गजल

-नेपोलियन मरहट्टा 

 

nepolian-marahatta-chitwan

गाँस,बास र अलिकती कपास देउ जवानीलाई,

 

जिउँदो लाश नबनाउ, सास देउ जवानीलाई ।

 

 

सधैं चोली भित्र कती बाँधी राख्छौ ? खुम्च्याएर,

 

कहिलेकाहीँ चोली खोली, आकश देउ जवानीलाई ।

 

 

अन्धकार भित्र धेरै तड्पिएर बस्नु हुन्न,

 

हिउँदको घाम तापी प्रकाश देउ जवानीलाई ।

 

 

हरियाली आउन फेरी अर्को ऋतु कुर्नु पर्छ,

 

अहिले नै बिचार गरी, मधुमास देउ जवानीलाई ।

 

 

भोली कहिल्यै आउँदैन,भोली भोली नभन है ?

 

तिर्खा मेटी थोरै आज मिठास देउ जवानीलाई ।

 

 

लोभ गर्दा गर्दै फेरी, भित्र भित्रै खिया लाग्ला ?

 

बाँध फुट्ला कोशीको झैं ? निकास देउ जवानीलाई ।

 

[email protected]

                      

तपाइँको प्रतिक्रिया