कतारबाट मञ्चले गर्‍यो म्रिगौला पीडितलाई सहयोग

  • नबराज सिम्खडा “जिज्ञासु” / कतार

subas-pariyar-2प्राय राजनीतिक दलका भात्री संगठनहरु राजनीति गर्छन् । बिदेशमापनि आफ्नै दल निकटको राजनीतिक संगठनमा कार्यकर्ता ल्याउन तानातान हुन्छ । कार्यक्रम गर्दा कि नेपालबाट ठूला भनिएका नेता बोलाएर भाषाण सुनाउँछन् । कि त प्रवासमै कुनै राजनीतिक कार्यक्रम राख्छन् । तिनलाई नेपालको राजनीतिसित सरोकार त हुन्छ । नेपालमा अनेक दु:ख कष्ट भोग्ने, समस्यामा परेकाहरुलाई सहयोग गर्ने निती, समय र चाख देखिन्न । तर कतारको नेपाली जनप्रगतिशिल मञ्चले भने अपवादमै होस् सामाजिक काममा हात हालेको छ । दुबै म्रिगौला असफल भएर समस्यामा परेका, आर्थिक समस्याले गर्दा अर्को म्रिगौला प्रत्यारोपण गर्न नसकेका कास्की पोखरा स्थित रानीपौवाका सुवास परीयारलाई सहयोग गरेको छ ।

subas-pariyarएकीकृत नेकपा माओबादिको बिदेश स्थित जनबर्गिय संगठन हो, नेपाली जनप्रगतिशिल मन्च कतार । सुवासको दुबै मृगौलाले काम गर्न छाडेपछी आर्थिक अभाबमा जीवन र मृत्युको दोसाँधमा बाँचिरहेका थिए उनी । उन लाई बचाउने उद्देश्यले विभिन्न क्षेत्रबाट सहयोग जुटाउँदै आएको सुवास परियार बचाउ अभियानलाइ मञ्चले कतारी रियाल २५६६ अर्थात करिब ५७ हजार नेपाली रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।

दोहास्थित टपफर्म रेस्टुरेन्टमा दलित एकता संजाल कतारले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा नेपाली जनप्रगतिशिल मन्चका कतारका अध्यक्ष होमनाथ शर्मा तथा नेपाली जनप्रगतिशिल मन्च कतारका सल्लाहकार, सम्योजक एवं श्रमिक कल्याणकारी कोषका सम्योजक रमेश भट्टले दलित एकता सन्जाल कतारकी अध्यक्ष इन्दु लावरलाई हस्तान्तरण गर्नुभएको हो ।

उक्त रकम संकलन नेपाली जनप्रगतिशिल मन्च कतार क केन्दृय सदस्य तथा दुखान क्षेत्रीय सम्योजक गोबिन्द ओली तथा श्रमिक कल्याणकारी कोषकी सदस्य नानू गदालको पहलमा भएको थियो ।

तपाइँको प्रतिक्रिया