पत्रकार महासंघको सदस्य बन्ने हो ? खुल्यो आबेदन
तपाई युरोपमा बसेर लेखनमा सक्रिय हुनुहुन्छ । पत्रकारितामा सक्रिय हुनुहुन्छ र नेपाल पत्रकार महा संघ युरोपको सदस्य बन्न चाहनुहुन्छ भने आबेदन खुलेको छ । गत सेप्टेम्बरमा नेपाल पत्रकार महा संघ युरोप शाखा (एफ एन फे युरोप) को अधिबेशन भएको थियो, बेल्जियममा । त्यस अ धिबेशनमा एफ एन जे युरोप शाखाको पेरिसमा सम्पन्न पहिलो अधिबेशन देखिनै गैह्र पत्रकारहरू प्रबेश गरेकाले तिनको छानबिन हुनुपर्ने माग उठ्यो । बेल्जियममा भएको दोस्रो महाधिबेशनमापनी फेरि सदस्यताको बिबाद चर्कियो । त्यसपछि एफ एन जे युरोपमा सदस्य बन्नका अलगी नयाँ आबेदन दिएका र पेरिस समेलनदेखि सदस्य बनेका सबैको छानबिन गर्ने निर्णय गर्यो । एफ एनजे केन्द्रिय अध्यक्ष डा महेन्द्र बिष्ट र महा सचिव उजिर मगरको उपस्थितीमै अधिबेशनले सबैको सदस्यता छान्बिन गर्न द दी सापकोटाको संयोजकत्वमा लक्ष्मण देवकोटा र गुणराज शर्माको तीन सदस्य छानबिन समिति बनाएको थियो ।
पेरिस सम्मेलनदेखिकै सदस्यहरू छानबिन गर्ने र नयाँ आबेदकपनि धेरै भएपनि तिन सदस्यिय छानबिन समितिले अधिबेशनमै एफ एनजे युरोपको सदस्य बन्न इच्क्षुक र बनेका सबैको नयाँ सदस्य बन्नकालागि जस्तै गरि सबै जनासित नयाँ आबेदन लिने निर्णय गरेको थियो । अधिबेशनको निर्णय र केन्द्रको निर्देशनपछी समितिले एफ एन जे युरोपको सदस्य बन्न इच्क्षुक, पहिले बनेका सबैसित नयाँ आबेदन माग्ने निर्णय गरेर सूचना जारी गरेको छ । सूचना फर्वरी महिनाको पहिलो दिन सार्वजनिक गरेको हो । सूचनाका अनुसार अब पहिले आबेदन दिएका र सदस्यता लिएका समेत सबैले नयाँ आबेदन दिनुपर्ने छ । आबेदन दिने मिति युरोपको समय अनुसार सन् २०१५ फर्वरी २८ तारिख राती ठिक १२ बजेसम्म तोकिएको छ ।
तिन सदस्यिय छानबिन समितिले जारी गरेको सूचनामा भनिएको छ ‘सदस्यता छानबिनका लागि हामीले पेरिस अधिवेसनदेखि हालसम्मकै आबेदक वा सदस्य बनिसकेका सबैको छानविन गर्नुपर्ने भन्ने म्याण्डेट बेल्जियम अधिवेसनले दिएको हुनाले सबै इच्क्षुक सदस्यहरुबाट पुन आबेदन माग्ने निर्णय गरेका छौं ।’ समितिले बिदेशमा रहेका शाखाहरु अन्तर्गत नेपाल पत्रकार महासंघको साधारण सदस्य बन्नकालागि न्युनतमा मापदण्ड के हो ? कसरी सदस्य बन्ने भन्ने सबै बिधिका बारेमा नेपाल पत्रकार महासंघको ‘वैदेशिक शाखासम्बन्धी नियमावली–२०६७’ ले स्पष्ठ व्याख्या गरेको हुँदा त्यसको अध्ययन गरेर त्यसैका आधारमा आबेदन दिन सबैलाई आव्हान गरेको छ । आबेदन दीन सबैलाई सहज होस् भनेर प्राप्त मेलहरुमा सदस्य बन्नकालागि चाहिने फर्म र बैदेशिक नियमावली समेत पठाएको छानबिन समितिले जनाएको छ । तल दिएको ईमेलमा आबेदन मागेरपनि तपाईले आबेदन फर्म भर्ना सक्नुहुने छ । एफ एन फे युरोपले सदस्यता लिन इच्क्षुकहरूलाई आबेदन दिन आव्हान गर्दै जारी गरेको सूचना हेर्नुस् !
नेपाल पत्रकार महासंघ युरोप शाखा सदस्यता छानविन समितिको सदस्यता सम्वन्धी जरुरी सुचना !!!
नेपाल पत्रकार महासंघ युरोप शाखाको अधिबेशन गत सेप्टेम्बरमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट र महासचिव उजिर मगर सहितको उपस्थितिमा सम्पन्न भएको यहाँहरूलाई जानकारि नै छ । अधिबेशन सम्पन्न हुने क्रममा देखिएको सदस्यता सम्वन्धी समस्यालाई मध्यनजर गर्दै उपस्थित सबै पत्रकार साथीहरुको सहभागिता, चासो, गम्भिरता र माग अनुरुप नेपाल पत्रकार महासंघ युरोप शाखाको पहिलो पेरिस अधिवेशनदेखि नै खासगरी वास्तविक पत्रकारहरूको पहिचान र बैधानिकताको छानबिन हुनुपर्छ भन्ने निर्णय सहित सर्वसम्मत छानविन समिति गठन भएको थियो । अधिबेशनको म्याण्डेट, युरोप शाखालाई वास्तविक पत्रकारहरूको संस्था बनाउने युरोपका पत्रकार साथिहरूको अथक प्रयास र केन्द्रिय पदाधिकारीद्वयको रचनात्मक सुझाव अनुरुप पेरिस अधिबेशन देखिकै सम्पूर्ण पत्रकारहरूको छानबिन गर्ने जिम्मेवारी हामीलाई दिनु भएको थियो । त्यहि जिम्मेवारी पूरा गर्न हामीलाई नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयबाट मिति २०७१/०९/१३ मा पत्र आएको छ । महाधिबेशनको म्याण्डेट र केन्द्रिय कार्यालयको पत्रसहित हामीले आफ्नो काम शुरु गर्न लागेका छौं ।
सदस्यता छानबिनका लागि हामीले पेरिस अधिवेसनदेखि हालसम्मकै आबेदक वा सदस्य बनिसकेका सबैको छानविन गर्नुपर्ने भन्ने म्याण्डेट बेल्जियम अधिवेसनले दिएको हुनाले सबै इच्क्षुक सदस्यहरुबाट पुन आबेदन माग्ने निर्णय गरेका छौं । त्यसकालागि यहाँहरूको सक्रिय चासो, संलग्नता र सहयोग अत्यावश्यक छ । बिदेशमा रहेका शाखाहरु अन्तर्गत नेपाल पत्रकार महासंघको साधारण सदस्य बन्नका न्युनतमा मापदण्ड के हो ? कसरी सदस्य बन्ने भन्ने सबै बिधिका बारेमा नेपाल पत्रकार महासंघको ‘वैदेशिक शाखासम्बन्धी नियमावली–२०६७’ ले स्पष्ठ व्याख्या गरेको छ । त्यसको अध्ययन गरेर त्यसैका आधारमा आबेदन दिनु हुन हामी सबै इच्क्षुक मित्रहरुलाई आव्हान गर्दछौं । आबेदन फर्म र बैदेशिक नियमावली समेत यसैसाथ संलग्न गरेका छौं ।
प्राप्त आबेदनहरु माथि नेपाल पत्रकार महासंघ युरोप शाखाको हाम्रो तीन सदस्यिय समितिले छानबिन गर्ने छ । रित नपुगेका वा नक्कली कागजपत्रसहित आवेदन दिएको पाईएमा केन्द्रलाई त्यसैगरी सिफारिस गरिने छ । हाम्रो समितिले तोकेको मिति भित्रै तलका उल्लेखित ईमेलमा यहाँहरूको आबेदन बैदेशिक नियमावलीमा तोकिए बमोजीम न्युनतम मापदण्ड पुरा गरि पठाउनु पर्नेछ । रित नपुगी आएका वा ढिलो गरि प्राप्त भएका निवेदनहरू स्विकार्य हुने छैनन् ।
पहिलो अधिबेशन देखिनै अहिले सम्म सदस्यता शुल्क बुझाएका, नबुझाएका, तत्कालिन नयाँ आबेदकको हकमा निवर्तमान समितिसित सहयोग लिईने छ । यदि नबुझाएको भएमा एकमुष्ठ बुझाउनु पर्ने छ भने नयाँ आवेदकले निवेदन सहित सदस्यता शुल्क जम्मा गरेको प्रमाण पेश गर्नु पर्ने छ ।
छानबिन समितिलाई तपाईहरुको सहयोग महत्वपूर्ण रहने हुने हुँदा यहाँहरूको कुनै सल्लाह र सुझाव भए बेलैमा तल उल्लेखित ईमेलमा दिनु भएमा हामी आभारी हुने छौं । सदस्यता छानविन निस्पक्ष, स्वच्छ र नियमावली अनुसार गरिने प्रतिबद्दता सहित हामीले गरेका कामका बारेमा सबैलाई जानकारी होस् भन्ने हेतुले छानविनमा आएका आवेदन र त्यस माथि हामीले गरेका छानविन सहित केन्द्रमा बुझाएको फाईल दुरुस्त सहित समितिको प्रतिवेदन आगामी युरोप शाखाको अधिवेसन प्रस्तुत गरिने कुरा पनि जानकारी गराउँदछौ । यसमा केन्द्रको सुझाव लिईने छ । आबेदन दर्ता र प्रमाण पेश गर्ने प्रक्रियामा कुनै अप्ठेरो, नबुझिएको भए यहाँ उल्लेखित मेलमा सुझाव माग्न सकिने छ । सदस्यता शुल्क बुझाउनकालागि संवन्धित देशका कोहि ब्यक्तिको नाम सिफारिस गर्ने छौं ।
आबेदन दिने मिति – युरोपको समय अनुसार सन् २०१५ फर्वरी २८ तारिख राती ठिक १२ बजेसम्म । (एकै मिनेट ढिलो आएका आबेदनपनि स्विकारिने छैन)
आबेदन दिने ठेगाना – [email protected]
आबेदन दिने माध्यम – ईमेल (हुलाकबाट पठाउनेले संपर्क गर्न सकिने छ)
पुनश्च – बुझाईएका कगजपत्रहरू स्पष्ठ बुझिने हुनुपर्ने छ ।
नेपाल पत्रकार महासंघ युरोप शाखा, पत्रकार छानबिन समिति
संयोजक – ददि सापकोटा
लक्ष्मण देवकोटा
गुणराज शर्मा
मिति- सन् २०१५ साल फर्वरी १ तारिख आइतवार
नोट : सदस्यता शुल्ककालागि नेपाल पत्रकार महासंघ, वैदेशिक शाखासम्बन्धी नियमावली–२०६७ को बुँदा छ को (क) अन्तर्गत सदस्यता शुल्क शिर्षकमा उल्लेख भए अनुरुप गर्नुहुन अनुरोध छ ।
आबेदन फार्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्
https://mail.google.com/mail/u/0/#inbox/14b83dbce01458b8?projector=1
बैदेशिक नियमावली हेर्न यहाँ क्लिक गर्नुहोला
https://mail.google.com/mail/u/0/#inbox/14b83dbce01458b8?projector=1




