बैध्य माओवादीको बेलायत शाखामा भाँडभैलो
- देबेन्द्र घिमिरे
संयोग हो वा लामो समयदेखिको तयारि । नेपालमा बैध्य माओवादीको नेत्रित्व तहमा नातागोता परेको खबर बाहिर आएकै बेला यता बैध्य माओवादीको बेलायत शाखामापनि पदकै किचलो मच्चिएको छ । पद दिने, थामथुमा पारेर अल्झाएर राख्न खोज्दा हुँदै नभएको पद श्रीजना त गरे । तर यतिखेर त्यहि पद घाँडो भएको मात्रै छैन, त्यहि पदले गर्दा भाँडभैलो मच्चिएको छ । पूर्व सचिव कर्ण शाहीलाई थामथुम पार्न नयाँ पद श्रीजना गरेपछी अहिले त्यहाँको सिंगो शाखामै भाँडभैलो मच्चिएको हो ।
नेकपा – माओवादी युकेका सचिव थिए कर्ण शाही । उनी युनियन नेपाल सर्भिस युके लिमिटेड खोलेर हुण्डीको ब्याबसाय गर्दै आएका ब्यक्ति हुन् । कर्ण साही ले राम्रो काम नगरेको भन्दै उनलाई निकालियो साँ २०११ मा । त्यसलाई हाल गर्न भन्दै पोलिट ब्युरो बसन्त आए । त्यहाँको असन्तुस्टीलाइ हल गर्न पूर्ण लोक्सामलाइ सचिव बनाए ।
पार्टीलाई सहयोग दिने । दामपनि कमाएका । मन नदुखोस भनि सम्मानित बहिर्गमनको बाटो खोजे । उनलाई मख्ख पार्न पार्टीमा नभएको पद श्रीजना गरे ‘इन्चार्ज’ । पार्टीको इन्चार्ज भन्ने नाम दिएपछि उनीपनि दंग पार्ने भैहाले । तर अधिकार केही थिएन । खासमा इन्चार्ज हुन माथिल्लो पदको हुनुपर्छ । पार्टीको केन्द्रिय नेता त हुनै पर्थ्यो । उनी थिएनन् । केन्द्रिय स्तरको नेता बन्न काम गरेको हुनुपर्यो । यता शाहीले त बेलायत शाखामा कामै नगरेकाले हटाउँदा सम्मान दिएर आफ्नै पार्टीमा जोगाएर राख्न पद श्रीजना गरिएको थियो । त्यसैले इन्चार्ज भनेका थिए ।
यस पछिका दिनमा पूर्ण लोक्साम लगाएतका स्थानिय नेताले बेलायर शाखामा काम गरे । कर्ण शाहीको कुनै भूमिका रहेन । बैध्य माओवादी फुट्यो । कार्यकर्ताबिच तानातान र को कता लाग्ने भन्ने शुरु हुनेनै भयो । यहि मौका पारेर उनले अहिले दुबैतिर नजाने भनि कार्यकर्तालाई भन्न थाले । तर माथिल्ल तहका नेतासँग गोप्य सम्पर्क गर्दैपनी रहे । जब युरोपमा बैध्य पार्टीको बिउपनी नदेखिने अवस्था भयो त्यसपछि फेरि पदको लोभ देखाइयो । कर्ण शाहीलाई केन्द्रिय सदस्य दिने तयारि गरियो । मनोज थापाको सिफारिस र सिपि गजुरेलको प्रस्तावमा । कामै नगरेकाले भन्दै हटाइएका ब्यक्ति बिदेश बिभागको तर्फबाट रातारात केन्द्रिय सदस्य बने ।
यस्ता कुरा सुल्झाउन उनी सिपालु मानिन्छन । ब्यापारीक आधारका उनले उच्च घरानिया मनोज थापा र आर्थिक मामिलामा उदार दिलका सिपीले तालमेल मिलाए । दुई ठूला नेताको स्ट्याम्प लागेपछि कामै नगरेर हटाईएका ब्यक्ति रातारात ठूला नेता बने । जब केन्द्रिय सदस्य पक्का भयो उनले बेलायतका साथीहरुलाई आफ्ना बाबुको चौरासीको पूजा गर्नु छ भन्दै अकस्मात नेपाल हानिए । कम्युनिस्ट नेता बाउको चौरासी पूजामा ? उनका साथिहरू हाँसे । तर कुरो अर्कै रहेछ् । उनी त पार्टीको केन्द्रिय समितिको बैठकमा भाग लिन पो यता बेलायतमा ढाँटेर गएका रहेछन् ।
त्यो कुरो थाहा पाएपछि शाही नफर्किँदै बेलायतका कार्यकर्ता रिसले आगो भए । ए चौरासी पूजा भनि भनि हाम्लाईनै ढाँटेर जाने ? नेताको चाकरी गर्न हामीलाई ढाँट्ने ? उनका साथीहरुनै रुस्ट बनेका छन् । काम गर्ने कालु जस पाउने भालु भने जस्तै दुख पूर्ण लोकसामसहितको टिमले गर्यो । तर पद भने कर्ण शाहीले लिए भन्दै बैध्य माओवादीको बेलायत शाखामा यतिबेला मारमुंग्री चलेको छ । अहिले पूर्ण लोकसामा सहितका सबैले ‘यो पार्टीको निर्णय की ठेकेदारी प्रथा हो ?’ भन्दै केन्द्रको निर्णयमा चरम असन्तुष्टी पोखेका छन् ।
पार्टीले कुनै निर्णय गर्दा त तल्लो कमिटीको सिफारिस माग्नु पर्ने । सोधपुछ गर्नु पर्ने । उल्टो बेलायत शाखालाईनै पत्तो नदिकनै बिचारमा नखुली सबैलाई तथास्तु हुनुपर्छ भन्ने कर्ण शाहीलाई कसरी पदोन्नती गरियो भन्दै कार्यकर्ता राँक्किएका छन् । यहि भाँडभैलोका बिच ‘यिनले गरि खान्नन् । पदका लागि मात्रै हो । अब जसले क्रान्ति गर्छ उसैका पछि लागिन्छ’ भन्दै बिप्लवको माओवादी पार्टीमा लाग्नु पर्छ भन्दै कार्यकर्ताहरू हिँड्न थालेका छन् । कोहि आफू भन्दा जुनियरको मुनि कोहि बस्छ ? भन्दै हिँडेका छन् । कोहि ‘ल कम्युनिष्ट पार्टीपनि ब्यापारीले चलाउने भए’ भन्दै निराश बनेका छन् ।




