बाढीपिडितलाई भनेर ब्यक्तिगत खाताबाट रकम

सापकोटा नरहरीको प्रतिक्रिया (फेसबूकमा)

मित्र मलाई धेरै कुरा लेख्नु आवश्यक पनि छैन नजानेको कुरा अवगत गराउ ।कुनै पनि संस्था को वैक खाता सच्चालन गर्दा सो खाता प्रयोग कर्ता NRNA belgiu को कोषाध्यक्ष को हैसियत ले कार्ड होल्डर को नाम मा मेरो नाम आधिकारिक वैक ले राख्दछ यसमा नझ्झुकिनु होला जहाँ रहेको खाता नम्मर Nrna Ncc Belgium को woman charity को हो नकि मेरो ? यो यहाको वैकिग कानुनी प्रावधान हो ।

——————————————————

unnamed (4)

 

सायद समाजसेवा भनेकै यही रहेछ क्यारे, जति ढिलो गर्यो उति धेरै मान सम्मान । गत अप्रिलमा ‘समितिले संकलित रकमले नेपालमा आंङ खस्ने रोग बाट पिडित,खाडी क्षेत्रमा दुख झेल्नु परेका,सम्वन्धित देशमा समेत बिभिन्न कठिनाईमा परेका महिलाहरुलाई सहयोग गर्ने जनाएको छ। यो उद्देश्यकासाथ बेल्जियमवासी महिला समूहद्वारा कार्यक्रम गरिएको थियो । तर रकम चाहीँ महिलाहरुको सहकारी संस्थाको भवनको छत निर्माणको लागि प्रयोग भयो । त्यो पनि आठ महिनापछिको अन्तराल (डिसेम्बर) उक्त रकम कोषाध्यक्ष नरहरी सापकोटाको खाता बाट स्थानान्तरण गरियो ।

rajan-pradhan

unnamed (1)

unnamed (3)

अर्को घटना, गायक ओम बिक्रम बिस्टको कार्यक्रम ११ अक्टोबरमा गरियो । तर बाढी पिडितको लागि भनेर रकम २६ नोभेम्बरमा कोषाध्यक्ष सापकोटाकै खाताबाट उक्त रकम स्थानान्तरण ।  कार्यक्रम नेपालमा बाढी पिडितलाई नेपालमै गएर प्रत्यक्षरुपमा रकम प्रदान गर्ने भनेर उक्त रकम संकलित गरिएको थियो । तर प्रधानमन्त्रि बाढीपिडित राहत कोषमा जम्मा गरियो ।  लगभग ४५ दिन पछि मात्र । आखिर किन यति लामो समय पश्चात ?

unnamed

त्यस्तै, नेपाली दुताबास बेल्जियमले २ डिसेम्बरमा राहत कोषमा रकम जम्मा गरेको भन्दै बोदार्थ पत्र बेल्जियमबासि नेपाली महिला समुहको नाममा काट्यो । एन.आर.एन. अन्तरराष्ट्रिय समन्वय परिषद महिला सहसंयोजक रजनी प्रधानले जनवरी २३ तारिखका दिन फेसबुक मार्फत बाहिर निकाल्नु भयो ।  त्यो पनि लगभग ४५ दिन पछि मात्रै । सायद पारदर्शिता ढिलो हुने भएर यसो गरिएको हो कि ?

unnamed (2)आखिर यो बिचमा रकम कहाँ कसरि बचत गरिन्छ ? बैंक वा व्यक्तिगत ? यदि एन आर एनको खातामा उक्त रकम जम्मा गरेको हो भने किन रकम व्यक्तिको नामबाट स्थानान्तरण भईराखेको छ ? किन सस्थाको नामबाट रकम जान सकिरहेको छैन ? के प्रत्येक कार्यकालमा नयाँ नयाँ कोषाध्क्ष्यले व्यक्तिगत खाता प्रयोग गर्न मिल्छ त ? निस्वार्थ समाजसेवाको लागि उठाइएको रकम किन ढिलो गरेर पठाउने गरिन्छ ? आखिर समाजसेवाका लागि रकम त दिएकै हुन्छन् । के प्रधानमन्त्रि राहत कोषमा जम्मा गरेको रकम बाढी पीडितकै लागि पुग्यो त् ?

यसका बिषयमा सामाजिक् सन्जालमा बेल्जियमबासीले प्रश्नपनि उठाएका छन् । बेल्जियमका राम पुनले आफ्नो फेसबुकमा भनेका छन् ‘हजुरहरूले बाढीपिडितका लागि उठाएको हो पैसा की

नेपालका प्रधानमन्त्रीका लागि ? यदि बाढी पिडितलाई भनेर उठाउनु भएको हो भने कोषमा होईन पीडितको हातमा दिएको कुरा सञ्चार माध्यममा आउनुपर्‍यो । रकम बाढीपीडितको हातमा पुगेन भने छोडिने छैन् ।’ तरपनि सरोकारवालाहरू अहिलेसम्म चुपचाप बसिरहेका छन् ।

(सम्पादनसहित सन्तोस न्यौपानेको फेसबूकबाट)

तपाइँको प्रतिक्रिया