२०६६ को पात्रो लिएर बहराईनमा भित्रियो नयाँ वर्ष
–सन्तोष दाहाल, बहराईन
बहराईनवसी नेपालीहरुलेपनि २०६६ साललाई स्वागत गर्दै भब्यरुपमा मनाए । त्यो कार्यक्रम मनाउन उनीहरु राजधानी शहर मानमाको एम्बेस्डर होटेलमा भेला भएका थिए । कार्यक्रममा मगर संघ बहराईनले निकालेको २०६६ सालको पात्रोको बिमोचन मगर संघका अध्यक्ष काजी थापा र हिमालय बैंकका प्रतिनिधी दिपेश भट्टराईले संयुक्त रुपमा गरेका थिए । सहभागिहरुलाई नयाँ वर्षको पात्रो बाँडिएको थियो ।
कार्यक्रममा स्थानिय कलकाराहरुले बिभिन्न नेपाली गित र न्रित्य देखाएर मनोरञ्जन दिएका थिए ।
कार्यक्रमको सञ्चालन नेशनल एक्स्चेञ्जका किरण गुरुङ र मगर संघका महासचिव भगेन्द्र पुलामीले संयुक्तरुपमा गरेका थिए ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक







