लघुकथा : पूर्ण मानव

  • रन्जु मार्ग / अमेरिका

ranju-acharya-009089+ सूर्य  भन्दापनि धेरै माथि के छ ?
– ताराहरु ।
+  सूर्य  भन्दापनि धेरै ठुला के छन् ?
– ताराहरु ।
+ के उनीहरुले धर्ती देखेका छन् ?
– छन् ।
+ धर्ती के हो ?
– जीवहरुको अस्तित्व, माया र प्रेमको मुहान, समर्पण र त्यागको पहाड ।
+ यदि ताराहरु यो धर्तिमा झरे भने ?
– जन्मिन सक्दैन जीवहरु, बाँच्न सक्दैनन प्राणहरु ।
+ यो धर्तिलाई जोगाउन के गर्नु पर्छ ?
– ताराहरु झर्नु हुदैन, मान्छेहरु नै तारा बन्नु पर्छ ।
+ कसरी ?
-आफ्ना शत्रुहरुलाई प्रेम गरेर !!

तपाइँको प्रतिक्रिया