दा लोकप्रियता हाँसिल गरेको छ । उसले नाटकियरुपमा मत बढाएको छ । समाजवादी पार्टी, युएमपी पार्टीका गठ भनिएका केही क्षेत्रमापनि उसले जितेको छ । यसले फ्रान्समा शासन गर्दै आएका उदारबादी दलहरुसित जनता आजित भएका छन । अहिलेको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मानव अधिकार, उदारीकरण र युरोपेली ब्रिहद सिमाबाट फ्रान्सेलीहरु खुशी देखिएका छैनन । अर्थात नेता र दलहरु असफल देखिँदै गएका छन् ।
पछिल्लो समयमा फ्रान्सेलीहरुको सबैभन्दा ठुलो चासो र चिन्ता जिउ धनको सुरक्षाप्रति रहेछ । पत्रकार शार्ली एब्दोको कार्यलयमा आतंककारी हमला भएपछी फ्रान्सेलीहरुले सुरक्षापनि सरकारले गर्न सक्दैन भन्ने सोचेका रहेछन जनताले । एकदम थोरै प्रतिशत मतदान भएपछी मेडियाले स्थानियसित गरेको सोधपुछमा जनताले ‘हामीलाई के हुन्छ ? केही गर्दैनन नेताले । नेताहरु झुटो बोल्छन । तिनको काम केहिपनि छैन, सबै झुठो हो, भोट हालेर हाम्रो मतको कदर गर्दैनन् किन भोट हाल्ने ?’ यस्तो नकारात्मक मत मात्रै दिएको देखियो ।
अती अनुदारवादी वा दक्षिणपन्थी पार्टीलाई मत दिनुको कारणपनि सुरक्षानै देखाए । फोँ नास्सियोंनालले अहिलेका पार्टीहरुको आलोचना गरेको, सुरक्षाका बिषय बढि उठाएको, रोजगार श्रीजना गर्ने र फ्रान्सलाई युरोपेली परिषदबाट हटाएर पुन फ्र्यांकनै स्थापित गराउने उसको नाराले फ्रान्समा धेरै सुरक्षा हुनसक्छ भन्ने बुझाई राख्नेको संख्या बढेको छ । अहिलेका पार्टी र नेतासित कुनैपनि विश्वास नरहेको उनीहरुले प्रतिकृया दिएका छन् ।




