बिरामी कागज लुकाएर विमान पड्काएको खुलासा

andreas-lubitz

फ्रान्सको हिमाली क्षेत्र ‘रेजियोँ आल्प्स’ मा किन विमान ठोक्कियो ? यसबारे विशेषज्ञहरुले मतमतान्तर गरिरहेकै छन् । कारण र अनुमानपनि आआफ्नै ढंगले गरिरहेका छन् । तर पछिल्लो घटनाले जर्मन विङ्स विमानका सहचालक अपराधी देखिएका छन् । किनभने उनी विमान चलाऊन नहुने अवस्थामा रहेछन् । उनलाई चिकित्सकले बिदामा बसेर स्वास्थ्य लाभ गर्न सुझाव दिएको रहेछ । जुनदिन उनले ए ३८० जर्मन विङ्ग्सको लुफ्थान्सा विमान फ्रान्सेली हिमालमा ठोक्काए त्यसदिन उनी बिरामी बिदा बस्नुपर्ने रहेछ ।

जर्मनीको डुसल्डर्फमा रहेको उनको घरमा सुरक्षा निकायले घेराबन्दी गरेका थिए हिजोदेखि । अध्ययन अनुसन्धानकालागी । आज बिहान उनको घरमा खोजबिन गर्दा बिरामी बिदाको सिफारिस पत्र भेटिएको हो । त्यो सिफारिसलाई च्यातेर उनैको घरमा मिल्काइएको अवस्थामा अनुसन्धान अधिकारीले भेट्टाएका हुन् । आज बिहानै जर्मन अनुसन्धानअकर्मीहरुले त्यसको पुष्टि गरेको भन्दै फ्रान्सेली मेडियामा सार्वजनिक भएको छ ।

उनले आफूलाई चिकित्शकले बिरामी बिदामा बस्न गरेको सिफारिसलाई कम्पनीसित ढाँटेका थिए । यो घटनाले उनले जानी जानी विमान ठोकाउन खोजेका हुन् भन्ने चर्चालाई झनै पुष्टि गर्न मद्दत गरेको छ ।

एक जना फ्रान्सेली विमान चालकले भने जर्मनविङ्सका सहचालक आन्द्रिया लुइज उत्तेजनामा आएर विमान ठोक्काएको हुनसक्ने बताएका छन् । लुइजले जानी जानी विमानको इन्जिनहरु तहसनहस पार्न विमान अकस्मात ओरालेको भन्दै जर्मन ट्याब्लोईड पत्रीका आलमाँ बिल्डले जनाएको छ ।

फ्रान्सका प्रधानमन्त्री मानुएल भालले अझ कडा प्रतिकृया दिएका छन् । उनको भनाईमा आन्द्रिया लुइजले ‘आफ्ना सबै कृया पागलपन, आत्महत्या र अपराधीक कृयातिर अगाडि बढाएको’ बताए । तिनदिन अगाडि स्पेनको अबर्सिलोनेतबाट जर्मनीका लागि उडेको जर्मनविङ्स कंपनीको जहाज फ्रान्सको हिमाली क्षेत्रमा दूर्घटना हुँदा त्यसमा रहेका १५० जना मारिएका थिए ।

तपाइँको प्रतिक्रिया