नेपाली दुतावासको हालत : भएको सूचना गलत, मागेको सूचना दिन अस्विकार

  • सन्तोष न्यौपाने / बेल्जियम

Untitled

बेल्जियम स्थित नेपाली दुताबासको वेब साइट अझैसम्म संचालनमा आउन सकेको छैन ।  दुताबासको बिबिध जानकारी तथा नेपाल देशबारे सम्पूर्ण जानकारी बिगत लामो समयदेखि ठप्प छ ।  दुताबासले नविकरण गर्न चासो देखाए पनि तदारुकता साथ कार्य गरिरहेको छैन ।

अहिले दुताबासको वेब साइट http://www.nepalembassy.be/  खोल्दा जर्मनीको बर्लिन शहरको साइट खुलेको हुन्छ । जसको कारण धेरै बिदेसी नागरिक तथा नेपालीहरु सूचनाबाट बन्चित बनेका छन । यसै बारेमा बुझ्न खोज्दा पहिलो पटक माघ १९ मा इमेल मार्फत द्वितिय  सचिव लक्ष्मण खनालले भनेका थिए  ‘दुताबासको वेब अध्यावधिक गर्ने क्रममा छौ । नयाँ वेबसाइट लगभग तयार छ । दुई हप्ताको समयमा शुरू गरिनेछ ।’

duतर खनालले भनेबमोजिम २ हप्ता सम्म पनि नबिकरण भएन ।  पुन एक महिना पछि  फागुन २२ गते दुताबाससंग जानकारी लिँदा भने वेव निर्माण गर्ने कम्पनीलाई दोष दिएर उम्कन खोजे । ‘सुरुमा कम्पनीले तयार छ अब छिट्टै हुन्छ भन्यो । तर पछि केही प्राविधिक ढिलाइ भएको छ भनेर जवाफ दियो ।’ सचिव खनालले दोस्रो पटक भने ‘ नयाँ वेबसाइट अर्को हप्ताको अन्तसम्ममा तयार हुनेछ भनेर उनीहरुले आश्वासन दिएका  छन । आसा गरौ, अब समयमा काम सम्पन्न हुनेछ ।’

त्यस्तै,  दुतावासले प्रथम विश्व युद्दमा मारिएका नेपाली सैनिकहरुको सम्झनामा शालिक निर्माण गरेको छ । इपर सहरमा निर्माण गरिएको उक्त शालिकको बारेमा बुझ्न खोज्दा कुनै जानकारी दुताबासले दिन खोजेन । शालिक निर्माण गर्न लागेको खर्च, कम्पनि तथा अन्य आर्थिक तथा प्राबिधिक कुराहरुको बारेमा सचिव लक्ष्मण खनालले यो सबै जानकारी राजदुतको अनुमति बिना दिन नसकिने बताए ।  तर पछि उनकै अनुसार राजदुतलाइ सम्पर्क गर्दा राजदुत राममणि पोख्रेलले भने ‘उदघाटन कार्यक्रममा सबै थाहा हुनेछ । धैर्य गर्नुहोला ।’

बेल्जियम स्थित दुताबासले बेल्जियम, लक्जेम्बर्ग, नेदरल्याण्डलाइ हेर्ने गरेको छ ।

यूरोपियन युनियन लगायत विश्वका बिशिस्ठ संस्थाहरु बसेको देशमा रहेको नेपाली दुताबासको  अवस्था प्रति नेपाली जनमानसले आपत्ति जनाएका छन ।

तपाइँको प्रतिक्रिया