लाचार माया
-राम कृष्ण बर्तौला
कोरा कपडाले पर्खाल बन्थ्यो त
ढुंगा इट्टा जोड्नुको महत्तो के ?
क्षणिक भर रिसाउँदैमा सकिन्थ्यो त माया
ताज महलको महत्तो के ?
एक्लिएर जिबन चल्ने नै भए माया
ढुकुर जोडिलाई पबित्रताको संज्ञा दिनुको महत्तो के ?
यदि तिमिमा चाहना नै थिएन त माया
मायाको नौटंकी रच्नु को महत्तो के ?
फेर्दै हिँड्नेहरुको लागि मात्रै हो भने माया
पबित्र माया हुन्छ भन्नु को अर्थ के ?
जसरी पनि बाँच्न त सकिन्छ भने माया
एक अर्कोमा माया साट्नु को महत्तो के ?
अब भन्छौ मेरो मायामा खोट् छ भनेर
त्यस्तो भए म तिम्रो पछि भाग्नु तात्पर्य के ?
दुई आत्माको संगम हो माया भने
म एकोहोरिएर एक्लै पिँडा सहनु को अर्थ के ?
कुम्रोज-७ चितवन
हाल-बग्दाद, इराक ।
(साथीहरु, नेपालप्लसलाई यति धेरै कविता र गजल आएका छन् कि ति तत्कालै प्रकाशित गर्न सक्ने अवस्थानै छैन । त्यसैले तपाईहरुका कविता स्विकार भएपनि प्रकाशित हुन केहि हप्ता लाग्न सक्छ । केहि पाठकहरुले रोमनमा पनि लेखेर पठाउनु भएको छ कविता । त्यसरि लेखिएका कविता स्विकार्य छैनन् । नेपाल प्लसमा छिटो स्थान पाइयोस भन्ने लाग्छ भन्ने साहित्यका अन्य बिधामा पनि कलम चलाउनुहुन अनुरोध छ-नेपालप्लस) ।




