कविता : मेरो नेपाल म नेपाली

  • मदन बज्राचार्य

Script-Write-icon-11212222

व्यक्तिको जात र धर्म उसले चाहेमा बदलिन पनि सक्छ

तर नेपाल रहेसम्म नेपालीको राष्ट्रियता बदलिन सक्दैन ।

++++++++++++

राजतन्त्रमा राजा देशको “मालिक” लोकतन्त्रमा नागरिक

उहिले रानीले जन्माउने राजा अहिले जनताले चुनिने राजा । 

++++++++++++

हिमाल पहाड तराइ मिलेर बनेको हाम्रो नेपालको हामी नेपाली

विश्वलाई चिन्हाउने यहि मात्रै हो हाम्रो वास्तविक पहिचान ।

++++++++++++

हिमाल हाम्रो बुइगल, पहाड हाम्रो चोता, तराइ हाम्रो मातन

यो र त्यो जात र धर्मको सबै नेपालीको नेपाल साझा घर हो ।

++++++++++++

छालाको रंग, लगाउने लुगा र बोल्ने भाषा हाम्रो अलग् होला

तर हिमाली पहाडी र तराइबाशि सँधै मिलि बाँडी खाने परिवार  ।

++++++++++++

हाम्रो नेपाल हामी नेपाली भन्ने माथि कयौं आईलागे तर सबै हारे

तर भनिन्छनि मित्रले साथ् छोड्ला तर शत्रुले  पिछा कहिले छोड्दैन ।

++++++++++++

प्रकृतिले सानो नेपाललाइ धेरै दिएकोमा शत्रुको मुटु डाहले जलेको छ

त्यसैले  नफुटे  सम्म जित्ने नसकिने हामी नेपालीलाई तोड्न खोजेकोछ ।

++++++++++++

“मै मधेसी”  पहाड र हिमाल सित  न जोडिने नारा त्यस्तैले लगाएको छ

सफल हुँदैन तिनीहरु तर के गर्ने हामी बाटै कोहि “गद्दार” बनेको छ ।

तपाइँको प्रतिक्रिया