कपोलकल्पित समाचार भन्दै दुतावासको खण्डन
पत्रकारले पिडितपक्षलाई थप पीडा दिन हुन्न । पिडित पक्षको सहमति बेगर नाम दिईन्न । यो पत्रकार महासंघको आचारसंहिता हो । अन्तर्राष्ट्रिय प्रचलनपनि । पीडित पक्षको भनाई नराखिकन दिएको न्युज त निष्पक्ष हुनै सक्दैन । तर newsabhiyan.com ले नामै तोकेर पेरिस्थित नेपाली दुताबासको सहायक महिला कर्मचारी माथि दुतावासकै कर्मचारीले यौन दुराचार पनि गर्नुभएको भनेर लेखेको छ । आरोप र आरोपित दुबैको भनाई एक शब्दपनि राखेको छैन । बरु उल्टो समाचारमा बास्तविक नाउँ दिइएको छ । पिडित भनिएको महिलाको मिडीयामा प्रकट हुने इच्छा थियो की थिएन ? तिसित संपर्क गरेर यदि मेडियामा आफ्नो नाम दिने उनको इच्क्षा थिएन भने उनको बास्तविक नाम सार्वजनिक रुपमा प्रकाशन गर्नु सम्पूर्ण रुपले पत्रकारिताको आचारसंहिता र प्रचलित कानुन् बिरुद्द हो । पिडित भनिएकी महिलाले खुलेर बोल्न नचाहेसम्म उनको गोपनियताको कदर गरिन्छ । त्यसबिरुद्द गए मेडियालाई कानुन लाग्छ । दुतावासकी पिडित महिला कर्मचारीले यसका बिरुद्द नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय र प्रेस काउन्सिल नेपालमा उजुरी दिन सक्छिन् । यहि बिषयमा पेरिसस्थित नेपाली दुतावासले एक प्रेस बिज्ञप्ती जारी गर्दै खण्डन गरेको छ ।
हिजो साँझ जारी प्रेस बिज्ञप्तीमा भनिएको छ ‘राजदूतावास र यसका कर्मचारीहरुबाट भए गरेका कामकारबाहीमा चित्त नबुझेको अबस्थामा नियोग प्रमुख तथा माथिको निकायमा नियमानुसार सबुद प्रमाणसहित गुनासो पेश गर्न सकिने अबस्था हुँदा हुँदै दूराशयुक्त कपोलकल्पित कथा बनाएर राष्ट्रसेवक कर्मचारीको मानमर्दन र चरित्रहत्या गर्ने, मनोबल गिराउने अभिप्रायले अनलाइनमा प्रकाशित गर्नु पत्रकारिताको व्यवसायिक नैतिकता होइन ।’
न्युज अभियान नेपालले पोर्चुगलमा नेपाली कामदार ल्याएर रकम असुलेको भन्ने आरोप लगाएको थियो । दुतावासले त्यस्ता आरोपहरू सबुद प्रमाण लिएर आए कारवाही गर्न सकिने जनाउँदै भनेको छ ‘यस राजदूताबासका कर्मचारीले पोर्चुगलमा नेपाली कामदार पठाउने सम्बन्धमा कुनै आर्थिक लाभ प्राप्त नगरेको, राजदूताबासका कर्मचारीबीच व्यावसायिक सम्बन्ध रहेको र फौज्दारी अभियोग लागेको भन्ने कुनै सबुद राजदूताबाससंग नभएकोले समाचारमा लगाइएका आरोपहरु कपोलकल्पित देखिन्छन् । यी आरोपहरु प्रमाणित गर्ने ठोस सबुद प्रमाण भए यस राजदूताबासमा पठाई सहयोग गर्नु भएमा प्रचलित कानून बमोजिम आवश्यक कारबाही हुने छ ।’





